गंगादेव गाउँपालिका रोल्पाका अध्यक्ष खत्रिद्वारा बर्थिङ सेन्टरको उद्घाटन

गंगादेव गाउँपालिका रोल्पाका अध्यक्ष खत्रिद्वारा बर्थिङ सेन्टरको उद्घाटन
असार २३ गते
लिबाङ–रोल्पा


गंगादेव गाउपालिका रोल्पाका अध्यक्ष वीर बहादुर खत्रीद्वारा वडा नम्बर २ र ३ को सीमाना गमथलेमा बर्थिङ सेन्टरको उद्घाटन सोमबार गर्नुभएको छ । यस वडाबासीहरु सहित छिमेकी वडाबासीहरुलाई स्वास्थ्य सेवामा सहज बन्ने भएको छ ।
यस कार्यक्रमको प्रमुख अतिथि गाउँपालिका अध्यक्ष वीर बहादुर खत्रीले अघिल्लो आर्थिक वर्ष ०७५÷०७६ मा निर्माण २ कोठे बर्थिङ सेन्टरको भवनको रिवन काटेर उदघाट्न गर्नुभएको हो । उहाँले स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिएर यसै आ.व मा ३ वटा वडामा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरेर सेवा प्रबाह भैरहेको छ भने यो बर्थिङ सेन्टरबाट पपनि निरन्तर सेवा प्रवाह हुने बताउनुभयो । सोही कार्यक्रमको विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष रीता घर्तिले महिलाहरुको लागि अत्यन्तै राम्रो कार्यक्रम भएको बताउनुभयो । उहाँले पहिले सुत्केरीलाई जिनाबाङ स्वास्थ्य चौकी जान बाटो अप्ठ्यारो भएकोले असहज थियोे भने अब घर नजिकै सहज रूपमा सुत्केरी गराउन सकिने विश्वास व्यक्त गर्नुभयो ।
त्यसैगरी यस कार्यक्रममा ३ नं. वडा अध्यक्ष जलेश के.सी.ले २ नं. वडाका बडामेला गाउँ, रमाइ गाउँ र वडा नम्बर ३ का नाउली गाउँ, घोर्नेटा भालुमारेका बासिन्दालाई प्राथमिकतामा राखेर बर्थिङ सेन्टरको स्थापना गरिएको बताउनुभयो । २ नं. वडा अध्यक्ष भुपाल दमाइले भौगोलिक विकटता भएका गाउँमा बर्थिङ सेन्टर बनाएकोमा गाउपालिकालाई धन्यवाद व्यक्त गर्नुभयो । सोही क्रममा गाउँपालिका शिक्षा शाखा प्रमुख शेर बहादुर डाँगीले स्वास्थ्य क्षेत्र संवेदनशिल भएको र गाउँपालिकाले बर्थिङ सेन्टर स्थापना गरेको प्रती खुसी व्यक्त गर्नु भएको छ ।
यस कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा)का जिल्ला सदस्य पल बहादुर बि.क, नेपाली काँग्रेस गंगादेव गाउँपालिका प्रतिनिधि भिम बहादुर वली, बिरेन्द्र मा.वि. नाउलिका व्यवस्थापन समितिका अध्यक्ष कृष्ण डाँगी, आमा समूहका अध्यक्ष पानकली बि.क स्वास्थ्यकर्मी सहितको आतिथ्यता थियो ।
कार्यक्रम प्रमुख अतिथि एवं गाउँपालिका अध्यक्ष विर बहादुर खत्रीले यस बर्थिङ सेन्टरमा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अन्तर्गत रु २ लाख बजेटमा स्वास्थ्य सामाग्री, औषधी, फर्निचर, भाडाकुडा र सिलिन्डर ग्यास खरिद गरिएको र बर्थिङ सेन्टरमा कार्यरत अनमी यसोदा वलीलाई हस्तान्तरण गर्नुभएको छ । बर्थिङ सेन्टर स्थापना भएपछि आमा समूह, बुद्धिजीवि, युवाले खुसी व्यक्त गरेका छन् । स्थानीयले गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषिमा लगानी गरेर जनताको मन जित्दै गएको प्रतिक्रिया दिएका छन । स्वास्थ्य शाखा प्रमुख त्रिभुवन सिंह घर्तीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन गाउँपालिका प्रेस संयोजक अशोक वली परिवर्तनले सञ्चालन गर्नुभएको थियो ।

You may also like