थबाङ गाउँपालिकाद्वारा ४८ घरपरिवारलाई निःशुल्क सोलार वितरण

थबाङ गाउँपालिकाद्वारा ४८ घरपरिवारलाई निःशुल्क सोलार वितरण
असार २४ गते
थबाङ–रोल्पा ।


थबाङ गाउँपालिका कार्यालय रोल्पाले गरीव जेहेन्दार र विद्युत उज्यालोको पहुँच नपुगेका ४८ घरपरिवारलाई निःशुल्क सोलार वितरण गर्ने भएको छ । ति परिवारहरु उज्यालोमा अध्यायन तथा बस्न पाउने भएका छन् ।
यस गाउँपालिकाको ५ नं. उवा रोल्पाको १० घर परिवारलाई प्रति घर १ सेटका दरले १० सेट निःशुल्क सोलार वितरण गरिएको छ । यस वडाले बुधबार १० घरपरिवारलाई बुधवार गाउँपालिका अध्यक्ष विर बहादुर घर्तीले सोलार हस्तान्तरण गर्नु भएको हो । वैकल्पिक उर्जा प्रवद्र्वन केन्द्र खुमेलटारले ग्रामीण भेगमा विद्युत पुग्न नपुगेको ठाउँहरुमा सोलार गाउँपालिकामा पठाएको गाउँपालिका अध्यक्ष वीर बहादुर घर्तीले बताउनुभयो । वडाको विद्युत नपुगेको घरपरिवारको वडाले सिफारिस गरेको आधारमा स्थानीयहरुलाई सोलार वितरण गरिएको उहाले बताउनुभयो । यस गाउँपापिलकाको पाँच ओटै वडामा रहेका त्यस्ता परिवारको सूची वडाले पठाएअनुसार सोलार वितरण गरिएको छ ।

यस वर्ष ४८ घरपरिवारलाई निःशुल्क सोलार वितरण गरिएको छ भने यो कार्यक्रम वैकल्पिक उर्जा प्रवद्र्वन केन्द्रको कार्यक्रम भएको र आगामी वर्ष पनि यस कार्यक्रम निरन्तर भएको खण्डमा थप गरीव, जेहेन्दार र विद्युत तथा उज्यालो नपुगेको घर परिवारलाई वितरण गरिने अध्यक्ष घर्तीले बताउनुभयो ।
यस गाउँपालिकाको १, २ र ३ मा एक वडामा १० सेटको दरले ३० सेट सोलार वितरण गरिने छ भने ४ र ९ मा ९ सेटको दरले १८ सेट सोलार वितरण गरिने प्रमुख प्रशासकिय अधिकृत रेवत बहादुर बुढाथोकीले बताउनु भयो । लक डाउनको कारण गाउँपालिकामा सोलार अलि ढिला आइपुगेको हुँदा गाउँपालिकाले सबै वडामा सूचना गरेको छ क्रमश सबै वडामा सोलार वितरण गरिने गाउँपालिका प्रेस संयोजक विमल राज डाँगीले बताउनुभयो ।

You may also like