परिवर्तनका लागि फूलेको दहवन र टिलाका गुराँस ओलाउँदैछन्

सच्चा मालीको अभावमा छ दहवन
सच्चा छोराकोको पीडामा छ दहवन
फुल्न सकेका छैनन् राम्ररी मेहल
अनि फागुने गुराँसका फूलहरु
इतिहासै बने यी विगतका पलहरु
राज्यबाट भए गुराँसप्रति धेरै भूलहरु
माथिका शब्दहरु एउटा सर्जकले मात्रै लेख्न सक्दैन । यो सर्वसाधारणदेखि ठूला ठूला देश निर्माताहरुले समेत दहवन रोल्पा र विगतको पाँचौ मुख्यालय दहवन रोल्पामा जाने जो कसैले पनि देख्न सक्छ ।
संघर्ष विगतदेखि वर्तमानसम्म हरेक पल र क्षणमा सबैका लागि अनिवार्य बन्दै आएको छ । संघर्ष परिवर्तनका लागि अपिहार्य बन्दै जानेछ । संघर्ष कुनै पनि स्वभाविक हुँदैन । अस्भाभिक हुन्छ । तर, संघर्ष हामी चेतनशील प्राणीले कति पचाउने कति नपचाउने भन्ने मात्रै प्रश्न हो । सबै यो ब्रह्माण्डमा रहेका हरेक बस्तुमा अनिवार्य संघर्ष छ । तर चेतनशील प्राणाीमामा गतिशील भएको मान्दछौँ । प्राकृतिक रुपमा पनि परिवर्तनका लागि संघर्ष अनिवार्य छ । बन्दै आएको छ । ऋतुहरुको परिवर्तन पनि संघर्षपछि मात्रै सम्भव छ । बसन्त ऋतुको आगमनसँगै विरुवाहरुमा संघर्ष हुन्छ । विरुवामा प्राकृतिक संघर्षका बीचबाट नयाँ पालुवा फाल्दछ । फूल फुल्ने, पक्रने, अनि फल बन्ने, अनि फेरी विरुवा हुने यो प्रक्रिया अनियार्य रुपमा चलिरहेको हुन्छ । मलाई करिव एक दशकभित्रका फागुन र चैत्र महिनाभरीको मौसम नियाल्ने मौका मिलेको थियो । म यतिबेला चैत्र महिनाको अन्तिम साता होलेरी साप्ताहिकको पत्रिकाको विमोचनका लागि प्रकाशक तथा सम्पादक सन्तोष शर्माले खवर गर्नुभएको थियो । त्यसैमा होन होनहार पत्रकार नरेन्द्रध्वज डिसी, बुद्धिमान वली लगायतले जसरी पनि आउनका लागि अनुरोध गर्नुभयो । उहाँहरुको अनुरोधलाई मैले जसरी भएपनि जाने योजना बनाए । म २५ गते रोल्पाको लिबाङबाट विहानै बाहिरे योजना गरे । विहानै बाहिरेने भनेपनि कामले केही ढिलाई भयो । करिव ७ बजेतिर सात्दोबाटो, सुलिचौर, घोडागाउँ, सुर्पाल हँुदै होलेरी पुगियो । लिबाङदेखि खुंग्री, सुर्पालदेखि होलेरी दहवनसम्म अनि दहवनबाट टिलाहुँदै लिबाङसम्म आउने बेला त्यो यात्रामा एक्लै हिडियो । लिबाङदेखि खुंग्रीसम्म ओटासिलबाटो घोडागाउँदेखि कच्ची सडक होलेरी अनि फेरी होलेरीबाट दहवनहुँदै जनताले युद्धकालमा खनिएको शहीदमार्ग हुँदै दार्वाेसम्मको यात्रा । अनि दार्वाेटदेखि लिबाङको सम्मको एकल यात्राको क्रममा एक दशकको समयलाई नियाल्ने अवर प्राप्त भयो । त्यो सडकमा २०६० सालतिर हिडिएको थियो त्यस्तै एकल युद्धसञ्चारकर्मीको रुपमा । आज १२ वर्ष पुगेको छ । त्यतिमात्रै फरक थियो हिजो ६० को दशकमा पैडल यात्रा थियो करिव होलेरीबाट घर्तीगाउँसम्म पुग्दा दुइ दिन लागको थियो । त्यतिबेला वन पोलर झोला अनि पानासोनिक वाकमेनका साथ थियो तर हाल बाइको यात्रा हो । यही