भ्रष्टचारी विरोधी सरकारको दमलाई साथ दिआँै ।


२०८० साल साउन ४ गते
भ्रष्टचार समाजको कलंको हो । भ्रष्टचार समाज विकाकासका लागि वाधक तत्व हो । यसले समाज विकासका लागि भन्दा विनासतिर लग्छ । नेपालमा भ्रष्टारको सँस्कृति मौलाउँदै गएको छ । नेपालमा राजनीति दलले कर्मचारी र कर्मचारीले राजनीतिलाई आरोप प्रत्यारोप गर्दै भ्रष्टचार झन् बढेको थियो । पछिल्लो समयमा प्रचण्ड सरकारले जनविरोधी, भ्रष्टार र अनियमितताको फाइलहरु खोल्दै एक पछि अर्काे कदम उठाई रहेको छ । प्रचण्डको नेतृत्वमा रहेको नेपाल सरकारले अब भ्रष्टचारीको हकमा शुन्य शहनशीलताको नीति अवलम्बन गर्दै अगाडि बढेको छ । त्यसैले हामी सबैको दुश्मन हो भ्रष्टचार । भ्रष्टचारी प्रवृतिलाई सबै लागेर सधाका अन्त्यको महान अभियानमा लाग्नु हामी सबै नेपालीको दायित्व हो ।
नेपाली समाजको विकासको बाधक रुपमा रहेको भ्रष्टचारीको प्रवृत्तिलाई न्यूनिकरण गर्नका लागि सरकार लागि रहेको छ । सरकारले भुटानी शरनार्थी, ललिता निवास, सुन तस्कर लगायतको विषयमा छानवीन थालेको छ । सरकार राजनीतिक दलको उच्चतहका व्यक्तिलाई समेत छानवीन गरिहरको छ । भ्रष्टचारी कोही पनि आफ्ना हुन सक्दैनन् त्यसैले कुनै पनि राजनीतिक पूर्वाग्रही नराखेर सबै कमजोरी गर्ने सबैलाई कारवाहीको परिधीमा लिनु पर्दछ । लोकतान्त्रिक गणतन्त्र नेपालमा शुसासन, समृद्धि दिनका लागि पहिलो प्राथमिकता हो त्यसैले त्यसको लागि सबै राजनीतिक र पूर्वाग्रहीको घेराबाट माथि उठ्न जरुरी छ । अनि सरकारको कदम पक्षमा जनमत सृजना गर्न जरुरी छ ।
नेपाल समृद्धि बनाउने हो, भने भ्रष्टचारको जालोबाट नेपाललाई मुक्त गर्न जरुरी छ । यहाँ हुने सँस्थागत अथवा व्यक्तिगत रुपमा गरिने र हुने भ्रष्टचारलाई रोक्नका लागि हरेक नागरिकको जिम्मेवारी छ । नीति गत र आर्थिक अनियमितता दुवै भ्रष्टचार हो । यसका विरुद्धमा हाम्रा साझा अभियान सबैले आफ्नो कर्तव्य थानेर अगाडि बढौँ । नेपाल समृद्धि बनाउने प्रचण्ड र नेपाल सरकारको सपनालाई साकार पार्ने यात्रामा हातेमालो गराँै । देश भ्रष्टचारमुक्त र शुसासन युक्त बनाउने कार्यमा आजै देखि लागाँै ।

You may also like