सुनिलस्मृति गाउँपालिकाबाट कृषकहरुलाई निःशूल्क फलफूल विरूवा वितरण

सुनिलस्मृति गाउँपालिकाबाट कृषकहरुलाई निःशूल्क फलफूल विरूवा वितरण
अजार १५ गते,
लिबाङ–रोल्पा ।


सुनिलस्मृति गाउँपालिका सुलिचौर रोल्पाले आज कृषकहरुलाई निःशुल्क फलफूलका विरुवा वितरण गरेको छ । यस गाउँपालिका मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अन्तर्गत रु ५ लाख बराबरको फलफूल विरुवा कृषकहरुलाई निःशूल्क वितरण गरिएको हो । गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीको प्रमुख आतिथ्यतामा ३५ सय सुन्तला, १ हजार आप, ७ सय लिचि, १ सय २८ मेवा, ७ सय अनार र ६ सय अंगुर कृषकहरुलाई वितरण गरिएको हो । वितरण कार्यक्रममा बोल्दै अध्यक्ष घर्तीले आ.व. २०७७÷०७८ को नीति तथा कार्यक्रममा एक घर एक करेसा वारी, फलफूल बगैँचा र एक फुलबारी नीति ल्याइएको हुँदा सोहि अनुसार सबै कृषक तथा गाउँपालिकाबासिहरुलाई लाग्न समेत अध्यक्ष घर्तीले अनुरोध गर्नुभयो ।
फलफूल विरुवा कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत केशवराज पार्धे, प्रशासन अधिकृत नुमाकान्त कालाथोकी, मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमका सहजकर्ता चन्द्रकला बुढाको उपस्थिति रहेको थियो भने कार्यक्रम सञ्चालन कृषि शाखा प्रमुख बासुदेव उपाध्यायले गर्नुभएको गाउँपालिका प्रेस संयोजक आशिष भारद्धाजले बताउनुभयो ।

You may also like