माडी गाउँपालिका ५ भाबाङ खुम्बासाका १४ घरधुरीलाई निःशुल्क सोलार वितरण

माडी गाउँपालिका ५ भाबाङ खुम्बासाका १४ घरधुरीलाई निःशुल्क सोलार वितरण

This image has an empty alt attribute; its file name is v1-1024x766.jpg


३१ साउन रोल्पा । माडी गाउँपालिका ५ भाबाङको अति विगत ठाउँ खुम्बासा टोलमा १४ घर परिवारलाई निःशुल्क शनिबार सोलार वितरण गरिएको छ ।

गाउँपालिका अध्यक्ष नन्द बहादुर पुनले गाउँपालिकाले सबै वडालाई आवश्यकताका आधारमा प्राथमिकता दिने बताउनुभयो । गाउँपालिकालाई अध्यारोमुक्त बनाउनको निम्ति गाउँपालिकाबाट सहयोग र पलह गर्दैै आएको उहाँको भनाइ छ ।

This image has an empty alt attribute; its file name is v1-1024x766.jpg

त्यसैगरी वडा अध्यक्ष भरत बहादुर बुढामगरले वडाको केही ठाउँमा विकटको कारण विद्युतको पहँुच पुग्न नसकेका वडाका विभिनन टोलहरुलाई अध्यारोमुक्तको लागि सोलार वितरण गरेको बताउनुभयो ।

This image has an empty alt attribute; its file name is v3-1024x766.jpg

कार्यक्रममा वडा सदस्य रत्न बहादुर डाँगी, माडी गाउँ कार्यपालिका सदस्य तथा वडा नं. ५ का सदस्य सविना घर्तीमगर, माडी गाउँपालिका वडा नं. ५ का नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तेजेन्द्र बुढा मगर, गजलस्मृति युवा क्लवका अध्यक्ष सन्त बहादुर बुढा मगर, जन सांस्कृतिक महासंघ लुम्बिनी प्रदेश सदस्य हरिशचन्द्र बुढा मगर, माडी गाउँपालिका प्रेस सल्लाहकार वुद्विमान ओली लगायतका सरोकारवाला निकायहरुको आतिथ्यतामा सोलार वितरण गरिएको हो । साथै वर्षौदेखि अँध्यारोमा रात बिताउँदै आएको अवस्थामा गाउँपालिकाको पहलमा पहिलो पटक सोलार पाउँदा स्थानीयबासी घनिष्ट ओलीले खुसी व्यक्त गर्नुभयो ।
संघीय सरकारको ससर्त वजेट अन्तर्गत सौर्य उर्जा सम्बन्धि वजेटबाट खुम्बासाबासीलाई सोलार वितरण गरिएको हो । गाउँपालिकाको पहलमा स्थानीयबासीलाई सोलार उपलब्धपछि दैनिक कार्यहरुमा सहज हुने भएको छ । अध्यारो बस्तिमा अब उज्यालो हुने भएका छन् ।

You may also like