करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम

करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम
फागुन २२ गते
लिबाङ–रोल्पा

रोल्पा, करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम माडी गाउँपालिका घर्तिगाउँ रोल्पामा शनिबार सम्पन्न भएको छ ।
उक्त कार्यक्रमको प्रमुख अतिथि माडी गाउँपालिका अध्यक्ष नन्द बहादुर पुन, करदाता सेवा कार्यालय चकचके प्युठान कर अधिकृत हुर्मत बहादुर मिजार, अतिथिहरु नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माडी गाउँपालिका कमिटी अध्यक्ष अमर सिंह घर्ती, नेपाली कांग्रेस क्षेत्रीय सभापति गोपाल घर्तीले मनतव्य राख्नुभएको थियो । कार्यक्रममा गाउँपालिकाभित्रका व्यापार व्यवसायी सहित सरोकारवाला निकायहरुको सहभागीता थियो । साथै करदाता कार्यालय चकचके प्युठान करदाता अधिकृत हुर्मत मिजारले कर सम्बन्धि जानकारी तथा आर्थिक वर्ष २०७७ ले प्रदान गरेको छुट सुविधा सम्बन्धि समेत सहजीकरण गर्नुभएको थियो । घर्तिगाउँ बजार व्यवस्थापन समिति अध्यक्ष बन्दना घर्तीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन रोल्पा उद्योग वाणिज्य संघ कार्यालय सचिव दुर्गा के.सी.ले गर्नुभएको थियो भने स्वागत रोल्पा उद्योग वाणिज्य संघ अध्यक्ष विश्व कुमार चन्दले गर्नुभएको थियो ।

You may also like