“स्थानीयतहको निर्वाचनमा रोल्पालाई माओवादी केन्द्रको आधार इलाका कायम गर्नुपर्दछ ।”

– अर्थमन्त्री जनार्दन शर्मा
फागुन २७ लिबाङ रोल्पा


नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं अर्थमन्त्री जनार्दन शर्माले आगामी नेपाल अब स्थानीयतहको निर्वाचनमय बनेको बताउँदै बैशाख ३० गते हुने स्थानीयतहको निर्वाचनमा माओवादी आन्दोलनको रक्षा र संविधानको रक्षाका लागि माओवादीको आधार इलाकालाई बचाई राख्नका लागि रोल्पा रुकुममा जसरी पनि माओवादी केन्द्रलाई विजय बनाउनको लागि लाग्न सम्पूर्ण अगुवा कार्यकतालाई निर्देशन दिनुभएको छ ।
यस्तो विचार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) रोल्पाले आयोजना गरेको कार्यकर्ता भेटघाटमा रोल्पाको लिबामा बताउनुभएको हो ।
उहाँले भन्नुभयो–“हामीले रोल्पा, रुकुम लगायत माओवादी केन्द्रको आधार इलाकालाई जसरी पनि बताउनु पर्दछ, रोल्पा रुकुममा विजय मात्रै भन्दा पनि यहाँ सबै स्थानीयतहमा विजय बनाएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा सकारत्मक रुपमा सन्देश प्रवाह गर्नका लागि अनुरोध गर्दछु । यहाँ जितेपतिछ माओवादी आन्दोलनले जित्छ, यहाँ हामीले हारेमा सिंगो माओवादी आन्दोलनले हार्छ, त्यसैले जसरी भए पनि विजय प्राप्त गर्नुपर्दछ । त्यससका लागि सबैलाई लाग्नु पर्दछ । ”
माओवादी केन्द्रका प्रभावशाली नेता जनार्दन शर्मा जनताको राजनीतिक, आर्थिक विकास, सामाजिक एवं समग्र रुपान्तरका लागि प्रत्येक जनताको घर घरमा गएर अनुसन्धान गरेर जनतालाई हामीले गरेको कामका बारेमा प्रश्न गर्नुपर्ने बताउनुभयो ।
उहाँले रोल्पालाई माओवादी केन्द्रको किल्ला निर्माण गर्नका लागि माओवादी केन्द्रका नेता, कार्यकता र आम जनतालाई सर्वेक्षण गरी अगाडि बढ्नका लागि अनुरोध गर्नुभयो । रोल्पा जिल्लाको विकास निर्माणका लागि रोल्पाली नेतृत्वले गरेका कामर माओवादी आन्दोलनले गरेको कार्यलाई आम जनतासम्म लग्नका लागि निर्देशन समेत दिनुभयो ।
केन्द्रीय सदस्य शर्माले हाल माओवादी केन्द्रको राजनीतिक एजेण्डा भनेको नेपाली जनतालाई समृद्धको मार्गमा अगाडि बढाउनको लागि भएको बताउँदै नेपालको माटो सुहाँदो समाजवादको यात्रामा अगाडि बढाउनको माओवादी केन्द्रका कार्यकर्ताहरुको संगठनकला, जनसमन्ध, नयाँ नयाँ प्रविधिमा लगायतको विषयमा नयाँ प्रविधि र नयाँ विचार हुने बताउनुभयो ।
उहाँले जनताको कुरालाई सम्वोधन गर्नका लागि आफैलाई बढल्नका लागि अनुरोध गर्दै इतिहासको सम्मान गर्दैभन्नुभयोः–“ हाम्रो काम गर्ने तरिका, हाम्रो शैलीलाई व्यावहारिक रुपमा अगाडि बढाउनको लागि अनुरोध गर्दछु । जनतालाई सन्तोष्टी बनाउको लागि लाग्नु पर्दछ । ”
केन्द्रीय सदस्य शर्मामाले जनयुद्धले उठाएका बर्गिय, क्षेत्रीय, लिंगीय, जातीय उत्पीडनलाई हल गर्नका लागि फेरी पनि यो देशमा माओवादी केन्द्रको नेतृत्व आवश्यक रहेको बताउनुभयो ।
उहाँले भन्नुभयोः–“समाजमा अझै दलितहरुलाई जातीय उत्पीडन, लैगिक हिसावले उत्पीडन कायम नै छ । त्यसलाई हाम्रो नेतृत्व र विचारका हिसावबाट मात्रै सम्वोधन गर्न सकिन्छ ।”
उहाँले माओवादी केन्द्रका नेता कार्यकर्ताले गरेको काममा जनताले प्रश्न उठाउनको लागि जनता धेरै समय प्रदान गर्दै समीक्षा गरेर अगाडि बढाउनका लागि अनुरोध गर्नुभयो । नेपाली जनतालाई गोलबन्द गर्नका लागि राजनीतिक रुपमा समाजवाद र उत्पादनको रुपमा समाजवाद उन्मुख अर्थतन्त्र निर्माणका लागि सम्पूर्ण पार्टी पक्ति लाग्नु पर्ने बताउनुभयो ।
उहाँले हरेक कमिटीले जनता र कार्यकर्ताको काम गर्न नसकेमा त्यसलाई फिर्ता बोलाउन सकेमा मात्रै पार्टी जनतातिर होइन नेतातिर फर्किनु भएको छ । त्यसलाई अब जनतातिर नै फर्काउनका लागि फेरी एक पटक लाग्नु पर्ने बताउनुभयो ।
नेपालको पछिल्लो पटक उत्पन्न राजनीतिक घटनाक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पहल लिएको बताउनुभयो । एमसीसीको विषयले नेपाल र पार्टीमा केही बहस भएता पनि माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशनमा नै परिमार्जनसहित पारित गर्ने निर्णय गरेको परिमार्जन भएपमात्रै पास गर्ने प्रतिवद्धताका साथ ११ बुदे व्याख्यात्मक टिप्पनी लिएको बताउँदै त्यसका लागि सो परियोजनाको हेडक्वाटरले पनि सकात्मक रुपमा लिएको बताउनुभयो ।
उहाँ भन्नुभयोः–“एमसीसी पारित गरेर त्यसलाई नेपालको संविधानको अधिनमा, लेखा परिक्षण, सैन्य रणनीतिमा सहमति नगर्ने गरी कार्यक्रम अगाडि बढाएका छाँै । त्यसमा जनयुद्ध, संविधान लगायतका उपलब्धीलाई रक्षा गर्नका लागि पनि आवश्यक थियो । हामीले गरेको थप प्रयास पारित गरेका छाँै त्यसमा जनतालाई स्पष्ट पार्नका लागि सबै लाग्नु पर्दछ ।”
रोल्पा जनयुद्ध र बलिदानको जगमा उभिएकोले गर्दा त्यसलाई त्यसलाई माओवादी केन्द्रको विजय बनाउनका लागि कुनै पनि कसुर वाँकी नराखेर काम गर्नु हुन सबै कार्यकर्तालाई निर्देशन गर्नुभयो ।
कार्यक्रममा केन्द्रीय सदस्य जयपुरी घर्तीमगर, दीपेन्द्र पुनमगर, केन्द्रीय निर्वाचन समितिका सदस्य राजबहादुर बुढामगर लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सहजीकरण नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समितिका संयोजक सुरेन्द्र थापा घर्तीमगरले गर्नुभभएको थियो ।

You may also like