घोगाउँकाे राताे माटाेमा अब मनमाेहक रेड सोयल पार्क निर्माण हुँदै

मानसिंह विश्वकर्मा
असोज २ गते

    मनमोहक र पर्यटकको आकर्षको गणतव्यको क्षेत्र घोडागाउँको रातो माटो

घुम्दै जादा रोल्पाको घोडागाउँको रातै माटोको डाँडो देखियो विगत झै तर त्यो डाँडोँ अब रेड सोयल पार्क बन्ने भएको छ । घोडागाउँ सुनिस्मृतिले गाउँपालिकाले रोल्पाले रेड सोयल पार्क निर्माणको लागि अगाडि बढाएको छ ।

                           यसरी रमाउँछन् रेड सोयल पार्कमा पर्यटकहरु

रोल्पा जिल्लाकै प्रख्यात सुनिलस्मृति गाउँपालिका वडा नं. १ घोडागाउँको रातोलाई अब गाउँपालिकाको लगानी तथा संरक्षणमा रेड सोयल पार्क निर्माण गर्ने भएको छ ।


प्रकृतिले सुन्दरता थपेको घोगाउँको रातो माटोको डाँडो 

 

रोल्पा जिल्लाको घोगाउँको रातो माटोले पनि पर्यटकीय आकर्षक गर्दै अगाडि बढेको छ । परापूर्वकालदेखि नै त्यस रातोमाटोको चर्चा एवं परिर्चा हुँदै आइएको थियो । हाल गाउँपालिकाले रेड सोयल पार्क निर्माण गर्ने भनेपछि सबैलाई खुशीलायी छाएको घोगाउँ निवासी समाजसेवी, साहित्यकार खेमराज शर्माले बताउनुभयो ।

गाउँपालिका अध्यक्षसँग प्रस्तावका लागि राख्दा सकरात्मक गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीमगर भएपछि अब सो रेडपार्क निर्माणको लागि अगाडि बढेको छ । गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीमगरले रातोमाटै रातोमाटोको डाँडालाई रेड सोयल पार्क निर्माण गरी पर्यटकको गणतव्य, गाउँपालिका भित्रको नमूना क्षेत्र बनाउनको लागि लागी परेको बतानुभयो ।

You may also like