कर्मथलो रोल्पामा दाहालको श्रद्धाञ्जली सभा

मानसिंह बिक
रोल्पा, मंसिर ३ गते
तत्कालीन जनयुद्धका कमाण्डर पूर्व प्रधानमन्त्री एवं नेकपा ने.क.पा. (मओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का छोरा प्रकाश दाहालको कर्मथलो रोल्पामा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।
आज विहान प्रचण्डको छोरा क. प्रकाश दाहालको ३६ वर्षकै अल्प उमेरमा आज विहान अकस्मात असामायिक निधन भएको पछि रोल्पा जिल्लामा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । नेकपा –माओवादी केन्द्र) रोल्पा द्वारा आयोजित श्रद्धाञ्जली सभामा सम्पन्न भएको हो । सभालाई सम्वोधन गर्दै नेकपा –माओवादी केन्द्र) का कार्यालय सदस्य एवं रोल्पा क्षेत्र नं. १ का प्रदेश सभा सदस्यका उमेद्वार कुलप्रसाद केसी ‘सोनाम’ ले देशको आमूल परिवर्तनको नेतृत्वकर्ता, जनयुद्धका नायक आज शोकमा परेको बताउँदै यसले सिंगो क्रान्ति र पार्टीलाई गम्भिर क्षति भएको बताउनुभयो ।
उहाँले जनयुद्धको बेलामा रोल्पामा बाल्य राजनीतिबाट नै पार्टी र क्रान्तिको लागि जीवन समर्पण गर्नुभएको प्रकाशको मृत्युले सिंगो पार्टी पंक्तिलाई र रोल्पाली जनतालाई स्तब्ध बनाएको बताउनु भयो ।
युवा नेता कुलप्रसाद केसी ‘सोनाम’ ले प्रकाशले देश र जनताको मुक्तिको लागि खेलेको भूमिका महत्वपूर्ण रहेको चर्चा गर्दै क्रान्तिका नायकलाई यति बेला पीडा परेको उल्लेख गर्दै शोकलाई शक्तिमा बढल्नका लागि आम नेता कार्यकर्ताले शाहद दिनुपर्ने बताउनुभयो ।
प्रकाश दाहाल जनयुद्धको बेलामा रोल्पामा तत्कालीन (माओवादी) को हेडक्वाटर रहेको बेलामा रोल्पा जिल्लको कोर्चाबाङ, घर्तीगाउँको लोसेबाङ, राङ्सी, थबाङ लगायतका भूगोलमा बसेर केन्द्रीय कार्यालयको कार्य सम्पादन गरेका थिए । प्रकाश दाहालको मृत्युले आफूलाई निकै मर्माहत बनाएको नेकपा –माओवादी केन्द्र) का केन्दीय सल्लाहकार चन्द्रबहादुर बुढामगर ‘शेष’ ले धेरै पीडा परेको बताउनुभयो । उहाँले भन्नुभयो ः–“हामी उमेरले पाको भएको बेलामा पनि हामी हेडक्वाटरमा रहदाँ निकै सहकार्य भयो, कलिलै उमेरमा पार्टी र क्रान्तिको लागि लाग्नुभयो यो मृत्युले मलाई निकै पीडा थपेको छ । ”
श्रद्धाजली सभामा नेकपा –माओवादी) का सचिवालय सदस्य एवं रोल्पा क्षेत्र नं. २ का प्रदेश सभा सदस्यका उमेद्वार दिपेन्द्र कुमार पुनमगरले प्रकाश दाहालको मृत्युले परिवारलाई र आम सिंगो पार्टी पक्तिलाई दुखित बनाएको बताउनुभयो । उहाँले प्रकाश दाहाल जनताप्रति उत्तरदायित्व र पार्टीको आदेश पालक सेनाको भूमिका पुरा गरेको बताउनुभयो ।
कार्यक्रममा महिला नेतृ जयपुरी घर्तीमगरले प्रकाश दाहालको मृत्युले सिंगो पार्टीलाई नै क्षति पुगेको बताउँदै शोकलाई शक्तिमा बदल्नका लागि अनुरोध गर्नुभयो ।
दाहालको मृत्युको खवरले स्तब्ध बनाएको बताउँदै जिल्ला समिति रोल्पाले एक शोक बक्तव्य जारी गरेको छ । उक्त विज्ञप्तीमा भनिएको छ –‘महान जनयुद्धको क्रममा रोल्पा जिल्लालाई आफ्नो कर्मथलो बनाउनुभएका क. प्रकाश दाहालको निधनले हाम्रो सम्पूर्ण पार्टी पक्ति र आम रोल्पाली जनताहरुलाई स्तब्ध बनाएको छ । उहाँको निधनप्रति हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र) रोल्पा जिल्ला संगठन समितिले गहिरो श्रद्धाञ्जली व्यक्त गर्दछ ।’
जिल्ला इन्चार्ज दिपेन्द्र कुमार पुनमगर ‘सिजल’ र संयोजक सुरेन्द्र थापा घर्तीमगर द्वारा विज्ञप्तीमा भनिएको छ –‘ शोकको यस घडीमा मृत्यक क. प्रकाश दाहालको परिवार र आफन्तजनहरुमा पर्न गएको गहिरो चोटप्रति सम्वेदना ब्यक्त गर्दै शोकलाई धैर्यपूर्वक सामाना गर्न शक्ति मिलोस भनि कामना समेत गर्दछौँ । ’
सो श्रद्धाञ्जली सभामा नेता, तथा अन्य कार्यकर्ता र जनताको सहभागी रहेको बताउनुभयो ।

You may also like