शहीद मार्ग सुधार संघर्ष समितिद्वारा २४ गते यायाताय बन्द घोषणा

शहीद मार्ग सुधार संघर्ष समितिद्वारा २४ गते यायाताय बन्द घोषणा

फागुन २२ गते

This image has an empty alt attribute; its file name is h1-719x1024.jpg


शहीम मार्ग सुधार संघर्ष समिति रोल्पाको अध्यक्ष नन्दराम खड्काद्वारा हस्ताक्षर प्रेस विज्ञप्ती मार्फत सोमबार यातायत बन्द कार्यक्रम आयोजना गरेको निर्णय शनिबार सार्वजनिक भएको छ । बन्दको दिन अवश्यक यातायात साधनहरु समितिको निर्णय अनुसार सञ्चालन हुने प्रेस विज्ञप्तीमा समितिले उल्लेख गरेको छ ।
समितिको अध्यक्ष नन्दराम खड्काद्वारा हस्ताक्षर प्रेस विज्ञप्तीमा भनिएको छ,‘शहीद मार्ग घोराही–होलेरी सडक खण्डको जर्जर स्थितिलाई सुधार तथा स्तरउन्नती गर्न विभिन्न चरणमा छलफल सम्बन्धित निकायसँग भएपनि सम्बन्धित निकायबाट चाँसो नभएको अव्यस्थित रुपमा चुनढुङ्गा बोक्ने टिपरहरुको चापप्रति सरकारको वेवास्ता आदिका कारण दाङ, रोल्पा हुँदै पूर्वी रुकुम जोडिएको घोराही–होलेरी सडक खण्ड जोखिमपूर्ण बनेको छ । सडक जिर्ण बनेको सन्दर्भमा व्यापक जन गुनासो बढेपछि यस संघर्ष समितिबाट विभिन्न चरणवद्व कार्यक्रमको तालिकासँगै सम्बन्धित निकायको ध्यानकर्षण एवम् नागरिक प्रदर्शनी तथा पत्रकार भेटघाट कार्यक्रम मार्फत चरणवद्व आन्दोलन गर्दा समेत सम्बन्धित निकायबाट कुनै चाँसो नदेखाएकोमा समितिको गम्भीर ध्यानकर्षण भएको छ ।’ यस सन्दर्भमा शान्तिपूर्ण आन्दोलन मार्फत नागरिकको माग राख्दा समेत कुनै पनि सुनवाई नहुँदा हामी नागरिकको मागलाई सम्बन्धित निकायमा ध्यान केन्द्रीत गर्न पूर्व निर्धारित कार्यक्रम बमोजिम घोराही–होलेरी शहीद मार्गमा यातायात बन्द कार्यक्रम आयोजना गरेको जारी प्रेस विज्ञप्तीमा समितिले उल्लेख गरेको छ । मिति २०७७ साल फागुनको २४ गते एक दिन यातायात बन्दको आयोजना गरिएको छ । साथै चुनढुङ्गा बोक्ने टिपरको हकमा अर्काे सूचना जारी नहुन्जेलसम्म बन्द गरिने व्यहोरा सम्बन्धित सबैमा सूचित गरेको छ । पुनश्चः आपतकालीन तथा अत्यवश्यक सेवामा संघर्ष समितिको सल्लाह बमोजिम सुचारु गर्ने निर्णय समितिले सार्वजनिक गरेको हो । प्रेस विज्ञप्ती मार्फत समितिले यस सार्वजनिक हितको अभियानमा सहयोग गरिदिनुहुन विनम्र अनुरोध गर्दै कार्यक्रमबाट पर्न जाने असुविधा प्रति क्षम समेत मागेको छ ।

You may also like