मधेसी युवाले आफैंलाई सोध्नुपर्ने ११ प्रश्न

श्री गुरूङ, (सामाजिक अभियन्ता)

सम्पूर्ण मधेसी दाजुभाइ तथा दिदीबहिनीहरुले निम्न प्रश्नहरू आफुले आफैलाई सोध्नु होला । आजको युग हामी राजनीतिक कार्यकर्ता भएर देश र हाम्रो भविष्यलाई अझै अन्धकारमै धकेल्ने होइन, राष्ट्रको एक महत्वपूर्ण शक्ति भएर राष्ट्रलाई शान्ति र समृद्धितर्फ अगाडि बढाउने बेला हो । Shree-Gurungमधेसको आगो निभाउने पहिलो जिम्मेवारीतपाईहरुको हो, त्यसका लागि हामी पहाडका युवाहरु जुनसुकै बेला साथ दिन तयार छौं ।

मधेसमा पहाडेले र पहाडमा मधेसीले केही पागलहरुबाट अपहेलित हुनु कुनै ठुलो कुरा होइन (यो संसारका जुनसुकै ठाउँमा हुने कुरा हो; भारत, अमेरिकाजस्ता राष्ट्रहरुमा अझ बढी ) तर, त्यसको रीस सम्पूर्ण समुदायलाई नै पोख्नु एकदम गलत हो ।

कुनैबेला मधेसी समुदायमात्र हैन, सम्पूर्ण राष्ट्र नै सामन्तहरुद्वारा शोषित तथा साशित थियो । पढ्न बाट बन्चित यो राष्ट्र आज सम्पूर्ण जात, जातिको साझा फूलबारी बन्ने तरखरमा छ । नेपालको संविधान २०७२ ले रोपेको बिउलाई हामी सम्पूर्ण युवाहरुले मलजल तथा गोडमेल गरी “सयौं थुँगा फूलका हामी एउटै माला नेपाली” लाई सार्थक बनाउनुपर्छ । नत्र न यो देश फूलबारी बन्नेछ, न हामी फूल बनी फक्रन पाउनेछौं ।

हो आज निजामती कर्मचारीमा एकल जातिको बाहुल्य छ । तर, यो आजको संविधानको उपज नभई २०४७ सालको संविधानको उपज हो । अनि फेरि हामीले आज अरुसमुदायलाई गाली गर्नु भन्दा आफ्नो समुदायलाई पनि हेर्न जरुरी छ । हाम्रो समुदायमा उच्च शिक्षा हासिल गरेका युवाहरु कति छन् ? तिनले अवशर पाएका छन् कि छैनन् ?संबैधानिक निकायमा प्रतिनिधित्व छ कि छैन ? यसतर्फ विचार गर्न जरूरी छ ।

प्राकृतिक सम्पदा, अखण्डता र सुन्दरताले सम्पन्न हाम्रो राष्ट्रले न हाम्रो बाबुबाजेकाजीवनकालमा उत्तरदायी राजनीतिक नेताहरु पायो, न हामीले पाएका छौं । आजयिनीहरुको भागबन्डामा हामी देशलाई जलाएर आफैं जल्ने कि हामी सचेत युवा भएरआगो निभाई शान्ति र समृद्धिको बिउ छर्ने ? यसबारेमा छलफल  जरूरी छ ।

त्यसैले,

7-pradesh-Final-map

मधेसी युवाहरू हो, एकपटक आफैंलाई यी प्रश्नहरू सोध्नुहोस्

१. के मैले संबिधान पढें ?

२. मैले दलित, थारु, जनजाति, खस आर्य, महिला र पिछडिएका बर्ग झैँ (समावेशी)आरक्षण पाएको छु कि छैन ? (“समानुपातिक समावेशिता” प्रस्तावनामा रहेको छ, मोर्चाले चाहे संविधान संशोधन पारित हुन्छ)

३. मैले राष्ट्रको कुनै पनि अधिकार, अवसर, सेवा र सुबिधाबाट बन्चित हुनुपरेको छ कि छैन?

४. ८ जिल्ला मात्रै मेरो हो ? या पुरै ७५ जिल्लै मेरो ?

५. हिमाल, पहाड र तराईमध्ये सबैभन्दा अविकशित र विकट क्षेत्र कुन हो ?

६. अधिकारको लडाइँ भनिएको आजको आन्दोलन किन सीमांकनमा अड्किएको छ ? सीमांकनले मधेसी समुदायलाई कसरी अवसर दिनेछ ? (झापा, मोरंग र सुनसरी साक्षरता ६०% भन्दा बढी छ, मधेसका ८ जिल्ला ५०% भन्दा तल छ) मधेसमा तीन जिल्ला थप्दा प्रदेशसभामा तीन जिल्लाकै बाहुल्यता हुन्छ कि हुँदैन ।

७. के कुनै मधेसी आजको दिनमा पहाडबाट अपहेलित भर्इ बसाइ सर्नु परेको छ ?  केपहाडेहरुले मधेसबाट बसाइ सर्नु परेको छ ?

८. मधेसका ८ जिल्लामा शोषण, जमिन्दारी र राज गर्ने पहाडेहरुको नाम सार्बजनिक गरौँ, हामी पनि त्यसको बिरोधमा उत्रिनेछौं । के यसो गर्न सकिन्छ ?

९. म एक सचेत युवा हुँ कि कुनै राजनीतिक दलको कार्यकर्ता मात्र ?

१०. म र पहाडका युवामा अधिकार,  अवसर, सेवा र सुविधामा केही फरक छ ? कि मैले पहाडेले (खसहरूले) भन्दा आरक्षणसहितको प्राथमिकता पाएको छु ?

११. मेरो नागरिकता र पहाडेको नागरिकतामा केही फरक छ?

 

You may also like