बीचको मेरो यात्राका फरक अनुभूतिलाई संगाल्न खोजिएको छु । जव म सुर्पालबाट अगाडि करिव १५ मिनेट मोटर साइकलको यात्रा सकिएपछि उघाँ गाउँ आउँछ । म द्वन्द्वको समयमा त्यो गाउँ हुँदै मसिना जाने बेलामा त्यो सुन्दर बन उघाँमा फागुन र चैत्र महिनामा लाली गुराँस फुलेको थियो । त्यतिमात्रै होइन रोल्पाको होलेरीको डाँडो, दहवनको मेहल फुल्ने अनि घंघारो पाक्ने डाँडोमा मेहल फूल्न थालेको थियो । घंगारोले पनि फूल खेल्ने बेला भएको थियो । शहीद मार्ग हुँदै त्रिवेणी, टिलाबाट थुर्पा लेखको बाटो भएर माओवादी हेडक्वाटर बसेको लोसेबाङसम्म २०६० टिर रेडियो रिपोटिङको क्रममा हिडियो । त्यो समयमा लालीगुराँसको त्यो बन, त्यही बनमा कोइलीको आवाज र त्यही मार्गमा मरे शहीद बाँचे संसार भन्दै देश र जनताको लागि मुक्ति या मृत्युको कसम खाएका राता सिपाहीको लस्कर थियो । शहीदमार्गमा निर्माणकर्मी जनताहरुको लस्करै पनि निकै थियो । मानिसहरुमा नयाँ उत्साह र उमंगले भरीपूर्ण थियो । जतिबेला त्यो टिम खारा मोर्चालाई विजयी गर्ने यात्रामै थियो । त्यतिबेला ति स्थानहरुमा लालीगुराँसको फूलमा हाम्रो पनि जोवन चढेको छ । तिनै कोइलीहरुको आवाजमा विजय गर्ने शाहस पैदा हुन्थो । त्यो खाराको कारवाही पछि नेपालमा सञ्चालित जनयुद्धको पनि तरिका फेरियो । शान्तिपूर्ण राजनीतिक कार्यदिशाबाट अगाडि बढ्ने योजनासहित संसदबादी दलहरुसँको सहकार्यमा अगाडि बढ्ने नीतिका साथ जनयुद्धको जगमा ऐतिहासिक जनआन्दोलन सफल भएको थियो । २०६२÷०६३ सालको जनआन्दोलनको उललब्धी स्वरुप राजतन्त्रको अन्त्य भयो । राजतन्त्रको अन्यपछि लोकतन्त्रको आयो, गणतन्त्रको उदय भयो । नेपालको विषम अवस्थामा संयुक्त राष्ट्रसंघको मध्यस्ततामा नेपालको आमूल परिवर्तनमा सबैभन्दा ठूलो भूमिका निर्वाह गरेको जनमुक्ति सेना नेपाललाई अस्थायी शिविरमा राख्नुपर्ने निर्णय नेपाल सरकारले निर्णय गरेको थियो । देशका विभिन्न स्थानमा बसेको डिभिजन मुख्यालय अन्तर्गत पाँचौ डिभिजनले रोल्पाको दहवनमा मुख्यालय रहने गरी स्थान छनौट गरेको थियो । भर्खरै अस्थायी शिविर बनाउने भनेर शिविर व्यवस्थापन समितिले पनि स्थान हेरिरहेको बेलामा हामी फेरी दहबन हुँदै टिलासम्म सञ्चार भ्रमणमा गएका थियौँ । त्यतिबेला पनि फागुन महिनै परेको थियो । २०६५ सालमा जनमुक्ति सेनाको पाँचौ मुख्यालय दहवनमा जनयुद्धको वार्षिकोत्सवको अवसरमा जनउभार, जनदिशा लगायत पत्रिकाहरुमा शुभकामना प्रकाशन गर्नका लागि गएका थियौँ । त्यतिबेला पाँचौ डिभिजन त्यतिबेला भर्खरै ति डाँडोहरुमा जनमुक्ति सेनाले आफ्नै परिश्रममा सानो घरदेखि ठूला–ठूला अत्याधुनिक भवन निर्माण समेत गरेका थिए । हामीले त्यतिबेलामा पनि लालरक्षकमा रिपोटिङको शिलशिलामा गएका थियौँ । मलाई लालरक्षकका सम्पादक दीपशिखाले पाँचौ डिभिजन मुख्यालयमा गएर