जातीय छुवाछुतकै कारणले रोल्पाको गजुलमा २ बालकमा निर्घात कुटपिट


रोल्पा समाचारदाता
जेठ २३ गते रोल्पा ।

This image has an empty alt attribute; its file name is dalit-kutpi.jpg

सुनिलस्मृति गाउँपालिका वडा नम्बर–६ पानीपोखरामा जातिय छुवाछुतको आधारमा दुई बालबालिका माथि निर्घात कुटपिट गरिएको छ । जेठ १८ गते दिउसो गजुल ६ पानी पोखराकै फुर्से महरा (घाउरा) ले लान भनेर अपशब्दको प्रयोग गरेपछि थप विवाद गर्दै कुटपिट गरेका हुन् । सोही टोल निवासी सुकराम सुनारको छोरा करिव १४ वर्षिय बालक दीपेश सुनार र छोरा किशाना सुनारलाई कुटपिट भएको हो ।

ति बालकहरुरुले गाउँमौ तेह्रदिनको पुन्यतिथि सिद्धाएर समूहबाट लगेको अदान लिई घर फर्कने क्रममा फुर्से घाउराले ठूलो स्वरमा मदिरा सेवन गरी एक्सकासी आफूहरुलाई कामी, लान जस्ता अपशब्द प्रयोग गरी गालि गर्दा ति आफूहरुले “किन यसरी गालि गर्नुहुन्छ ?” झनै पुर्से घाउरा, रमन महरा, महेश भण्डारीको समूहले मह भन्दा वियरको बोतलले कुटपिट गरेको पीडित बालकहरुले बताएका छन् । अधिकारकर्मी दिपक विक ‘संघष’ले दलित समुदायको एक जना व्यक्तिको निधन भएको शुद्धकार्यमा खाना पकाउन प्रयोगका लागि समूहको अडान बुझाएर फिर्ता भएका ति बालकहरुलाई कुटपिट गरिएको बताउनुभयो । उहाँले अन्य उपचार गर्न लगाएको भए पनि जातीय छुवाछुत र अबशब्द बोलको विषयमा भने अझै छलफल नभएको र यसलाई कानूनी रुपमै अगाडि बढाउने योजनामा रहेको समेत बताउनुभयो । स्थानीयत चुरे महराले घटनालाई लिई प्रहरीमा गए गाउँ निकाला गरीदिने धम्की दिर्दै मिल्न दवाप दिएका थिए ।
तर पीडितका बुवा सुकराम सुनारले घटनालाई यतिकै नछाड्ने र एकतर्फी फैसला गरेर हामीलाई दबाई रहेको भन्दै न्यायको लागि पहल गरीदिन दलित एकता समाज रोल्पालाई जानकारी गराएपछि घटना बाहिर आएको हो । हाल उहाँ पीडितहरुले अन्याय नसहन नसक्ने बताउँदै कानूनी लडाई लड्न बताएका छन् ।
यस विषयमा वडा अध्यक्ष अर्जुन सुवेदीले घटना अडान लिएर आउँदा अबशब्द बोलेको भए पनि पछि भैm झगडा जातीय छुवाछुत भन्दा पनि अन्य विषयबाट भएको बताउनुभयो । उहाँले थप बुझेर अझै कुराकानी गर्न सकिने बताउनुभयो ।
यस विषयमा अझै बुझेर अगाडि बढ्न र कानूनी कारवाहीका लागि पहल गरिने जिल्लामा क्रियाशील दलित अधिकारकर्मीहरुले माग गर्दै त्यस्ता घटनाको सत्य तथ्य छानवीन गरी दोषिमाथी कारबाहीको माग समेत गरिएको अधिकारर्मीहरुको संयुक्त धारणा रहेको संयुक्त दलित जनअधिकार मञ्च रोल्पाका सचिव मानसिंह विश्वकर्माले बताउनुभयो । सबैबाट पहल गरिने समे विश्वकर्माको भनाई छ ।
नेपाल राष्ट्र नै छुवाछुत राष्ट्र घोषणा भइ सकेको अवस्था, नेपालको संविधान २०७२ ले नै जातीय छुवाछतलाई जगघन्य अपरामा परिभाषा गरेको अवस्थामा पनि जातीय विभेद जस्ता अपराधी क्रियाकला हुँदा पनि डर धम्की देखाई गाउँमै मिल्न दबाव दिने र कुटपिट गर्ने व्यक्तिहरु विरुद्ध कानुनी प्रक्रियामा अगाडी बढेर कानूनी कारवाहीको दायरामा लिई दण्डीत गर्नुपर्ने समयको माग आएको छ ।

You may also like