रोल्पामा चत्याङले हानेर २ जनाको मृत्यु १ घाइते

मानसिंह विश्वकर्मा जेठ १६ लिबाङ


रोल्पामा आज विहान चत्याङले हानेर २ जनाको मृत्यु भएको छ । त्रिवेणी ७ गैरीगाउँ डाँडामा विहान करिव ९ः४५ बजे परेको चत्याङबाट २ जनाको मृत्यु भएको हो ।
आधीहुरीसँगै एक्कासी परेको चत्याङबाट २ जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरीक्षक चित्रबहादुर गुरुङका अनुसार त्रिवेणी गाउँपालिका वडा नं. ७ गैरीगाउँ वडा नं. गुठिमधाराका टाेपबहादुर बुढामगरको घरमा चत्याङ परेको थियो । चत्याङका कारणबाट त्रिवेणी ७ गैरीगाउँ लल्नीखोलाका २४ वर्षिय आशा बुढामगर र सोही गाउँका ७५ वर्षिय खिर्मा बुठामगरकाे मृत्यु भएको हो । मृतकको शवलाई पोष्टमार्टमका लागि रोल्पा अस्पतालमा लिइएको थियो । चत्याङका कारणले आशा बुढामगरको श्रीमान सविन बुढामगर पनि घाइते हुनुभएको छ भने आमा आशा बुढामगरसँगै रहनुभएका दुइबर्षिय बालिकाभने सकुशल रहेका छन् । पोष्टमार्टम गरी शवलाई आफन्तलाई बुझाइएको रोल्पा अस्पतालका प्रमुख डा. धनमाया घर्तीमगरले बताउनुभयो ।
पोष्टमार्टम गरी घर लगेर दाससँस्कार गरीने समाजसेवी अर्जुन डाँगीले बताउनुभएको छ । यसै चत्याङका कारणले रोल्पा गंगादेव गाउँपालिकामा पनि घरको क्षति र पशुको मृत्यु भएको गंगादेबबाट हाम्रा प्रतिनिधीले जानकारी गराउनुभएको छ ।

 

You may also like