जनमुक्ति सेनाको वसाई, उत्पादन, निर्माण लगायतको घाइते अपाङ्गका बारेमा समाचार लेख्नका लागि नै गयौँ । त्यतिबेला झै जनमुक्ति सेनाको व्यारेक, त्यसैमा फागुन महिनाभरी जनयुद्धको बार्षिकोत्सवले चहलपल हुने दहवन, टिला, उघाँमा निकै रमाइलो थियो । त्यहाँ गएपछि जो केही मानिसलाई पनि रमाइलो बावतारण, लालीगुराँस फुलेर रक्ताम्ये भएको क्षणमा सबैलाई भुल्न कुनै कष्ठकर हुँदैन थियो । त्यही स्थानसँगै मितेरी लगाआँै त्यहीलाई विहेगरेका नगरेका कुमार केटाले ससुराली (माइत) बनाउँ झै अनि कन्याहरुले घर बनाउ झै लाग्ने समय थियो । विहे गरेका दाम्पत्तिहरुले पनि घर घडेरी किनेर बसौँ जस्तो लाग्ने थियो । त्यसैको परिणाम हो धेरै घर घडेरीहरु विक्री पनि भए । धेरै कन्याले घर बनाए धेरै कुमारले ससुराली बनाए । तिनै डाँडाहरु पनि जनमुक्ति सेनाको बसाई अनि परिश्रमले निकै रमणीय भएको थियो । तिनै मसानघाट अनि समाधीस्थलहरु पनि सुन्दरताले भरीपूर्ण थियो ।
जनमुक्ति सेनाको अस्थायी शिविरमा बसेको समयदेखि दक्षिण रोल्पाको मुहार नै फेरियो । विजुली बत्ति बल्यो झलमल्ल, होलेरीदेखि उघाँ, सैबाङ मसिनासम्म । त्यस्तै होलेरीदेखि शहीदमार्गको बाटोमा पर्ने खस्रे, दहवन, नुवागाउँ, टिलाम्म विद्युत विस्तार भयो । सडकको सञ्चालनमा राम्रो भयो । अनि पानीको अभावमा जीवन विताउन वाध्य भएका गाउँबासीको लागि पानीको अभाब पूर्ति भयो । यसका साथै राजनीतिक रुपमा पनि चर्चाको शिखरमा पुग्यो दहवन । देश विदेशसम्म रोल्पा जिल्ला द्वन्द्वको समयमा धेरै चर्चा पाएको थियो । रोल्पालीहरुको त्याग र तपस्या, बलिदान र वीरताले । दहवनले माओवादी सेनाहरु व्यारेकमा बसेपछि दहवनले पनि निकै चर्चा पाएको थियो । मानिसहरुको भिडभाड पनि निकै बढेको थियो । जे होस् करिव ५ बर्षको अन्तरालमा कायपलट नै भएको थियो । पाँचौ डिभिजन मुख्यालय दहवन, मंगलसेन स्मृति व्रिगेड रहेको सैबाङको उघाँ, सुनिल स्मृति व्रिगेड बसेको दहवन, ज्वार स्मृति व्रिगेड बसेको टिला, दीर्घ स्मृति व्रिगेड रहेको दाङको संग्रामपुर लगायतका स्थानहरु स्थानीय बासीका पुर्खाहरुले नसोचेकै अवस्थामा पुगेको थियो ।
करिव तीन वर्षपछि सोही समयमै संयोगले मसिनाबाट उघाँको बाटो भएर होलेरीहुँदै टिलासम्मको यात्रा गर्ने अवसर पाइयो । मलाई खाँस होलेरी दहवन, टिलाको युद्ध पर्यटनसँग सम्बन्धीत विषय बस्तुहरुलाई हेर्न मन लागेको थियो । म मसिना निस्केपछि उघाँ मंगलसेन स्मृति व्रिगेड बसेको उघाँमा गएर फोटो खिच्न प्रयास त गरेको थिए । तर, मलाई मनै लागेन । किन भने केही वर्ष पहिले जादाँ त्यो डाँडामा गुराँस फुलेको थियो । अनि फागुनमा पनि सयपत्री, जनमुक्ति सेनाको टेन्टकै घरको करेसाबारीमा कमलको फूलहरु रोपेका थिए तिनै फूल फुलेर रमणीय नै थियो । देश र जनताको मुक्तिको लागि लडेका मानिसहरुकोले बनमाराले