रेडक्रसले गाउँमा खानेपानी पु¥याएपछि स्थानीयवासी खुसी लोकेन्द्र सेन ‘सिम्पल कान्छा’ फागुन १९ गते रोल्पा मिझिङ

पधेरी खोला खानेपानी तथा सरसफाई आयोजना कार्यक्रम मिझिङ गाविस वडा नं ९ रोल्पामा शनिबार एक कार्यक्रम गरी विभिन्न आयोजनाको उद्घाटन गरिएको छ । पधेरीखोला खानेपानी तथा सरफाइ आयोजनाका अध्यक्ष नकुल महराको अध्यक्षतामा सञ्चालित कार्यक्रमको प्रमुख अतिथि नेपाल रेडक्रस रोल्पा जिल्लाका सभापति नौलसिह पुन , विशिष्ट अतिथि सुवर्णावति गाँउपालीका वडा नं ४ का वडा अध्यक्ष गञ्ज बहादुर क्षेत्री रहनु भएको थीयो । कार्यक्रममा वोल्दै प्रमुख अतिथि नौलसिह पुनले संरचना निमार्ण गरेर मात्र नहुने भएकाले दीगो र टिकाउ संरचनाहरु निर्माण गर्नेमा जोड दिनुभएको थियो, साथै उहाँले नेपाल रेडक्रस सोसाईटी सदैव यस्ता विकास निर्माणका कार्यम सदैव प्रतिवद्ध भएर लाग्ने समेत वताउनु भयो । कार्यक्रममा रेडक्रस रोल्पाका मन्त्री डिवि घर्ति मगर, प्यावसन रोल्पाका कोषाध्यक्ष सान्तराज विष्ट, रेडक्रस रोल्पाका प्राविधिक वसन्त गौतम, पाविधिक संयोजक धिरज भण्डारी, मिझिङ गाविस नेपाल रेडक्रस का संयोजक खिम वली , यामएसपीका कार्यक्रम सुपरभाइजर मोकर्ण पुन, नेपाल पत्रकार महासंघ रोल्पाका सदस्य तथा रेडियो जलजलाका प्रतिनिधि लोकेन्द्र सेन, लगाएतको उपस्थिति रहेको थियो । कायक्रमको स्वागत मन्तव्य पधेरी खोला खानेपानीका कोषाध्यक्ष वसन्त महराले गर्नुभएको थियो । यसैगरि कार्यक्रमको शुभकामना मन्तव्य प्राविधीक संयोजक वसन्त गौतम, नेपाल रेडक्रसका मन्त्री, वडा अध्यक्ष, लगाएतले वोल्नु भएको थियो । उक्त कार्यक्रमको सञ्चालन पधेरीखोला खानेपानी तथा सरसफाइकी सचिव प्रतिक्षा महराले गर्नुभएको थियो । यसैगरि निर्माण गरीएको खानेपानीको ट्याङकी को पनि सम्पुर्ण प्रमुख अतिथि विशिष्ट अतिथि लगाएतको टोलीले अनुगमन गरेको थियो । कार्यक्रममा उपस्थित स्थानीय बासिन्दाले नेपाल रेडक्रसले भवन निर्माण, लगाएतका सम्पुर्ण कार्यहरु गर्दै आएकोमा खुसी व्यक्त गरेका छन् । गाउँमा खानेपानी पुगेपछि स्थानीयवासीहरु खुशी व्यक्त गर्दै यसको निरन्तरता दिनुपर्ने धारणा राख्नुभएको थियो ।

You may also like