प्रहरी र नागरिकको बीच छलफल कार्यक्रम सम्पन्न


खुमबहादुर बिक
साउन ४ गते


जिल्ला प्रहरी कार्यालय रोल्पा तथा सामुदायिक प्रहरी साझेदारी जिल्ला समितिका संयोजक रोल्पा प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेको अध्यक्षतामा जिल्ला प्रहरी कार्यालय रोल्पाको सभाहलमा शनिबारका दिन एक कार्यक्रम विच सम्पन्न भएको थियो ।
उक्त कार्यक्रमा २०७७ देखि ०७८ मा घटेका घटनाहरुलाई जिल्ला प्रहरी कार्यालय रोल्पामा दर्ता भएका अपराधको त्रिवर्षिय तथ्याङ्कक र सोको विश्लेषण गरिएको थियो । कार्यक्रममा आत्महत्या भएको २०७७÷०७८ मुद्दा द.सं. ८१ भएको थियो भने आ व. २०७८÷०७८९ मुद्दा दार्ता ७२ रहेको थियो । आ.व. २०७९ ÷ ०८० को ६६ दता भएको पनि जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रका भुसालले बताउनुभएको थियो । उहाँ अनुसार जवरजस्ती करणी उद्योग आ.व. २०७९ देखि ०८० मा जना जवरजस्ती करणी उद्योग मुद्दा दर्ता २० जना रहेका थिए भने बहुविवाह मुद्दा दर्ता शुन्य रहेको थियो । सूचना अधिकारी भुसालका अनुसार बाल विवाह मुद्दा दर्ता ९ रहेको थियो । अबैध गर्भपतन मुद्दा दर्ता शुन्य रहेको थियो भने बोक्सीको आरोप समेत शुन्य रहेको थियो । पशु सम्बन्धी कसुर ३ वटा, लैगिक हिसा मुद्दा दर्ता १ सय ५ वटा रहेको बताउनुभयो ।
साझेदारी कार्यक्रमको त्रि– वर्षाय विवरण मा आ.व. २०७९ देखि ०८० मा घरेलु महिला हिसा न्युनिकरण कार्यक्रमबाट सेवा ३८ जनाले लिएका थिए । बालविवाह रोकथाम तथा न्युनिकरण, बालयौन दुव्र्यवहार नियन्त्रण, लागु औषध नियन्त्रण, आत्महत्या रोकथाम तथा न्युनिकरण, मद्यपान सेवन तथा बिक्रि वितरणमा रोक, ट्राफिक नियमको पालना लैगिक हिसा रोकथाम तथा न्युनिकरण, साईवर अपराध नियन्त्रण, जातिय छुवाछुत तथा भेदभवा नियन्त्रण तथा अन्य गरी जम्मा लाभान्धित ११ हजार ४ सय २० जनाले लाभ लिएका थिए । यसैगरी रोल्पा लागुऔषध सेवन गरेको निकै देखा परेको र त्यसलाई अभैmसम्म न्यूनिरकण गर्न कठिन रहेको समेत बतानुभयो ।
कार्यक्रममा समितिका सदस्य फविन्द्र आचार्य, रोल्पा नगरपालिकाका वडा नम्बर ४ का वडा अध्यक्ष मित्रलाल गुरूङ, सयोजक एवं जिल्ला पहरी कार्यालय रोल्पाका प्रमुख श्याम कुमार सारुमगर, समितिका सदस्य सचिव प्रकास भुसाल, समितिका सदस्य निम वहादुर सिंह ठकुरी, लोकेन्द्र सेन ठकुरी, गिता डाँगी, पवन सुनार, दिल बहादुर शाही, दल बहादुर थापा, काल राम डाँगी, तेजराज भण्डारी, रोल्पा नगरपालिका वडा नम्बर ४ वडा अध्यक्ष मित्रलाल गुरुङ र वडा नम्बर २ का वडा अध्यक्ष प्रकाश डागी, उद्योग बाणिज्य रोल्पा का अध्यक्ष केशव कुमार आचार्य, फविन्द्र आचार्य, हिमताल यातायात प्रा.लि. रोल्पा का अध्यक्ष सफल बुढामगर, लगाएको उपस्थिति रहेको थियो कार्यक्रम सहजिकरण जिल्ला प्रहरी कार्यालय रोल्पा सूचना अधिकारी प्रकाश भुसालले गर्नु भएको प्रहरी निरिक्षक देविराम भण्डारीले जानकारी गराउनु भएको थियो ।
बोल्ने बक्ताहहरुले प्रहरीले जनताको सेवा गरेको र अझै नागरिक मैत्री बनाउको लागि सबैले साझा अभियानको रुपमा अगाडि बढाउने बताउनुभयो । प्रहरी र जनताहरु सँगै मिलेर अपराध नियन्त्रण र जनचेतना निर्माणमा अगाडी बढेर समृद्ध समाज निर्माण गर्नुपर्ने बताएका थिए ।

You may also like