लुङग्री गापा ७ हार्जङको नेपाल राष्ट्रिय मा. वि. मा अनेरास्ववि (क्रातिकारि)को मावि इकाई कमिटी गठन


रोल्पा समाचारदाता

हार्जङ, राेल्पा

फागुन १४ सुलिचाैर राेल्पा लुंग्री गाउँपालिका वडा नं. ७ हार्जङ रोल्पामा श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को मावि मुल इकाई कमिटी गठन गरिएको छ । प्रत्येक विद्यालयमा संगठन निर्माण गर्ने उद्धेश्यले संगठन निर्माण गरिएको अखिल क्रान्तिकारी लुंग्री गाउँपालिकाले बताएको छ ।
लुङग्री गाउँपालिका वडा ७ हार्जङको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय एक कार्यक्रम गरेर गठन गरिएको थियो । कार्यक्रममा स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) लुङग्री गाउँपालिकाका अध्यक्ष चन्द्र रोकामगरको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र) गाउँपालिका सदस्य गोबिन्द्र पुनमगर र अतिथहरुमा नेकपा (माओवादी केन्द्र) का लुङग्री ७ हार्जङका वडा कमिटी अध्यक्ष नमराज रोकामगर नेकपा (माओवादी केन्द्र) का गापा सदस्य हिरा पुनमगर, वासिएल लुङग्री गापा संयोजक गोबिन्द पुनमगर र लुङग्री ७ वार्ड कमेटी कोषाअध्यक्ष रचना गिरी लगायतको उपस्थित रहेको थियो । कार्यक्रमबाट मावि अध्यक्ष हस्तराम पुनमगर उपाध्यक्षहरुमा सुनकुमारी पुनमगर र नरमला पुनमगर, सचिवमा दिल बहादुर बिक सहसचिवमा याम बहादुर बिक र कोषाअध्यक्ष टिका खड्का लगाएत ३१जनाको मावि कमिटी गठन गरिएको छ । गठन पछि सम्पूर्ण अतिथिहरुले गठित पदाधिकारिलाई अबिर ल्यापन गरेर बधाई तथा प्रशिक्षण दिनुभएको थियो । कार्यक्रमको सञ्चालन ओमप्रकाश रोकामगरले गर्नुभएको थियो ।

You may also like