रोल्पा आई.टि.एफ तेक्वान्दोे संघ वर्ष उत्कृष्ट जिल्ला संघको रुपमा सम्मानित

रोल्पा आई.टि.एफ तेक्वान्दोे संघ वर्ष उत्कृष्ट जिल्ला संघको रुपमा सम्मानित

This image has an empty alt attribute; its file name is b1.jpg


२२ साउन, रोल्पा । आई.टि.एफ तेक्वान्दोको संघ रोल्पा जिल्ला वर्ष उत्कृष्ट जिल्ला संघको रुपमा आज सम्मानित भएको छ । सम्मानितले रोल्पा संघलाई खेलकुद लगायत संघ सम्बन्धि कार्यहरु गर्न थप उत्प्रेरित गरेको छ ।
नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघको २४ औँ केन्द्रीय वार्षिक उत्सवको अवसरमा शुक्रबार काठमाडाँैमा रोल्पा आई.टि.एफ तेक्वान्दो संघ नेपालभरिकै आई.टि.एफ तेक्वान्दो संघहरुमध्य वर्ष उत्कृष्ट जिल्ला संघको रुपमा सम्मानित भएको रोल्पा आई.टि.एफ. तेक्वान्दो संघका अध्यक्ष विक्रम बाठामगरले बताउनुभयो । नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका केन्द्रीय अध्यक्ष अञ्जन धमलाको अध्यक्षता तथा राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइरालाको प्रमुख आतिथ्यता लगायतका अतिथिहरुले सम्मानित गर्नुभएको थियो । मा कार्यक्रम भएको थियो । त्यसैगरी कार्यक्रमका विशिस्ट अतिथि बाग्मती प्रदेश खेलकुद परिषद्का सदस्य सचीव सुर्यलाल भन्डारीले ‘वेष्ट एशोसियशन अवार्ड अफ इयर–२०२०’ बाट रोल्पा जिल्ला आई.टि.एफ तेक्वान्दो संघका अध्यक्ष तथा नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष समेत रहेका बिक्रम बाठामगरलाई अवार्ड प्रदान गर्नुभएको थियो । महासंघले वर्षभरी धेरै खेलकुद गतिविधि तथा खेलाडी उत्पादन गर्ने संघलाई वर्ष उत्कृष्ट जिल्ला संघको रुपमा पुरस्कृत गर्ने गर्दै आएको छ । त्यस्तै कार्यक्रममा आईटिएफ तेक्वान्दोको बर्ष उत्कृष्ठ महिला खेलाडीका रुपमा बागलुङ जिल्लाकी बसन्ती बुढामगर र पुरुष खेलाडीका रुपमा नेपाल आर्मिका भिम बहादुर तामाङ पुरुस्कृत हुनुभएको उहाँले बताउनुभयो ।

You may also like