पत्रकार महासंघ रोल्पाको १२ औँ स्थापना दिवसका सन्दर्भमा

काशीराम डाँगी
संस्थापक अध्यक्ष
नेपाल पत्रकार महासंघ रोल्पा
रोल्पाको पत्रकारिताको प्रसंग कोट्याउूदा मंसिर १६ को विशेष महत्व रहेको छ । नेपाल पत्रकार महासंघ रोल्पाको स्थापना दिवस र मंसिर १६ को महत्वलाई एकैसाथ जोड्ने हो भने रोल्पाको पत्रकारिताको संस्थागत विकासलाई भिन्नै राख्न सकिदैन । २०६२ सालको मंसिर १६ लाई महासंघ रोल्पाको स्थापना दिनका रुपमा हामीले मनाउदै अँएका छौं । त्यसैले यस दिनलाई रोल्पाका पत्रकारहरुले वर्षेनी स्मरण र गतिविधि समेत संचालन गर्दै अँएको अवस्था छ ।
हुन त त्यसअघि नै रोल्पामा पत्रकार महासंघको स्थापना भएको हो । २०६१ पुस ९ मा रोल्पामा तत्कालीन अवस्थामा क्रियाशील थोरै पत्रकारहरुको पहलमा महासंघको तदर्थ समिति गठन भएको थियो । तर पत्रकार महासंघ रोल्पाको तत्कालीन तदर्थ समितिलाई २०६२ मंसिर १५ र १६ मा धुलीखेलमा सम्पन्न केन्द्रीय समितिले शाखाका रुपमा मान्यता दिएकाले उक्त दिनलाई हामीले महासंघको शाखाको स्थापना दिवसका रुपमा मनाउदै अँएका हौं ।
स्थापना पश्चात विविध प्रकारका उतार चढाव पार गर्दै पत्रकार महासंघ रोल्पाले १२ औं वर्षमा प्रवेश गरेको छ । यस बीचमा महासंघले अति उल्लेखनीय कार्य समेत गरेको भुल्न सकिदैन । आफ्नै नयाू भवन निर्माण, दश वर्ष पुगेको सन्दर्भमा एक दशक नामक पुस्तक प्रकाशन, संस्थागत विकास, आवधिक निर्वाचन पद्धति मार्फत महासंघको नयाू कार्यसमिति चयन, विभिन्न तालिम आयोजना लगायतका कार्य गरेकाले महासंघले आफूलाई संस्थागत विकासको गतितिर तीव्र रुपमा उन्मुख बनाउदै लैजानु ज्यादै खुशीको विषय हो ।
मुलुकको राजनीतिक एवं भौतिक विकास सूगसूगै संचार क्ष्ँेत्रको विकासका लागि महासंघ रोल्पाले नयाू प्रकारले अभिभारा थाल्न आवश्यक छ । राज्यको पुनःसंरचनापछि सञ्चार क्ष्ँेत्रले थप जिम्मेवारी निर्वाह गर्नुपर्ने अवस्था आएको छ । त्यसका लागि जिम्मेवार पत्रकारिता र जवाफदेही सञ्चार क्षेत्रका लागि पत्रकार महासंघले सक्षम नेतृत्व गर्न सक्छ । साथै मर्यादित पत्रकारिता र सचेत नागरिक अगुवाको नेतृत्व समेत महासंघले गर्न सक्छ । त्यसका लागि महासंघको नेतृत्व समेत जिम्मेवार एवं जवाफदेही प्रकारको हुनु आवश्यक छ । महासंघ रोल्पाको अबको कार्यभार ः
आफ्नो नयाू भवन निर्माण गरेर महासंघ रोल्पाले एक प्रकारले संस्थागत विकासको ढोका खोलिसकेर निरन्तर यात्राको थालनी समेत गरेको छ । संख्यात्मक रुपमा महासंघ आबद्ध पत्रकारको साथ पाएर महासंघले विविध प्रकारका कार्य समेत गर्दै अँएको छ ।
रोल्पाको सन्दर्भमा महासंघले केही नयाू र जिम्मेवारीपूर्ण काम समेत गर्न सक्ने अवसर छ । महासंघको संस्थागत विकास मात्र होइन, पत्रकारको क्ष्ँमता बृद्धि र व्यावसायिक विकासका लागि महासंघले अबको नीति र कार्यक्रम तय एवं केन्द्रित गर्नु आवश्यक छ । तब मात्र महासंघको संस्थागत विकासले खास अर्थमा सफलता प्राप्त गर्न सक्ने विश्वास गर्न सकिन्छ ।
संस्थागत विकास ः
