रोल्पा अस्पताल भवन हस्तारण उद्घाटनका लागि प्रधानमन्त्री प्रचण्ड आउने


समाचारदाता
भाद्र भाद्र २७ गते


रोल्पा जिल्लामा पहिलो पटक ५० सैयाको अस्पताल भवन निर्माण सम्पन्न भएपछि निर्माण कम्पननीले रोल्पा अस्पताल विकास समितिलाई हस्तारण गरेको छ । मंगलबार रोल्पा अस्पताल विकास समितिका अध्यक्ष फविन्द्र आचार्य लगायतको टिमलाई हस्तातरण गरेको छ ।
रोल्पा जिल्ला अस्पतालको स्तरउन्नतीसँग भवन निर्माण समेत गरेको थियो । रोल्पा अस्पताल नेपाल सरकारकारको संघीय बजेटबाट निर्माण भएको हो । २०७४ असोज ३० गते श्री आशिष, श्री जयन्ती, ड्राइगन जे.भी. काठमाण्डौँले सम्झौता गरेको थियो । सो कम्पनीका २०८० साल जेठ ३२ गतेसम्म सम्झौता मिति रहेको थियो ।


रोल्पा अस्पताल भवन निर्माणका लागि नेपाल सरकार शहरी विकास मन्त्रालय शहरी विकास तथा भवन निर्माण विभाग सघन शहरी भवन आयोजना कार्यालयबाट भ्याट रकमसहित ३५ करोड ६ लाख ९७ हजार २५९ रुपैयाको लागतमा निर्माण भएको हो । रोल्पा अस्पतालमा भवन निर्माणका लागि केही समय काममा गति लिन नसकेपनि पछिल्लो समयमा तिव्रगतिमा काम भएको थियो । निर्माण कम्पनीले समयमा तीव्रगतिमा काम नगर्दा रोल्पाका जनप्रतिनिधी तथा नेताहरुलाई समेत तिव्र दवाव तथा जनगुनासोको पनि चाप परेको थियो । जनप्रतिधिहरु, प्रशासनहरुको पहलमा नै समयमा काम सकिएको थियो । सो भवनमा मुख्य अस्पताल भवन, स्टाफ भवन, क्यान्टीन भवन, जेनेटर भवन, सुरक्षा गार्ड भवन लगायतको रहेको छ ।


सो भवनको उद्घाटन गर्नका लागि प्रधानमन्त्री पुष्पकल दाहाल रेउघा आउनु हुने कार्यक्रम रहेको छ । सो भवन उद्घाटनका लागि प्रधानमन्त्रीको समय मिलाउन आफूले प्रस्ताव गरेको पूर्वमन्त्री एवं संघीय साँसद वर्षमान पुनमगरले जानकारी दिनुभएको हो । संघीय साँसद वर्षमान पुनमगरले प्रधानमन्त्री प्रचण्ड नै लिएर नै रोल्पा अस्पतालको विकासलाई केन्द्रीत गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले असोज महिनाको दोस्रो सातासम्म उद्घाटन गर्ने जानकारी दिनुभएको थियो ।
यस्तै अस्पताल विकास समितिका अध्यक्ष फविन्द आचार्यले कठिन मेहनतका साथभवन निर्माण कार्य सकिएपछि सबैलाई धन्यवाद समेत दिनुभएको छ । अब केही समयमै सो भवनबाट सेवा सञ्चालन समेत हुने अध्यक्ष आचार्यले जानकारी दिनुभएको छ ।

You may also like