माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य गणेश विक र एमालेका गाउँ कमिटी मनबहादुर पुनकाे निधन


रोल्पा समाचारदाता
असार १२ रोल्पा

This image has an empty alt attribute; its file name is resam.jpg


नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) रोल्पाले जिल्ला समिति सदस्य गणेश विश्वकर्माको मृत्यु भएको छ । ११ गते निधन भएको हो । उहाँको निधनप्रति नेकपा ( माओवादी केन्द्र) जिल्ला संगठन समिति रोल्पाले शोक व्यक्त गरेको छ ।
घर्तीद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छः–“रोल्पाका अध्यक्ष सुरेन्द्र थापा घर्तीमगरद्वारा हस्ताक्षरित विज्ञप्तीद्वारा शोक व्यक्त गरिएको हो । हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द) रोल्पा जिल्ला संगठन समिति सदस्य गणेश विक (क.संगीन) को यही मिति २०७८ साल असार ११ गतेका दिन दुखान्त निधन भएको खवरले हाम्रो जिल्ला पार्टी, तमाम जनवर्गिय संगठन एवम आम कार्यकर्तालाई दुखित एवं स्तब्ध बनाएको छ । ’
रोल्पा जिल्ला त्रिवेणी गाउँपालिका ५ मजुवा जुगाँरमा बुवा बलबहादुर बिक र आमा भिमा बिकको कोखबाट जन्मिनुभएका क.गणेश हाल नेपाल दलित मुक्ति मोर्चा नेपाल जिल्ला समिति सदस्य र पूर्व जनमुक्ति सेना सेक्सन कमाण्डर समेतको जिम्मेवारीमा निर्वाह गर्नुभएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।


साथै विज्ञप्तीमा भनिएको छः–‘दिवगत गणेश वि.क. (क. संगीन) ले विगत वर्ग सघर्ष, जनयुद्ध र शान्तिपूर्ण आन्दोलनमा खेल्नु भएको महत्वपूर्ण भूमिका र दिनु भएको अमूल्य योगदान स्मरण एवं उच्च मूल्याङ्कन सहित जिल्ला पार्टी उच्च सम्मान व्यक्त गर्दछ । साथै दिवगत तपाई क.गणेश प्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै दुखको यस घडीमा शोकाकुल परिवारजनहरुको दुःखमा एक्येवद्धता व्यक्त गर्दै यस शोकलाई शक्तिमा बदलेर अगाडि बढ्न प्रेरणा मिलोस भनि गहिरो समवेना व्यक्त गर्दछाँै ।” सुरेन्द्र थापाले सधै उहाँको सकरात्मक र प्रगतिशील विचारलाई सम्मान तथा आत्मसाथ गर्ने उल्लेख गरिएको छ ।


यस्तै नेकपा एमाले लंग्री गाउँ कमिटि सदस्य मनबहादुर पुनमगरको कोरोनाको कारणले मृत्यु भएको छ । उहाँलाई कोरोना पोजिटिभ भएपछि उपचारको क्रममा भेरी अञ्चल अस्पतालमा निधन भएको हो । उहाँको निधनप्रति पार्टी र कार्यकर्ताहरुले समवेदना व्यक्त गरेका छन् ।

You may also like