महासंघले महासंघ आफ्नै र यहाूका सञ्चार माध्यमहरुको भौतिक विकास गरेर जिल्लाकै समग्र रुपमा संस्थागत विकासमा योगदान गर्न सक्छ । यस कार्यका लागि महासंघले नियमित कार्यालय संचालन गर्ने, पत्रकारलाई सञ्चार सुविधा एवं सूचना प्रवाह गरेर जिम्मेवार संस्थाको परिचय दिन सक्छ । साथै सञ्चार माध्यमहरुको संस्थागत विकासका लागि सहयोग गर्न सकिने क्ष्ँेत्रको पहिचान र साथ दिन सकिने पर्याप्त संभावना छन् । राज्यले ल्याएका सञ्चार नीति र स्थानीय सञ्चार माध्यमका बीचमा देखिएका समानता र असमानता पहिल्याएर संचार क्षेत्रको विकासमा ध्यान केन्द्रित गर्न महासंघले ढिला गर्नु हुदैन ।
जिल्लामा रहेका सञ्चार माध्यम र तिनमा कार्यरत श्रमजीवी पत्रकारहरुको अवस्थाको अनुगमन र मूल्याङ्कन समेत गर्न आवश्यक छ । पत्रकारको पारिश्रमिक अवस्था तथा ती सञ्चार माध्यमहरुको आर्थिक लगानी, नाफा र तिनको वास्तविक अवस्थाका बारेमा महासंघले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा जानकारी लिने र जानकारी बाूड्ने काम गर्न सक्ने संभावना समेत छ । राज्यले लागू गरेको श्रमजीवी पत्रकार ऐनको सही कार्यान्वयन भए नभएको बारेमा पनि अनगुमनको नेतृत्व गर्दै महासंघले वास्तविक अवस्थाबारे प्रतिवेदन सार्वजनिक गर्न ढिला गर्नु हुदैन ।
क्षमता विकास ः
रोल्पा जिल्लाको पत्रकारिताको विकास गर्न संस्थागतका साथै पत्रकारको व्यक्तिगत क्षमताको विकासमा समेत ध्यान दिन आवश्यक छ । जब पत्रकार सक्षम र पूर्ण रुपमा निपुण हुन सक्छ, तब मात्र उसले अनुसन्धानमूलक र खोजी समाचारको पहिचान गर्न सक्छ । त्यसकारण महासंघ आवद्ध एवं बाहेकका पत्रकारको विविध प्रकारका क्षमता विकास गर्न महासंघकै नेतृत्वमा कार्यशाला, तामिल एवं अवलोकन गर्न सक्ने वातावरणको निर्माण गर्न सकिने पर्याप्त संभावना छन् ।
तर अहिलेसम्म यी विषयमा गतिविधि नभएको भन्न भने सकिदैन । तर यी गतिविधिलाई बढी भन्दा बढी पत्रकारका सीपको विकास गर्न र स्थानीय अवस्थाको मूल्याङ्कनबाट समाधान निकाल्न सकिने संभावनाको खोजीका लागि केन्द्रित गर्नु आवश्यक छ । बदलिदो सञ्चार क्षेत्र र आयामलाई ख्याल गर्न महासंघले क्षेत्र, वर्ग, तह, लिङ्ग र बीट पत्रकारिताको विषयलाई समेत ध्यान दिनु पर्ने खाूचो रहन्छ ।
आशा छ, महासंघले यसतर्फ ध्यान दिनेछ । शान्ति प्रक्रियालाई अर्थपूर्ण टुंगोमा पु¥याउन, विकासको आयामलाई अति भन्दा अति निम्न वर्गको लाभका लागि सहयोग गर्न तथा विकसित, शान्तिपूर्ण र प्रगतिशील समाज निर्माणको पक्ष्ँमा केन्द्रीय नेतृत्व प्रदान गर्न महासंघले पत्रकारको भूमिका विकासका लागि महत्वपूर्ण भूमिका निर्माण गर्न आवश्यक छ । साथै सचेत एवं स्वतन्त्र नागरिक समाजको भूमिकाको पक्षमा सधैं उत्साह, जागरण र पहलकदमी तयार गर्न सञ्चार क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्न अझैसम्म बाूकी छ । त्यस कार्यको थालनी र गतिका लागि महासंघको १२ औं स्थापना दिवसका अवसरमा विशेष आग्रह छ ।
(लेखक नेपाल पत्रकार महासंघ रोल्पा शाखाका संस्थापक सभापति हुन् । उनी अहिले कान्तिपुर दैनिकका उप– सम्पादक छन् । )
(२०६२ साल मंसिर १६ गते स्थापना भएको नेपाल पत्रकार महासंघ रोल्पाको १२ आँै स्थपानाको सन्दर्भमा लेखिएको लेख रोल्पा समाचार साप्ताहिकमा २०७४ साल मंसिर १७ गते प्रकाशित)

You may also like