उपचार गर्ने पैसा नभएपछि जनयुद्धका सहयात्री चन्द्रलालले भने –“मलाई बचाऊ, मेरो पुस्ताले भएपनि ऋण तिर्ण लगाउँछु”

मानसिंह विश्वकर्मा
जेठ २६ रोल्पा


कलिलै उमेरमा जनयुद्धमा सारा सपना देश र जनताको लागि सुम्पिदै आफ्नो नीजि सपनाहरुलाई बलिदान गर्ने व्यक्ति हुन् चन्दप्रकाश बन्दीपुरे । उहाँको स्वास्थ्य अवस्था दिन प्रतिदिन निकै कष्ठकर बन्दै गइरहेको छ । विश्वकर्माको उपचारका लागि आर्थिक अभाव हुँदै गएपछि झन झन् जटिल बनिरहेको बेलामा प्रतिज्ञा बुढामगरको अध्यक्षतामा सहयोग समिति गठन गरिएको छ ।

घर परिवारले आर्थिक जोहो गर्दै उपचार गर्दा गर्दा आर्थिक अभाव भएर उपचारमा निकै समस्या भएपछि यो अभियानको शुरुवात गर्नु परेको चन्द्रलाल बचाऔँ अभियानका सहयोग समितिका अध्यक्ष प्रतिज्ञा बुढामगरले बताउनुभयो । चन्द्रलाल नेपालगञ्जमा यही मिति २०७६ साल मा सहयोग गर्नका लागि नुवागाउँ जुङलुङमा जन्मिनुभएका चन्द्रप्रकास बन्दीपुरेलाई कुष्ठरोग, सुगर लगात नसा रोग होकि भनेर विभिन्न औषधी र विभिन्न अस्पतालमा धाउँदा धाउँदै उहाँको स्वास्थ्य अवस्था झनै नारकीय बन्दै गइरहेको छ । उहाँ र उहाँको परिवारले बिभिन्न अस्पतालहरुमा लग्दा लग्दै आर्थिकभरी सकिएको छ । उनका श्रीमति राजकुमारी विश्वकर्माले निकै भावुक हुँदै भन्नुभयोः“मेरो श्रीमानको उपचारका लागि सबै पैसा सकियो, श्रीमानको ज्यान पनि बच्छ कि मेरो श्रीमानको जीवन बचाई दिनुहोस अनि मेरो नानीबाबुको भविस्य उज्यालो बनाई दिनुहो ।” मेरो श्रीमानको जीवन बचेन भने हामी सबै मरेको झै हुनेछ ”नेपालगञ्ज हस्पीटलमा उपचारको क्रममा पीडामय जीवन दिइरहेका चन्द्रलाल बन्दीपुरले भन्नुभयोः–“खै मैले सबैका लागि गरेको थिए आज मेरो लागि कोही नभएको झै भएको छ । मलाई बचाउनुहोस् अनि म मेरो पुस्तालाई भएपनि तीर्न लगाउँछु । ” यो भनाई कम कारुनिक छैन । एउटा नागरिक यसरी अस्पतालको सैयामा छट्पटाई रहदाँ सरकार कहाँ छ ?


सहयोग समितिले चन्द्रलाल बन्दपुरेको उपचारका लागि सबैलाईअपिल गर्दै ग्लोबन आइ.एम.इ. बैंकमा खाता खोलेकोछ । सहयोग समितिको ५७०१०१००००३२५४मा जम्मा गरि दिनका लागि अनुरोध गरेको छ । समितिले रोल्पा जिल्ला लगायत विभिन्न स्थानमामा अभिानलाई अगाडि बढाउने गरी तयारी गरेको छ ।
यदी हामी मानव हौँ धर्म चहान्छौँ भने मठ मन्दिरमा होइन, यस्तै उपचारको लागि अस्पतालको शैयामा छटपटाई रहेकाहरुलाई उद्धार गरौँ । तपाई हामीले गर्ने फजुल खर्चबाट घटाएर चन्द्रलाल बन्दीपुरेको उपचारमा सहयोग गर्ने की । स्थानीयसरकारहरुले पनि आफ्नो नागरिकको उपचारमा सहयोग गरी मानवीय सेवामा अगाडि बढ्ने प्रयत्न गर्नै पर्दछ की ।

You may also like