सुरक्षित आप्रवासन परियोजना अन्तर्गत जिल्ला तहमा प्रहरीसँग सुरक्षित वैदेशिक रोजगारी सम्बन्धि अभिमुखिकरण कार्यक्रम

सुरक्षित आप्रवासन परियोजना अन्तर्गत जिल्ला तहमा प्रहरीसँग सुरक्षित वैदेशिक रोजगारी सम्बन्धि अभिमुखिकरण कार्यक्रम
चैत्र ५ गते
लिबाङ–रोल्पा

This image has an empty alt attribute; its file name is a4-1024x768.jpg


‘स्वदेशमा नै रोजगारी गरौं, वैदेशिक रोजगारीमा जाने नै भए, सही सूचना लिएर र सीप सिकेर मात्र जाऔ’ भन्ने मुल नारा सहित सञ्चालित सुरक्षित आप्रवासन परियोजना अन्तर्गत जिल्ला तहमा प्रहरीसँग सुरक्षित वैदेशिक रोजगारी सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम बिहीबार लिबाङमा सम्पन्न भएको छ । सुरक्षित वैदेशिक रोजगार बनाउन प्रहरीको भमिका सम्बन्धि प्रहरी अधिकृत र प्रहरी जवानहरुलाई थप ज्ञान अभिवृद्धि भएको छ ।
कार्यक्रममा सुरक्षित आप्रवासन परियोजना लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदर पश्चिम प्रदेश संयोजक पञ्चराम चौधरीले वैदेशिक रोजगारीमा जाने वा नजाने निर्णय गर्ने अधिकार सम्बन्धित व्यक्तिलाई भएपनि वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन सुरक्षित आप्रवासन परियोजनालबाट सहजीकरणको भूमिका निर्वाह गर्दै आएको बताउनुभयो । उहाँले नेपाल सरकार र स्वीस सरकारको आर्थिक आर्थिक सहयोगमा सन् २०११ देखि खोटाङ र सर्लाही जिल्लामा सञ्चालन परियोजना हाल ३९ वटा जिल्लाको १५६ वटा स्थानीय तहहरुमा सञ्चालन भइरहेको जानकारी दिनुभयो । निःशुल्क सूचना तथा परामर्श, निःशुल्क तालिम, न्यायको लागि कानुनी सहयोग, उद्वार तथा आकस्मिक सहयोग, वित्तिय साक्षरता, मनोसामाजिक परार्मशबाट परियोजनाबाट वैदेशिक रोजगारीको तयारी गरेका व्यक्तिको रोजगारी सुरक्षित बनाउन सहजीकरण गर्दै आएको उहाँले बताउनुभयो । परियोजनाको अगुवाईमा विभिन्न सरोकरवाला निकायहरुको पहिलमा विभिन्न वैदेशिक रोजगारी सम्बन्धि उजुरीको समाधानमा रु २ करोड २३ लाख ५९ हजार ३८२ रकम क्षतिपूर्ति स्वरुप सम्बन्धित पीडितलाई हस्तारण गर्न सफल्ता प्राप्त गरेको उहाँको भनाइ छ ।
त्यसैगरी सहायक प्रमुख जिल्ला अधिकारी मनोज कुमार शैनिले वैदेशिक रोजगारीमा जाने क्रममा जारी रहेपनि आधिकारीक रुपमा उजुरी नआएको बताउनुभयो । जिल्ला प्रशासन कार्यालय परिसरमै सुरक्षित आप्रवासन स्रोत केन्द्रले वैदेशिक रोजगारीको तयारीमा रहेका व्यक्तिहरुलाई कानुनी सहजीकरणले वैदेशिक रोजगारी सुरक्षित बन्नमा सहयोग पुगेको धारणा उहाँले व्यक्त गर्नुभएको हो । साथै जिल्ला प्रहरी कार्यालय रोल्पाको कार्यालय प्रमुख नरेश राज सुवेदीले वैदेशिक रोजगार विभाग र नेपाल प्रहरी बिच मिति २०७६ साल पौसको २७ गते