बाल संरक्षण सम्बन्धि तीन दिने तालिम सम्पन्न

बाल संरक्षण सम्बन्धि तीन दिने तालिम सम्पन्न
भरत नेपाली
सुलिचौर–रोल्पा


This image has an empty alt attribute; its file name is v1.jpg

जोखिमा रहेका बालबालिकाहरुलाई संरक्षण गर्नका लागि स्थानीय बाल अधिकार समितिका पदाधिकारीलाई ३ दिने बाल संरक्षण सम्बन्धि तालिम सुनिलस्मृति गाउँपालिका सुलिचौर आज सम्पन्न भएकोछ ।
यस तालिमको समापन समारोहमा बोल्दै सुनिलस्मृति गाउँपालिका उपाध्यक्ष बगमति क्षेत्रिणीले बालबालिका क्षेत्रमा लगानी गर्न सकेमा सिङ्गो गाउँपालिकाको विकासमा थप टेवा पुन्ने बताउनुभयो । गाउँपालिकाको आठ वटै वडाहरुमा पनि वडा स्तरीय बाल अधिकार समिति गठन गरिएकोले सबै वडाहरुले बालबालिकाहरुको मुद्दालाई प्राथमिकता दिनको लागि उहाँले अनुरोध गर्नुभयो ।

This image has an empty alt attribute; its file name is v2.jpg

त्यस्तै, समापन कार्यक्रममा मानव अधिकार सचेतन् केन्द्र (हुरेक) नेपाल रोल्पाका अध्यक्ष घनश्याम आर्चायले विगत लामो समयदेखि यस विभिन्न पालिकाहरुमा बाल संरक्षणको कार्यक्रम गर्दै आएको छ, जसले स्थानीय सरकारलाई अगाडि बढ्नका लागि टेवा पुगि समुदायमा बालश्रम, बाल हिंसालगायतका विषयहरुमा सबै जना ऐक्यवद्वताबाट नै समृद्ध गाउँपालिका र वडा बन्ने बताउनुभयो ।

This image has an empty alt attribute; its file name is v6.jpg

त्यसैगरी बालश्रम तथा अन्य कारणले सुनिलस्मृति गाउँपलिकाको ८ वटै वडाहरुमा जोखिममा रहेका बालबालिकाहरुलाई समुदायमा पुर्न स्थापना गरि संरक्षणको लागि गाउँपालिकाका स्थानीय बाल अधिकार समिति र वडा स्तरीय बाल अधिकार समितिहरुलाई बाल संरक्षण सम्बन्धि ३ दिने तालिम आज सम्पन्न भएको छ । तालिममा बाल अधिकार के हो, अन्तर्राष्ट्रिय बाल अधिकार महासन्धि, कानुनमा बाल संरक्षण बाल अधिकार, बाल संरक्षण, बाल संरक्षणका मुद्वाहरु, बाल अधिकार समितिको काम कर्तव्य र अधिकार, घटना व्यवस्थापन र सिफारीस संयन्त्रलगायतको विषयमा प्रशिक्षक सुशिलराज गिरीले सहजिकरण गर्नु भएकोथियो । यस तालिम सहयोगी हातहरुको समूह साहस नेपाल र मानव अधिकार सचेतन् केन्द्र (हुरेक) नेपाल रोल्पाको आयोजना र सुनिलस्मृति गाउँपालिका सुलिचौर रोल्पाको समन्वयमा भएको उक्त तालिममा सुनिलस्मृति गाउँपालिकाको आठ वटै वडाका बाल अधिकार समितिका संयोजक र सदस्यहरु गरि २५ जनाको सहभागिता थियो । तालिममा सहभागिको तर्फबाट हिमा विष्ट र चन्द्र मरमथानी बोल्दै सुरुमा समितिमा बस्दा केको लागि बनेको हो यसको काम कर्तव्य र अधिकार के हुन्छभन्ने नै जानकारी भएको थिएन यस तालिमले हामीहरुलाई थप उर्जा थपेको बताउनुभयो ।

You may also like