नेकपा (एकीकृत समाजवादी) रोल्पा नगरपालिका रोल्पा कमिटीको बैठक

नेकपा (एकीकृत समाजवादी) रोल्पा नगरपालिका रोल्पा कमिटीको बैठक


This image has an empty alt attribute; its file name is a1-1.jpg

१२ असोज, लिबाङ ।
नेकपा (एकीकृत समाजवादी) रोल्पा नगर कमिटीको प्रथम बैठक तथा सपथ ग्रहण कार्यक्रम आज लिबाङमा सम्पन्न भएको छ ।
उक्त बैठकको प्रमुख अतिथि नेकपा (एकीकृत समाजवादी) केन्द्रीय समिति सदस्य एवम् रोल्पा जिल्ला अध्यक्ष हरी प्रसाद घर्तीमगर, विशिष्ट अतिथिहरू नेकपा (एकीकृत समाजवाद) रोल्पा ‘क’क्षेत्रका अध्यक्ष ओवीलाल खत्री, जिल्ला सदस्य एवम् नगर कमिटी इञ्चार्ज टंक बहादुर बुढामगर, अनेरास्ववियु केन्द्रीय स्थायी कमिटी सदस्य एवम् जिल्ला पार्टी सदस्य एवम् जिल्ला प्रवक्ता किरण बुढामगर, अतिथिहरू युवा संघ नेपाल रोल्पाका अध्यक्ष एवम जिल्ला सदस्य धनराज डाँगी, अनेरास्वविय रोल्पा जिल्ला अध्यक्ष एमव् जिल्ला पार्टी सदस्य प्रप्ताप घर्तीमगर, जिल्ला कमिटी सदस्यहरू नन्दकुमार आचार्य, मनबीर खड्का, थमन खत्री, मनबहादुर बस्नेत, लालबहादुर कवर, लोकबहादुर बुढा, दिल प्रसाद बराइली, दीपेन्द्र साह, युवा संघ नेपाल जिल्ला सचिव प्रसान्त बुढामगर आतिथ्यता थियो ।

This image has an empty alt attribute; its file name is a2.jpg

प्रमुख अतिथि हरी प्रसाद घर्तीमरले नव पदधिकारीहरुलाई सपथ ग्रहण गराउनुभएको थियो । बैठकले कार्य विभाजन गर्दै कार्तिक १५ गतेसम्म सबै वडामा पार्टी र जवसहरुको सङगठन निर्माण गरि सक्ने निर्णय गरेको छ । नेकपा (एकीकृत समाजवादी) रोल्पा नगरपालिका नगर कमिटी अध्यक्ष गोरख महराको अध्यक्षता सम्पन्न कार्यक्रमको सञ्चालन अनेरास्ववियु रोल्पा जिल्ला अध्यक्ष प्रताप घर्तीमगरले गर्नुभएको थियो भने स्वागत लाल बहादुर कवरले गर्नुभएको थियो ।

You may also like