भएको पारस्सरिक समझदारी–पत्रले वैदेशिक रोजगारीमा ठगी नियन्त्रणमा थप सहयोग पुगेको बताउनुभयो । उहाँले द्वोय पक्ष समझदारी पत्रको कार्यन्वयनमा जिल्ला प्रहरी कार्यालयको भूमिकामा कुनै कमी नहुनेगरी कार्य सम्पादन गर्दै आएको हुँदा आगामी दिनमा पनि सक्रिय जिम्मेवारी भूमिका निर्वाह गर्ने प्रतिवद्वता समेत व्यक्त गर्नुभएको छ । जिल्ला प्रहरी कार्यालयमा वैदेशिक रोजगारी सम्बन्धि आधारिक उजुरी नआएको उहाँले जानकारी दिनुभयो । परियोजना जिल्ला संयोजक वेरजंग पुनले वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता, असर, चुनौती, अवसर लगायतका विषयवस्तुमा सहजीकरण गर्नुभएको थियो ।
परियोजना रोल्पा नगरपालिका, रुन्टीगढी गाउँपालिका, सुनिलस्मृति गाउँपालिका र परिवर्तन गाउँपालिकामा सञ्चालित छ । आप्रवासी स्रोत केन्द्र रोल्पामा ३५ वटा उजुरी परेकामध्ये ११ उजुरी समाधान भएका छन् भने बाँकी २४ उजुरी समाधानको प्रक्रियमा रहेका छन् । रोल्पा नगरपालिकामा ५ वटा उजुरी समाधानको प्रक्रियामा रहेको, सुनिलस्मृति गाउँपालिकामा ५ वटा उजुरीमध्ये २ वटा समाधान भएको छन् भने ३ समाधानको प्रक्रियामा, रुन्टीगढी गाउँपालिकामा १ उजुर दर्ता भई समाधानको प्रक्रियामा, परिवर्तन गाउँपालिकामा ११ वटा उजुरीमध्ये ४ वटा उजुरी समाधान भएको छन् भने बाँकी ७ वटा उजुरी समाधानको प्रक्रियामा, अन्य स्थानीयतहमा १३ वटा उजुरीमध्ये ५ वटा उजुरी समाधान भएका छन् भने ८ वटा उजुरी समाधानको प्रक्रियामा रहेको परियोजना जिल्ला संयोजक वेरजग पुनले बताउनुभयो ।
रोल्पा नगरपालिका नगर प्रमुख प्रमुख के.सी.ले सुरक्षित आप्रवासन परियोजनाले पहिलो कुरा आफ्नै ठाउँमा स्वरोजगार बन्ने अवसर सिर्जना गरेको छ भने वैदेशिक रोजगारीमा नै जानु परेमा सीप हासिल गरेर सुरक्षित वैदेशिक रोजगारी बनाउनु पर्छ भन्ने नागरिक चेतनाको विकासमा सहयोग पुगेको बताउनुभयो । परियोजनाको हालसम्मको उपलब्धि सन्तोजनक भएकोले आगामी दिनमा पनि परियोजना निरन्तर सञ्चालन गर्नुपर्ने उहाँले जोड दिनुभयो । परियोजन सञ्चचालनमा नगरपालिकाले गर्न सक्ने सहयोग बाँकी नराख्ने उहाँले प्रतिवद्वता समेत व्यक्त गर्नुभयो । कार्यक्रममा विकास सरोकार समाज रोल्पाको उपाध्यक्ष कुम पुन, नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको उपाध्यक्ष देवी गुरुङ, जिल्ला प्रहरी कार्यालयमा कार्यरत अधिकृत प्रहरी, विभिन्न इलाका प्रहरी कार्यालयमा कार्यरत अधिकृत प्रहरी, प्रहरी जवान सहित विभिन्न सरोकारवाला निकायहरुको उपस्थिति रहेको थियो । रोल्पा नगरपालिका नगर प्रमुख पुर्ण के.सी.को अध्यक्षतामा सम्पन्न कार्यक्रमको परियोजना जिल्ला संयोजक वेरजंग पुनले गर्नुभएको थियो ।

You may also like