ढाकिएको जमिनलाई पनि उर्वर बनाएका थिए । बस्नका लागि सुन्दर बनाएका थिए । त्यही स्थानमा गएर धेरै पटक समाचार लेखियो । त्यहीबाट कतिको सिन्दुर पुछिएको पीडाका आशुलाई कलमले सम्बोधन गर्ने प्रयास गरियो । त्यस्तै दहवन, टिला स्थानबाट जनयुद्धमा गरेको त्याग तपस्या बलिदानको गाथा पनि लेखियो । जनयुद्धमा जीवन गुमाएको शहीदका पनि जीवनी लेखियो । धेरै कमाण्डरहरुको अन्तरवार्ता पनि छापियो । अनि घाइते अपाङ्गको समस्या लेखियो । त्यतिबेला जहाँ बस्न पनि मन लाग्ने थियो । बसाँै बसौँ लाग्ने समय थियो ।
तिनै डाँडा पखेराहरुमा कुनै दिन पनि खाली थिएन होला । माओवादी नेता लगायत सरकारका मन्त्री आउने जाने क्रममा पनि निरन्तर चलिरहेको थियो । देशी विदेशी कुटनितिज्ञहरुको भीड पनि कम थिएन । हेलीहरु अवरतरण पनि अत्याधिक नै हुन्थ्यो । युएनका गाडी अनि सञ्चारकर्मीको कारहरु नआएका दिनै थिएनन् । स्थानीबासीहरुले पनि राम्रो सेवा पाएका थिए । पाँचौ डिभिजन मुख्यालयबाट राम्रो उपचार सेवा पनि पाएका थिए । कयौँको जीवन बचेको त्यतिबेला स्थानीयहरुले सुनाउँथे ।
जनमुक्ति सेना अस्थायी व्यारेकमा बस्दा पाँचौ डिभिजन मुख्याल दहवन भित्र जादाँ खेरी पनि देश र जनताको मुक्तिका लागि शहीद भन्नुभयो तत्कालनि डिभिजन कमाण्डर किमबहादुर थापा ‘सुनिल’को शालिक अनि चारैतीर जनमुक्ति सेनाको क्याम्प अनि सरफाइ र जनमुक्ति सेनाहरुको सजावतले गर्दा निकै राम्रो थियो । तिनै जनमुक्ति सेनाले अब हाम्रा स्थायी घर यही नै हो । साम्यावद आए पनि हामी अनि हाम्रो सन्तानले यही बसेर काम गर्नुपर्दछ भन्ने जसरी काम सजावत तथा मेहनत गरेका थिए । तर कतिपय अयोग्यको बिल्ला भिराइ मागरे निस्कनुपर्ने वाध्यता भयो कति पय स्वऐच्छिक अवकाश रोजे तर कतिपयले समायोजनामा रोज्नुपर्ने समय र अवस्था सृर्जित भयो । एकाएक तिनै आफ्नो सन्तासम्म बस्ने गरी बनाएका पुख्यौली घर बल्ना भनेर सपना सजाएकालाई समेत छोड्नुपर्ने भयो । कतिपय युद्ध पर्यटनमात्रै होइन । प्राकृतिक पर्यटन जस्तै पनि बनेको थियो । माओवादीले पहिलो जनयुद्ध शुरु गर्दा निशना बनाएको होलेरी पनि त्यहीमा छ । त्यो क्षेत्रको आफ्नै महत्व छ । प्राकृतिक, धार्मीक, पर्यटकीय हिसावले निकै सामरिक महत्व बोकेको त्यो स्थान होलेरी दहवन अनि टिला क्षेत्र ।
समय फेरीन्छ । समयको क्रम अनुसार स्थानको पनि भाउँ सस्तो र महंगो हुन्छ । दैनिक कालीमाटीको तरकारीको बजार झै हुँदो रहेछ । संयोग त्यहीबाटो हिड्ने अवसर मिलेको थियो २०७२ साल चैत्र २५ गते । उघाँ जादाँ जनमुक्ति सेनाले आफू बस्नको लागि झुपडी भएपनि स्वर्ग जस्तै रुप बनाएका थिए, करिव ४ वर्षपछि त त्यो तिनै घरहरु भत्केर भग्नाअवशेष मात्रै बाँकी रहेछन् । व्यारेकमा छन् त्यतिबेला व्रिगेड स्तरको सेना बसेको थियो त्यो जनमुक्ति सेनाको जनशक्ति र एउटा