कोरोनासँगै प्राकृतिक विपदबाट बचऔं

 

 

 

                                                                                                              पूर्णबहादुर भण्डारी
                                                                                                            हाल लिबाङ, रोल्पा ।।।। 

विश्वभर तीब्र गतिमा फैलिदै गैरहेको नोबेल कोरोना भाइरस (कोभिड–१९) को कारण लाखौंको संख्यामा ज्यान गुमाउनेहरुको संख्या र संक्रमित हुनेहरुको संख्या दिनानुदिन बढिरहेको छ । यो भाइरसको निर्मुल पार्ने, रोकथाम कुनै भरपर्दो औषधी बनिसकेको छैन । भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलैसँग सर्ने भएका कारण यस्तो अवस्थामा मानिसको सम्पर्कलाई कम गर्न र फैलिन नदिन सरकारले लक डाउनको नीति अपनाउँदै प्रत्येक मानिसहरुलाई घरबाट बाहिर ननिस्कन जानकारी गराई रहेको छ । घरबाट बाहिर ननिस्किने स्थिति जस्तो कठीन अवस्था त छ नै वर्ष दिनसम्म परिवार पाल्न दैनिकी जीवन धान्नका लागि पसिना बगाएर उब्जाएको हिउँदे बालिहरु पनि किसानहरुले मौसमकै प्रतिकूलताको कारण समयमा घरमा भित्र्याउन पाएनन् ।
एकातिर कोरोनाले मानव जातीमा देखाएको प्रभाव त छदै छ भने अर्कातिर भर्खरै समस्याको रुपमा देखिएको सलह किराले बल्ल तल्ल खेतबारीमा उब्जाएको बालीनाली सखाप बनाइरहेको छ । यसले गर्दा अब देशमा खाद्यान्न संकट पर्ने अवस्था देखिन सुरु भैसकेको छ । देशमा अधिकांश मानिसहरु कृषि पेशामा आधारित छन् । कृषकहरुले उत्पादन गरेका अधिकांश बालीनाली कति स्याहार्न नपाएर खेतबारीमा कुहिने (सड्ने) अवस्थामा छन् भने कति हावाहुरी, असिनापानी जस्तो मौसम प्रतिकुलताका कारण चौपट अवस्थामा छन् । देशमा उद्योग कलकारखाना, कृषि, ब्यापार व्यावसाय जतासुकै लथालिङ्ग अवस्था सृजना भैरहँदा यतिबेला बिशेष गरी परीश्रम गरेर साँझ बिहान छाक टार्ने र परिवार पाल्नेहरु निकै अप्ठ्यारो स्थितिमा पुगेका छन् । लक डाउनका कारण उद्योग, कलकारखाना, व्यावसाय, मजदुरी जस्ता जीवन धान्ने दैनिकी स्रोतहरु यति बेला पूरै बन्द भएका छन् । एकातिर घरबाट बाहिर निस्किएर रोजीरोटीको जोहो गर्ने स्थिति छैन भने अर्कातिर उत्पादन गरेका चिज बस्तुहरुको व्यवस्थापन गर्न नपाउँदा र अलि–अलि भएका खाद्यान्नहरु रित्तिदै गर्दा बाँच्न कठीन पर्ने अबस्था देखापरी सकेको छ । जसका कारण अब रोग, भोक, शोक र तनाबको स्थितिसँग लडनुपर्ने अबस्था निम्ति सकेको छ । कोरोना भाइरस विरुद्धको अभियानमा अरबौं पैसा खर्च भैरहँदा र अहिले देशमा राज्यको सम्पूर्ण शक्तिहरु परिचालित भैरहँदा ठूलो धन राशि खर्चिनु पर्ने अवस्था छ, जसले गर्दा अर्थतन्त्र नै धराशायी