आर्थिक विपन्न परिवारका बालबालिकाहरुलाई शैक्षिक सामग्री प्रदान


जुगाँर रोल्पा
१७ गते,
त्रिवेणी गाउँपालिकामा दुई सय जना विपिन्न परिवारका बालबालिकाहरुलाई आज शैक्षिक सामग्री प्रदान गरिएको छ । आर्थिक विपन्न परिवारका बालबालिकाहरुलाई नियमित विद्यालय जाने थप सहयोग पुग्ने भएको छ । त्रिवेणी गाउँपालिकाको समन्वय, सेभ द चिल्ड्रेनको सहयोगमा मानवअधिकार सचेतन केन्द्र (हुरेक) नेपाल रोल्पाले आर्थिक विपन्नताकै कारण पढाइमा समस्या भोगिरहेका बालबालिकाहरुलाई पढाइमा सहयोग पु¥याउन शैक्षिक सहयोग गरिएको हो ।
एकीकृत परियोजना अन्तरर्गत गाउँपालिकका सातै वडाका दुई सय जना बालबालिकाहरुलाई कपी, कलम, झोला, विद्यालय पोसाक, सुइटर, जुत्ता मोजा सहित सिलाइ खर्च समेत सहयोग गरिएको मानव अधिकार सचेतन केन्द्र (हुरेक) नेपाल रोल्पाले जनाएको छ । विद्यालयमा नियमित पढ्न सहजका लागि प्रति विद्यार्थी रु दुई हजार पाँच सय बराबरको रकमका शैक्षिक सामग्रीहरु प्रदान गरिएको हो । आर्थिक विपन्नता, अभिभावकविहीन, बालश्रम लगायतका समस्या भोग्दै आएका बालबालिकाहरुलाई शैक्षिक सहयोग प्रदान गरेपछि उनीहरुको पढाइमा सहज भएको त्रिवेणी गाउँपालिका( ५ नं. वडा अध्यक्ष कृष्णबहादुर के.सी.ले बताउनुभयो । विद्यालय र अभिभावकहरुको मागका आधारमा वडा बाल संरक्षण समितिको सिफारिसमा शैक्षिक सहयोग गरिएको एकीकृत परियोजना अन्तर्गत शिक्षा अधिकृत प्रमिला बुढाले जानकारी दिनुभयो । त्रिवेणी गाउँपालिकामा दुई वर्षदेखि एकीकृत परियोजना कार्यक्रम सञ्चालन हँदै आएको छ । परियोजनामा शिक्षा, बाल संरक्षण र जीविकोपार्जण कार्यक्रम सञ्चालन भइरहेको छ । परियोजना अन्तर्गत शिक्षा कार्यक्रमबाट आर्थिक विपन्न परिवारका बालबलिकाहरुलाई शैक्षिक सहयोगबाट बालबालिकाहरु नियमित विद्यालय जाने सहज वातारण सिर्जना भएको छ । आर्थिक विपन्न परिवारहरुलाई समेत जीविकोपार्जण कार्यक्रम अन्तर्गत कुखुरा, बाख्रा समेत वितरण गर्दै आएको छ भने ति परिवारका बालबालिकाहरुलाई शैक्षिक सामग्री सहयोग गर्दै आएको छ । गाउँपालिकामा परियोजना लागू नहुँदा बालबालिकाहरुको अवस्था र परियोजना भए पश्चात् बालिकाहरुमा नियमित विद्यालय जाने भएका छन् । आर्थिक विपन्न भएका परिवारका बालिकाहरु र परिवारहरुलाई आफ्नै ठाउँमा व्यवसायी बन्ने वातावरण परियोजनाले थप सहयोग पुगेको छ ।

You may also like