नेकपा (माओवादी केन्द्र) गंगादेव गाउँपालिका कमिटी राेल्पाको अध्यक्षमा नरसिंह राना

नेकपा (माओवादी केन्द्र) गंगादेव गाउँपालिका कमिटी राेल्पाको अध्यक्षमा नरसिंह राना


This image has an empty alt attribute; its file name is g2.jpg

११ मंसिर, लिबाङ–रोल्पा
नेकपा (माओवादी केन्द्र) गंगादेव गाउँपालिका कमिटीको पहिलो सम्मेनल शनिबार सम्पन्न भएके छ ।
सम्मेलतबाट नेकपा (माओवादी केन्द्र) गाउँपालिका कमिटी रोल्पाको अध्यक्षमा नरसिंह रानाको अध्यक्षतामा ४९ सदस्यीय गाउँपालिका कमिटी चयन भएको छ । गाउँपालिका कमिटीकोे उपाध्यक्षमा अमृत थापा, रीता घर्ती, विजय घर्ती, सचिव रेशमराज डाँगी, सह– सचिव भुपाल दमाई र कोषाध्यक्षमा लक्ष्मी बुढा निर्वाचित हुनुभएको छ ।

कार्यक्रमको प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश सदस्य वीर बहादुर खत्री, जिल्ला सदस्य प्रेम बहादुर वली, सम्मेलनमा जिल्ला सदस्यहरू भक्त बहादुर वली, कुशल बि.क, वाइसीएल लुम्बिनी प्रदेश सदस्य रोल्पा जिल्ला संयोजक राजेन्द्र प्रकाश वली, अखिल क्रान्तिकारी लुम्बिनी प्रदेश सदस्य तथा रोल्पा जिल्ला अध्यक्ष अशोक वली ‘परिवर्तन’, एकीकृत अखिल नेपाल शिक्षक संगठन लुम्बिनी प्रदेश सदस्य धर्मराज डागी, प्रेस सेन्टर लुम्बिनी प्रदेश सदस्य टेकम वली लगायत ७ वटै वडाका प्रतिनिधि, नेता तथा कार्यकार्ता, पार्टीको विभिन्न भातृसङठन प्रमुख तथा प्रतिनिधिहरुको लगायत शुभेच्छुकहरुको उपस्थिति रहेको थियो ।

You may also like