जनता मतलाइ सम्मान गर्दै सबैलाई धन्यवाद दिए प्रदेशसभा सदस्य दीपेन्द्र कुमार पुनमगरले

दीपेन्द्र कुमार पुनमगर (सिजल) ले


रोल्पा समाचारदाता
असोज २ लिबाङ


लुम्बिनी प्रदेश सभा सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का पोलिट व्यूरो सदस्य दीपेन्द्र कुमार मगरले ‘सिजल’ ले रोल्पाली जनताले आफूलाई मत प्रदान गरी लुम्बिनी प्रदेश सभा सदस्य निर्वाचन गरेमा धन्यवाद व्यक्त गर्दै आफूले पनि रोल्पा रोल्पाली जनताको मतको सम्मानपूर्वक भूमिका निर्वाह गरेको बताउँदै अझै जनताको सेवा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
आज आफ्नो सामाजिक सञ्चाल फेसबुकमा आफनो धारणा सार्वजनिक गर्दै दीपेन्द्र कुमार पुनमगरले भन्नुभएको छ ः—“आजबाट मेरो लुम्बिनी प्रदेश सभासदस्यको कार्यकाल सम्पन्न हुदैछ । जिल्ला र प्रदेशको लागि साना ठूला जेजस्तो भूमिका खेल्ने अबसर प्राप्तभयो, यसको लागि मेरो पार्टी र रोल्पाली जनताप्रति हार्दिक आभार ब्यक्त गर्न चाह्छु ।”
पहिलो पटक जनप्रतिधिको रुपमा अत्याधिक मतलिएर रोल्पा निर्वाचन १ प्रदेश (ख) बाट निर्वाचित दीपेन्द्र कुमार पुनमगर–“धेरै राम्रा पक्षहरु मध्ये एउटा मात्र अबिस्मरणीय क्षण भनेको आफ्नो दलनेताको प्रष्ट निर्देशन नहँुदा नहँुदै पनि मेरो र मेरो पार्टी हिस्साको जोडबलले प्रदेश न.५ को नामाकरण र स्थायी राजधानी सम्बन्धि कार्यदलको समयोजक भए्र अथाहा चुनौति र चौतर्फि सहयोग र समयोजनले सबैलाई मान्यहुने प्रतिबेदन बुझाइयो । जुन प्रतिबेदनको आधारमा ५ न.प्रदेश सरकारले आफ्नो नाम र स्थायी राजधानी घोषणा गर्न सफल भयो । हामीले दिएको प्रतिवेदनको आधारमै नै राजधानीको स्थायी मुकाम राप्ती उपत्यका र नाम लुम्बिनी राखियो ”
प्रदेश सभा सदस्य दीपेन्द्र कुमार सरकारका परिवर्तनको बेलाको स्मरण गर्दै प्रदेशसभा सदस्य दीपेन्द्र कुमार पुनमगरले –“यसै गरि नराम्रामध्ये एउटा भन्नु पर्दा भैरहवाको होटेल मौर्यमा तात्कालीन मुख्य मन्त्रिको बिरुद्ध कुलप्रसाद के.सी.को नेतृत्वमा चार दलिय गठबन्धन बनाएर अबिश्वासको प्रस्ताब पेश गर्ने गरि बुटवल तर्फ फर्किदा नफर्किदै जसपाका केहि सासदहरु कालिमाटिको आलुको मुल्य भन्दा केहि महोगोमा बिक्रि भएछन् । पछि उनै ब्याक्तिहरु मन्त्रि पनि भए यो भन्दा पहिले नै माओवादीका दुइ जना प्रदेश सभा सदस्यहरु एमालेमा बिलय भैसकेका थिए्र । आजको लुम्बिनी प्रदेश सरकार पनि झण्डै झण्डै यहिबाटो अबलम्बन गरेर आएको कुरा सबैलाई जानकारी नै छ जस्तो लाग्छ । यता आबश्यक बहुमत पुगिसकेपछि पनि कतिपयले आफ्नो मोलमोलाइ पठाइरहनु भएको थियो भने हाम्रा कतिपय साथिहरु समेत पनि डिलडिलबाट फर्किनु भएको थियो । दलहरुले यो बिकृतिलाइ रोक्न अब उम्मेरव्दार छान्दा बिशेष ध्यानदिनै पर्ने छ ।”
जनयुद्धमा घाइते तथा अपाङ्ग हुनु भएका प्रदेश सभा सदस्य दीपेन्द्र कुमार पुनमगरले –यो ५ बर्षमा राज्यले मलाई करिब ३६÷३७ लाख नगड सुबिधादियो।यसलाइ मैले ब्याक्ति र सामाजिक क्षेत्रमा खर्च गरे।चुनाब लड्डा मैले मेरो घर जग्गा बेचेर आचार समहिता मुताबिक खर्च गरेको थिए, तैपनि यो सार्बजनिक हैसियत पैसाले प्राप्त गर्न सकिदैन । यस अर्थमा मलाइ गर्ब छ । धेरै कुरा म निर्बाचित भएपछि सपथग्रहण गर्ने क्रममा पदमा बहाल रहदा वा नरहदा गोपनियता भङ्ग गर्ने छैन भनि सपथ ग्रहण गरेकोले त्यस प्रति पनि प्रतिबद्द छु । धन्यबाद ।”
उहाँले विगतदेखि निरन्तर रुपमा जनताको सेवा गरिरहेको बताउँदै अझै जनताले आफ्नो भूमिका आवश्यक थानेमा फेरी जनताको सेवा गर्न निरन्तर लागि पर्ने बताउनुभयो ।

You may also like