प्लाटुनको सुरक्षा निकायको जनशक्ति बीचको संख्याले धेरै घरहरु खाली थिए । घर बन्द गरेर मुग्लान तिर पसेको घर जस्तै थिए । त्यही संकेत देख्न पाइन्थ्यो । घरहरुले अंसियारहरु नभएका वा संरक्षणको अभावमा रहेको धर्मशाला झै स्वरुप बताउथ्यो । तिनै विगतका करेसावारीका बगैचाहरु पनि कुनै संकेत थिए । जनमुक्ति सेनाको परिवारहरु बस्ने घर पनि छानो प्लाल र काठका खम्बाहरु धमिरा लागेका थिए । मलाई लागे यो घरमा कोही नभएको वा आगो नबालिएको घर झै रहेछ ।
आज तर, खस्रे डाँडा, दहवन डाँडाँ अनि हुलाके डाँडा, टिला डाँडाहरु सुनसान बनेका छन् । मानिसको भिडभाड कम छ । आयत तथा निर्यात पनि कम छ । जसले निश्वार्थ भावना युद्ध लडे, विजय गरे, तिनै रातामन्छेहरुको अभावमा पीडा खेपिरहेको महसुस भएको छ । हिजो तिनै स्थानको स्थानीयदेखि राष्ट्रिय हुँदै अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुमा नाम उच्चारण हुन्थे तथा समाचारका विषय बस्तु बन्दथे । जनमुक्ति सेनाको शिविर व्यवस्थापनदेखि कम उमेरमा भएका जनमुक्ति सेनाको विदाईसम्म अनि सेना समायोजनको अवस्थासम्म भरिलो तिनै पाखा पखेराहरुमा आजकाल असली मालीको अभावमा दुःख खेपीरहेका छन् । त्यतिबेला कन्टेनरको साचो राखेका घरबेटीको अभाव छ । जनमुक्ति सेनाको मुख्यालय स्वास्थ्य सेवा विभागबाट एम्बुलेन्स सेवा पाएका स्थानीयहरु पनि आजकाल एम्बुलेन्स र जनता थला परेका छन् । फागुन र चैत्र महिनामा सयपत्रीका फूलहरु फुलेका पनि आजकाल बगैचाँहरु असली मालीको अभावमा छन् । सेना समायोजनभन्दा अगाडि दहवनमा जादाँ वित्तिकै पाँचौ डिभिजन मुख्यालय दहवन लेखिएको गेट थियो त्यो पनि सेना समायोजनपछि श्री देवीदत्त गण सुरक्षा गुल्म लेखिन पुग्यो । अब पाँचौ डिभिजनको मुख्यालय दहवन इतिहासै सिमित भयो । अब हामीले अर्काे अपचित पर्यटकले दहवन आएर सोध्यो भने पाँचौ डिभिजन मुख्यालको व्यारेक थियो के पहिले भन्ने बेला भइसकेको अवस्था छ । आज तिनै त्यस व्यारेकमै बसेका जनमुक्ति सेनालाई एकादेशको कथा जस्तो हुनेभयो । टिलामा सशस्त्र प्रहरीको सुक्षा निकाय छ । त्यहाँ पनि कुनै त्यस्तो नयाँ पन छैन । हिजो यो देशको मुख्य नेतृत्व आउने वातावरण थियो । करिव ५ वर्षपछि आज यो जिल्लाका ठूला मानिसको पनि अपवादको रुपमा भ्रमण हुने अबस्थामा पुग्यो । समय नै सबैभन्दा बलवान हो । समयको चक्र अनुसार यो अवस्था सृजना भएको हो । हिजोको भकिझकाउ र सजिसजाऔँ पाँचौ डिभिजनको मुख्यालय रहेको दहवन, सहायक व्यारेकहरु रहेका उघा, खस्रे, टिला संग्रामहरु आज आज अध्यारो जस्तै बनेका छन् । यसो भनि रहँदा आज कुनै संरचना निकाय छैन भनिएको होइन छन् त छ तर जनमुक्ति सेना हिजो दहवन र आजको दहवनमा निकै फरक छ । हिजो फुल्ने दहवन, खस्रे टिला अनि उघाँका गुराँसहरु सहजै फुलेको जस्तो हुथ्यो । आज संरक्षणको