बीमा समितिद्वारा स्थानीय तह तथा सरोकारवाला निकायसँग बीमा सम्बन्धि सचेतनामुलक अन्तरक्रिया
१४ कार्तिक, लिबाङ ।
बीमा समितिद्वारा रोल्पा नगरपालिका तथा सरोकारवाला निकायसँग बीमा सम्बन्धि जनचेतनामुलक अन्तरक्रिया कार्यक्रम आज लिबाङमा सम्पन्न भएको छ ।
कार्यक्रमको प्रमुख अतिथि रोल्पा नगरपालिका रोल्पाका नगर प्रमुख पुर्ण के.सी, उप प्रमुख मनकुमारी घर्तीमगर, वडा अध्यक्षहरू २ नं. वडा अध्यक्ष खिम बहादुर घर्तीमगर, ४ नं. वडा अध्यक्ष नवराज आचार्य, ६ नं. वडा अध्यक्ष तुल बहादुर घर्तीमगर, ८ नं. वडा अध्यक्ष सनसिंह बुढा, नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका सचिव लोकेन्द्र चन्द, संस्थापक अध्यक्ष काशिराम डाँगी, पूर्व अध्यक्ष खेम बहादुर बुढामगर, निवर्तमान अध्यक्ष महेश न्यौपाने, पूर्व उपाध्यक्ष हीरा बहादुर घर्तीमगर लगायतको आतिथ्यता थियो ।
कार्यक्रममा बीमा समितिको भूमिका, दायित्व, कर्तव्य लगायतका विषयवस्तुमा बीमा समितिका निर्देशक सुशील देव सुवेदीले सहजीकरण गर्नुभएको थियो । देशभरीमा २५ प्रतिशत नागरिकमात्र बीमाको पहुँचमा पुगेको बताउनुभयो । समितिले आगामी दिनमा नागरिकलाई बीमा पहुँच पु¥याउने उद्वेश्य सहित स्थानीय तहहरुमा भएका समस्या र आवश्यक सल्ला सुझावह आदान प्रदान गरी नीति तथा कार्यक्रम तय गरी प्रभावकारी बीमा नीतिलाई कार्यान्वयनका लागि १ सयभन्दा बढी स्थानीय तहहरू लगायत सरोकारवाला निकायसँग अन्तरक्रिय कार्यक्र आयोजना गरेको उहाँले बताउनुभयो । नागरिकलाई बीमाको पहँुच पु¥याउने उद्वेश्य सहित नेपालमा जीवन बीमा १९ वटा, निर्जीवन बीमा कम्पनी २० वटा र पुनर्बीमा कम्पनी २ वटा गरी ४१ वटा विभिन्न बीमा कम्पनीहरुले इजाजत प्राप्त गरी बीमाको गतिविधिहरू सञ्चालन गर्दै आएको बताउनुभयो । बीमा कम्पनी धेरै पनि नागरिकहरू बीमा गर्न इच्छुक कम देखिएकोले आगामी दिनमा बीमा सम्बन्धि सचेतनामुलक क्रियाकलापकहरु सञ्चालन गर्नुपर्ने सहजीकरणमा व्यक्त गर्नुभयो ।
नागरिकलाई बीमाको पहुँचमा पु¥याउन सकिएको खण्डमा दैविक प्रकोप, दुर्घटना, बाढीपहिरो जस्ता प्राकृतिक विपद्मा पीडितको पुनःनिर्माण तथा पुनः स्थापनमा राज्यलाई सहज हुने धारणा उहाँले व्यक्त गर्नुभयो । नागरिक पूर्ण रुपमा पहँुच पु¥याएको खण्डमा राज्यलाई विकास निर्माण कार्यहरुमा सहज हुने उहाँले बताउनुभयो । नागरिकको नजिकको सरकार स्थानीय तहभएकोले बीमाको पहुँच पु¥याउन बीमा फोर्कल पर्सनको व्यवस्था सहित अन्य बीमा लक्षित कार्यक्रमहरुलाई प्राथमिकता दिनुपर्ने उहाँले आवश्यकता औल्याउनुभयो । किसानहरुलाई कृषि तथा पशुपंछि बीमा प्रभावकारी पहुँच पु¥याउने उद्वेश्यले ८० प्रतिशत समेत अनुदानको कार्यक्रम तय गरेको भन्दै उहाँले खुसी व्यक्त गर्नुभयो ।
धेरै जीवन बीमा कम्पनीहरू बिच अस्वस्थ प्रतिस्पर्धा हुँदा नागरिकमा बीमाप्रति विश्वास घटेकोले आगामी दिनमा स्वस्थ प्रतिस्पर्धा गर्नका लागि बीमा कम्पनीका कर्मचारीहरुलाई उहाँले अनुरोध गर्नुभयो । कार्यक्रममा रोल्पा जिल्लाको लिबाङ स्थित विभिन्न कम्पनीका शाखा प्रमुख, बीमित लगायत सरोकारवाला निकायहरुको सहभागिता थियो । बीमा समितिका निर्देशक सुशील देव सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन समितिका उप निर्देशक कुन्दन सापकोटाले गर्नुभएको थियो भने स्वागत समितिका उप निर्देशक सुन्दर प्रसाद शर्माले गर्नुभएको थियो ।