रोल्पाको सदरमुकाम लिबाङ स्थित बजारको सरोकारवाला निकायद्वारा अनुगमन

रोल्पाको सदरमुकाम लिबाङ स्थित बजारको सरोकारवाला निकायद्वारा अनुगमन


This image has an empty alt attribute; its file name is b3-1.jpg

१२ असोज, लिबाङ–रोल्पा ।
रोल्पा जिल्लाको सदरमुकाम लिबाङ बजार स्थित पसलहरुको सरोकारवाला निकायद्वारा मंगलबार बजार अनुगमन भएको छ ।
बजार अनुगमनमा जिल्ला प्रशासन कार्यालय रोल्पाका सहायक प्रमुख जिल्ला अधिकारी सुचित्रा राईको संयोजकत्वमा बजार अुनगम गरीएको घरेलु तथा साना उद्योग कार्यालय रोल्पाले बताएको छ । लिबाङमा रहेका खाद्यान, किराना, मिठाई पसल र होटलहरुको अनुगमन गरीएको हो ।

केहि खाद्यान्न तथा किराना पसलमा राखिएको म्याद गएको खाद्य बस्तुलाई अनुगमन टोलिले जफत गरी नस्ट समेत गरीएको छ । म्याद गएको खाद्यय बस्तुमा सुजि पिठो ७४ पोका, खाने तेल २ पोका, चटपटे मसला ५ पोका र आटा पिठो ६ थैला फेला पारी नष्ट गरिएको होे ।

This image has an empty alt attribute; its file name is b1-4.jpg

सहायक प्रमुख जिल्ला अधिकारी र अनुगमन टोलीले व्यापारीहरुलाई म्याद गएको सामान बिक्री नर्गन र म्याद हेरेर मात्र माल सामान खरीद गर्न अनुरोध गरेको छ । खरिद गर्दा म्याद सकिन लागेको सामान होलसेल पसलबाट नल्याउन र नराख्नको लागी सल्लाह समेत बजार अनुगमनमा सहभागीले दिएका थिए । बजार अनुगमनको क्रममा सहायक प्रमुख जिल्ला अधिकारी सुचित्रा राई र घरेलु तथा साना उद्योग कार्यालय रोल्पाका कार्यालय प्रमुख तिलकराम वली, जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक कृष्ण राना, रोल्पा नगरपालीकाका प्रसासकिय अधिकृत शुशिल थापा, रोल्पा उद्योग बाणिज्य संघ रोल्पाका उपाध्यक्ष केशव कुमार आचार्य, नेपाल पत्रकार महासंघ रोल्पाका सचिव लोकेन्द्र चन्द, जिल्ला अनुसन्धान कार्यालय रोल्पा सुरेन्द्र श्रेष्ठ लगाय सरोकारवाला निकायहरुको सहभागिता रहेको थियो ।

You may also like