बन्दै गैरहेको छ । यसको प्रत्यक्ष असर आम नागरिकले नै हो भोग्नु र व्यहोर्नु पर्ने अवस्था देखिएको छ । औषधी, खाद्यान्न, उपचार, ढुवानी सहित अन्य क्षेत्रमा तत्काल व्यवस्थापन गर्न नसक्ने हो भने देशमा बिकराल स्थिति आउन सक्ने कुरामा दुइमत नै छैन । सम्वेदनशिल अवस्थामा निकै सम्वेदनल भएर काम गर्नुपर्ने दिन आएको छ । दुःख र पसिनाले बर्ष दिन खान पुग्ने गरी उब्जाएको अन्नपातले त बल्ल बल्ल जीवन धान्न सक्ने अवस्थाका हामी अब कयांै दिनको पर्खाइमा पाइने त्यही पनि ५ दिन राम्रोसँग खान नपुग्ने राहतको खाद्यान्नले कति दिन कसरी जीवन चलाउन सकिन्छ होला र त्यो त सहजै अनुमान गर्न सकिन्छ अहिलेको अबस्थामा । राहत लिने पाउने ठाउँमा पनि विभिन्न खालका समस्याहरु र कम्जोरी देखिन थालेका छन् । वास्तविक पीडितहरुले वितरण गरेको राहत पाएकै छैनन् । संकटकालीन अवस्थामा विभिन्न संघ संस्था तथा व्यक्तिहरुबाट निस्वार्थ एवं मानवीय नाताले सहयोग स्वरुप प्राप्त भएका खाद्यान्न लत्ताकपडासँगै राहतका हरेक सामाग्रीहरु त्यत्तिकै गोदाम र स्टोरमा थन्किएर रहने अवस्थामा छन् । एकातिर आम नागरिकहरु खान नपाएर भोकभोकै मर्ने अर्काेतिर त्यही नागरिकहरुका जीवन रक्षाका लागि जम्मा गरिएका राहत सामाग्रीहरु अनेकांै बहानामा गोदामै कुहिएर (सडेर) जाने अवस्था नआओस् । किनभने हामीले बुझ्न जरुरी छ, जनताको राहतका सबै प्रकारका सामाग्रीहरु अबस्था हेरेर तत्काल पीडितहरुलाई वितरण गर्न सकियोस् अनि मात्र झल्किने छ थोरै भएपनी मानवता । कम्तिमा पनि सहयोग गर्ने सहयोगी दाताहरुलाई आत्म सन्तुष्टि मिल्न सकोस् कि मैले गरेको सानो सहयोगको सही ठाउँमा सदुपयोग भएछ भनेर ।
विपद्को घडिमा राहत नपाएकै कारण आम नागरिक सर्वसाधारणहरुमा झन चिन्ता थपिएको देखिन्छ । सरकारले नागरिकका दैनिकी जीवनसँग जोडिएका आधारभूत कुराहरुलाई ध्यानमा राख्दै तत्काल सुरक्षाका संयन्त्रहरु विभिन्न सहयोगी दाता संघ संस्थाहरुको समन्वयमा सामाजिक दुरी कायम राखेरै भएपनि आपूर्ति व्यवस्थालाई उच्च सतर्कता अपनाउँदै सहज बनाउनतर्फ लाग्न अब कुनै ढिलाई गर्नु हँुदैन । नेपालमा वर्षातको मौसम सुरु भइसकेको छ । समयमै निम्तिन सक्ने जोखिमलाई सहज बनाउन सकिएन भने अब बाढी, पहिरो, डुबानका कारण एक ठाउँबाट अर्को ठाउँमा पुग्न र जनताका राहतका कार्यक्रमलाई सहज बनाउन नसकिने अवस्था आउने सम्भावना धेरै देखिन्छ । देश हिजोको संक्रमणकालीन अवस्थाबाट बल्लतल्ल माथि उठ्दै विकास शान्ति सुशासनको दिशाबाट अगाडि बढिरहेको अवस्थामा २०७२ सालको महाभुकम्पको कारण ठूलो धनजनको क्षेति व्यहोर्नु प¥यो देशले । त्यही भुकम्पको असरले अहिलेसम्म ६१ प्रतिशत कार्य सम्पन्न भएपनि अझै व्यवस्थापनका