अभावमा छन् । भत्कीएका छन् । राज्य कहाँ छ, तत्कालीन विद्रोही पक्ष पनि सरकारकामा नभएको होइन । सरकारको नेतृत्वमा पनि नसमालेको होइन । तर, ति आफ्ना नौ जवान यूवा युवतिले रोपेको गुराँसको विरुवालाई कसले संरक्षण दिने हो । फूल फूलेको बेला सबैले टिपे, काठमाण्डौँको शिहदवारसम्म लगेर सजाए । वासिङटनसम्म चर्चा चलाए । मसानघाट र समाधी स्थल झै स्थानलाई पनि राम्रो बनाए । सुन्दर स्थानहरुमा पनि सुन्दरता बनाए । ति राताराता मानिसले रोपेको लाली गुराँसको फूल फुलेको थियो । तर आज ति लाली गुराँसको विरुवालाई संरक्षण गर्नका लागि कसैले ध्यान दिएको छैन । मलजल छैन । हामी देश विदेशका लालीगुराँसका फूलका सौखिन मान्छेहरु आउनेछन् । त्यतिबेला लाली गुराँसका रोप्नले मालीहरु कोही विदेशको मरुभूमीमा गएका छन् । कोही घरमा कालोझारले घरेरिएको बारी खन्न गएका छन् । यो राज्यले ध्यान दिनुपर्ने हो । हामीले युद्ध पर्यटनको कुरा गर्दछौँ । यो क्षेत्र जनयुद्धले २०५२ साल फागुन १ गते पहिलो आक्रमण भएको होलेरी । पाँचौ डिभिजन मुख्यालय बसेको दहवन, व्रिगेडको क्याम्प भएको टिला, उघाँहरु यसरी भत्किएर जानेछन् ।
लाली गुराँस फूलाउने यात्रामा लागेका रातामान्छेहरुले विरुवा रोका छन् । धेरै विरुवा रोपे । लालीगुराँस फुलाउने अभियानमा धेरै मालिहरुले जीवन नै बलिदान दिए । त्यही बलिदानबाट सगरमाथा बगैचामा लाली गुराँसहरु पनि फूले । अन्तिममा दहवन लगायत देशको ७ स्थानमा रातामान्छेले विरुवा रोपे । दहवन, उघा, खस्रे टिलाका डाँडाहरुमा रोपिएको लाली गुराँस आजकाल फुल्न सकेका छैनन् । मलजल पाएको छैन । संरक्षकको भूमिका निर्वाह गर्ने माली पाएको छैन । त्यसको अभावमा दहवन र टिला उघामा रोपिएको विरुवाको संरक्षण नभएमा अबको केही समयपछि विरुवा हावा हुरीले ढाल्नेछ । वर्षाको पानीले गलाउने छ । केही जंगल माफियाहरुले काठ विक्री गर्नेछन् । केहीले दाउरा बाल्नेछन् । खरानी बनाउनेछन् । अनि लाली गुराँसको फूल फूले विरुवा इतिहासमै रोपे, इतिहासमै सिमित हुनेछ । हाम्रा भावी सन्नतली कहिले पनि विरुवा रोपिएको थियो भन्ने थाहा पाउँने छैनन । त्यसैले फूल्न सकेका छैनन लाली गुराँस अनि मालीहरु कोही छैनन् । कोही सिहदरवामै कराउन ठिक्क छन् । फूल रोप्न लगायउने मालीहरु पनि कोही पेरिस डाँडाँ, बुद्ध नगर, कोही प्रचण्ड गर्मीमा, कोही जतिबुटी खोजेर बैद्य बन्नमा, कोही नयाँ समाज क्रान्तिमा चन्दमा, कोही नयाँ अभियान बाबुराममा कोही न्यूक्लियसमा यस्तै गर्दै टुक्रा टुक्रा परेका छन् । जो हिजो विरुवा मार्ने अभिायनमा थिए तिनै पनि हिजोकै शैलीमा यी विरुवा बचाउने भन्दा पनि कोही बल्खु, कोही सानेपा कराएको कराए छन् । अब तिनै सुन्दर स्थान दहवन, होलेरी, उघाँ, टिलामा रोपिएको लाली गुराँसलाई फुलाउने जिम्मा कस्को हो ?

You may also like