रोल्पाका जनप्रतिनिधीहरुले प्रधानमन्त्री प्रचण्डसँग भेटेर के—के भने


मानसिंह विश्वकर्मा
रोल्पा समाचारदाता
साउन ४ गते


प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका जीवन संगीनी एवं नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सल्लाहकार सीता दाहालको मृत्यु भएपछि स्वर्गिय सीता दाहालप्रति श्रद्धाञ्जली तथा प्रधानमन्त्रीलाई समवेदना व्यक्त गर्नका लागि रोल्पाका जनप्रनिधीहरुको टोली बालुवाटार पुगेको छ । संघीय सासद एवं पूर्व मन्त्री वर्षमान पुनको अगुवाईमा शनिबार भेट गरेको हो ।
टोलीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटघाटमा रोल्पा जिल्लाका प्रनिनिधी सभा सदस्य बर्षमान पुन ‘अनन्त’ पुर्व सभामुख ओनसरी घर्ती, पूर्व साँसद एवं नेकपाका स्थायी समिति सदस्य सन्तोष बुढामगर, लुम्बिनी प्रदेश सभा सदस्य दिपेन्द्र पुन ‘सिजल’, रोल्पा जिल्ला समन्वय प्रमुख सीता आचार्य, उपप्रमुख कर्मलाल परियार, रोल्पा नगरपालिकाका मेयर सुरेन्द्र घर्ती ‘धुर्व’, सुनछहरी गाउँपालिका अध्यक्ष धनबहादुर पुन ‘कृतिमान’, सुनिलस्मृती गाउँपालिकाका अध्यक्ष मनिराम बुढाथोकी, माडी गाउँपालिकाका अध्यक्ष अमरसिङ घर्ती ‘मित्रमणी’, लुङरी गाउँपालिकाका अध्यक्ष भरत थापा, नेकपा (माओवादी केन्द्र) का प्रदेश समिति सदस्य एवंम् थबाङ गाउँपालिकाका इन्चार्ज दिनेश रोका ‘मौसम’, त्रिबेनी गाउँपालिका इन्चार्ज रेशम पुन ‘चत्याङ’, रुन्टिघाढी गाउँपालिकाका गोबिन्द पुन नजर, पूर्व जनसरकार प्रमुख प्रवेश रोका ‘छिरीङ’, नेता माओवादी केन्द्रका नेता मनोज घर्तीमगर, जीवन रोकामगर, रोल्पा नगरपालिका सचिव मोलङ घर्तीमगर लगायतले भेटघाट गरि समेवेदना व्यक्त गरेको थियो ।
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका पोलिट व्यूरो सदस्य एवं लुम्बिनी प्रदेश सभा सदस्य दीपेन्द्र पुनमगरले रोल्पा समाचारँग कुरा गर्दै भन्नुभयोः—“हामी यतिबेला रोल्पा जिल्लाको टोलीले स्वर्गिय सीता दाहालप्रति श्रद्धाञ्जली र अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड लगायत उहाँको परिवारलाई समेदना व्यक्त गरेका थियाँै । अन्य रोल्पा जिल्ला र समसामयिक बिषयमा उत्साहजनक भेटघाट सम्पन्न भएको छ उपलब्धी भएको छ । ”
जनप्रतिनिधीहरुले सामूहिक रुपमा टोलीले “हामीले रोल्पा जिल्लाको जनप्रतिनिधीले समेदना व्यक्त गर्न आएका छाँै, माओवादी जनयुद्धको आधार इलाका रोल्पामा वर्ग संघर्ष, जनयुद्ध, शान्ति प्रक्रियालाई लक्ष्यमा पु¥याउनको लागि तपाई र स्वर्गिय सीता दाहालको अतुलनीय योगदान छ, रोल्पासँग बैचारिक समन्ध, पारिवारिक समन्ध झै भएको छ, रोल्पालाई पनि ठूलो क्षति पुगेको छ, यो बेला हामी निकै दुखित छौँ । तपाइले देखेको सपना, सीता दाहालको सपना पुरा गर्न रोल्पा सधै एक हुन्छौँ ।


टोलीले हाल पारिवारिक पीडामा रहेको बेलामा पनि सरकारले भ्रष्टचारीका विरुद्धमा गरिएको अनुसन्धान र कारवाहीले जनतामा आशा जगाएको भन्दै त्यसलाई निरन्तरता दिन र सरकारले गरेको सकरात्मक कार्यको पक्षमा रोल्पाली नेतृत्व सधै एक हुने समेत बताएको थियो ।
टोलीसँग भेटघाटको क्रममा प्रचण्डले रोल्पा जिल्ला आफ्नो र पार्टीको राजनीतिक जीवनमा युगान्तकारी परिवर्तनको लागि खेलेको भूमिका सधै इतिहासमा जगजाहेर नै छ । रोल्पाले खेलेको भूमिकालाई पार्टी, सरकारकारमा रहदाँ वा नहँदा पनि सम्मान गर्ने बताउनुभयो । रोल्पा जनयुद्धको तुफानी केन्द्र भएकाले गर्दा आज रोल्पा विश्वको सामू स्थापित भएको छ । रोल्पाको सामूहिक टोलीले भेट्न आउँदा आफूलाई निकै उर्जा प्राप्त भएको बताउनुभयो । सरकारले दलाल तथा भ्रष्टचारहरुको विरुद्धमा चालिएको कदम नरोकिने समेत बताउनुभयो ।


साथै रोल्पा जिल्ला जनप्रतिनिधी र नेताको टोलीले पूर्व उर्जा मन्त्री एवं नेकपा (माओवादी केन्द्रका केन्द्र) वर्षमान पुनमगरलाई स्वास्थ्य लाभको कामना समेत गरेको छ । सो टोली संघीय संरचनामा रहेका विभिन्न मन्त्रालयमा मन्त्रालयगत रुपमा विकास निर्माण लगायत रोल्पा जिल्लाको बारेमा छलफल गरिएको टोलीलेमा सहभागी दीपेन्द्र कुमार पुनमगरले बताउनुभयो । साथै हाल प्रचण्डको नेतृत्वमा


रोल्पालाई जनयुद्धको आधार इलाकाको जिल्लाको रुपमा भूमिका प्रदान गर्नुभएका प्रचण्डलाई परेको दुख र पीडाले सिंगो क्रान्ति र रोल्पालीलाई निकै दुखित हुँदा यस बेलाको सामूहिक भेटले प्रचण्डलाई फेरी रोल्पाप्रति नयाँ विश्वास पैदा भएको प्रतिक्रिया दिनुले अर्थपूर्ण भेटघाटको रुपमा हेरिएको छ ।

You may also like