लिबाङ उप शाखाले ५७ औं स्थापना दिवसको अवसरमा रेउघाका विरामीलाई फलफूल

भाद्र १९ गते
रेउघा–रोल्पा,


नेपाल रेडक्रस सोसाइटी ५७ औं स्थापना दिवसको अवसरमा आज लिबाङ उप शाखा रोल्पाले रोल्पा अस्पतालका विरामीलाई फलपूmल वितरण गरेको छ ।
रेडक्रस सोसाइटी स्थापनाको अवसरामा देशभरिका शाखा र उप शाखाहरुले विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाएका छन् । सोही क्रममा लिबाङ उप शाखा रोल्पाले पनि रोल्पा अस्पतालका विरामीहरुलाई फलफूल वितरण गरी स्थापना दिवस मनाएको हो । उप शाखाको अगुवाईमा जिल्ला विभिन्न सरोकारवाला निकायहरुको उपस्थितिमा विरामीलाई बिहानै अस्पतालमा एक टोली पुगी फलपूmल वितरण गरिएको हो ।


वितरण कार्यक्रममा जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढामगर, रोल्पा नगरपालिका प्रमुख पूर्ण के.सी, नेपाल रेडक्रस जिल्ला शाखा रोल्पाका सभापति डी.वी. घर्तीमगर, जिल्ला स्वास्थ्य कार्यालय रोल्पाको प्रमुख डा. शुशिल आचार्य, जिल्ला शाखा रोल्पाको मन्त्री अमर जि.एम, रोल्पा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वकुमार चन्द, नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको पाँचौं जिल्ला अधिवेशनको पहिलो कार्यकाल अध्यक्ष मानसिंह विश्वकर्मा लगायत चिकित्सक टोली तथा स्वास्थ्यकर्मीहरुको सहभागिता थियो । अतिथिहरुले विरामीहरुको शिघ्र स्वाथ्य लाभको कामना व्यक्त गर्नुभएको थियो ।

त्यसैगरी कार्यक्रममा लिबाङ उप शाखा रोल्पाका सभापति तेजराज आचार्यले नेपाल रेडक्रस सामाजिक सेवाको लागि निरन्तर लागिरहेको संस्था भएकोले यस कार्यलाई अझै निरन्तरता दिनुपर्ने बताउनुभयो । साथै विरामीहरुको स्वास्थ्य लाभको कामनासहित फलफूल वितरण गरिएको समेत बताउनुभयो । अनौपचारिक कार्यक्रममो सञ्चालन नेपाल रेडक्रस सोसाइटी उपशाखा लिबाङका कोषाध्यक्ष ओम के.सी.ले सहजिकरण गर्नुभएको थियो । नेपाल रेडक्रस सोसाइटी स्थापनाको अवसरमा लिबाङ उप शाखा रोल्पाको सभापति तेजराज आचार्यले शुभकामना सहित फलफूल वितरण कार्यक्रममा सहभागि अतिथिहरुलाई धन्यवाद व्यक्त गरेको थियो ।

You may also like