कामहरु बाँकी नै थिए । २०७६ सालमा पनि खासै सुखको आभास गर्न पाएनन् जनताले । पूरानो वर्ष सकिनै लाग्दा र नयाँ बर्ष भित्रिदै गर्दा मनमा, घरदेश, प्रदेशमा खुसीसँगै हर्ष उल्लास साट्ने नयाँ वर्ष २०७७ पनि खासै राम्रो वर्ष बन्न सकेन । नयाँ वर्ष सुरु हुँदै गर्दा नै निकै चुनौतिपूर्ण अवस्थासँग सामना गर्नुपर्ने दिन भित्रियो । अचानक सोच्दै नसोचेको महाभुकम्पभन्दा पनि निकै त्रसित र आंतकित बनाउँदै महामारीको रुपमा विश्वमा फैलिरहेको कोरोना भाइरसका कारण मानव जातिमा ठूलो असर पु¥याएको छ । संघीय सरकारबाट कोरोना भाइरस नियन्त्रणका लागि लागू लक डाउनको कारण, हिउँदे बालि घरमा भित्र्याउने समयमा नियमित वर्षातको कारण धेरै किसानहरुको बालिहरुमा हावापानी, असिनाको कारण उत्पादनमा ह्रास आएको छ । यतिबेला नागरिकहरु कोरोना भाइरस र खाद्य संकटको चिन्तिताले सताइरहेको बेला सहल किराको पनि डर किसानमा बढेको छ । मानिसको नियन्त्रणभन्दा धेरै संख्यामा सलह किरा भित्रिएमा यहाँ पक्कै पनि खाद्य संकट सिर्जना हुन सक्छ । त्यसैले नागरिकहरु कोरोना, खाद्य संकटको पीडामा दैनिकी बिताउन बाध्य छन् । वर्षातको शुरुवातसँगै यतिबेला प्राकृति प्रकोपहरुको समस्या दिनदिनै डर लाग्दो विकराल बन्दै गैरहेका छन् । मानिसका हरेक समस्याहरु को समाधान खोज्न निकै गार्हो पर्ने देखिएको छ । देशले कहिले कुन समस्यासँग त कहिले कुन परिस्थितिहरुसँग सामना गरिरहँदा विकास निर्माणका दीर्घकालीन योजनाहरु सफल बनाएर समद्धको बाटो खोज्दै आम नागरिकहरुको जीवनशैलीमा खुसीका लहरहरु ल्याउने र समृद्ध देश बनाउने सपना अधुरा बनिरहेका छन् ।
हुनत समय परिस्थिति र बाध्यता जस्ता विभिन्न कारणहरुले पनि असर पारीरहेका हुन्छन् यो कुरा हामीले बुझ्नुपर्छ । अहिले राज्यलाई यो गरेन त्यो गरेन भनेर दोषको खेती गर्नु जाहेज हुँदैन जस्तो लाग्छ । बरु सल्लाह सुझाव दिँदै सकरात्मक बाटो खोज्नतर्फ लाग्नु समय सान्दर्भिक र उचित देखिएला । जे होस् ढिलै भएपनि सभ्य, सचेत र सुरक्षित बन्दै देशलाई अप्ठ्यारो चुनौतिसँगै आपत परेको बेलामा सबैले सक्ने आ–आफ्नो ठाउँबाट सक्ने सहयोग गरांै । भोलि देश समाज रहे मात्र हामी रहनेछांै अनि मात्र हाम्रो अस्तित्व रहनेछ । कोरोनाकै कारण यतिबेला मानवीय जीवनशैली चुनौतिपूर्ण बन्दै गइरहेको अवस्थाबाट र वर्षातको मौसमसँगै भित्रन सक्ने थप ठूला जोखिम संकटहरुबाट जोगिन सचेत रहन अब हरेकले आ–आफ्नै तरिकाले सोच्न बाहेकका अरु कुनै विकल्प छैन । अचानक निम्तिन सक्ने मानवीय एवं प्राकृतिक प्रकोप महाबिपत्ती जस्ता जोखिमपूर्ण अवस्थाबाट साबधानी अपनाआंै, बाचौंै अनि बचाऔं समाज सामाजिक परिवेश अनि सिङ्गो देश ।

You may also like