सुनिलस्मृति गाउँपालिकामा तीन सामुदायिक स्वास्थ्य इकाई स्थापना

सुनिलस्मृति गाउँपालिकामा तीन सामुदायिक स्वास्थ्य इकाई स्थापना
मङ्सिर १८ गते
लिबाङ–रोल्पा


This image has an empty alt attribute; its file name is s1.jpg

रोल्पा, सुनिलस्मृति गाउँपालिकाले आर्थिक वर्ष २०७७÷२०७८ मा तीन ओटा सामुदायिक स्वास्थ्य इकाई केन्द्र स्थापना गर्ने भएका छन् । स्वास्थ्यम पहुँच नपुगेका गाउँपालिकाबासीहरुलाई अब सहज बन्ने भएको छ ।
यस गाउँपालिकाको चौथो कार्यपालिका बैठकबाट उक्त निर्णय भएसँगै सामुदायिक स्वास्थ्य इकाई केन्द्र स्थापना भएका हुन् । गाउँपालिकाबासीहरु स्वास्थ्य चौकीदेखि टाढा रहेका बस्तिहरुमा सामान्य उपचारमा समस्या थियो । स्वास्थ्य चौकीभन्दा टाढा रहेका गाउँपालिकाबासीहरुको समस्या र दुःखलाई सहज बनाउनका लागि सामुदायिक स्वास्थ्य इकाई केन्द्र स्थापना गरेको गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीले बताउनुभयो ।
साथै गाउँपालिकाले सुधारीएको गाउँघर क्लिनिकको रुपमा सञ्चालित २ नं. वडाको च्यानधारा, गोगनपानी र ५ नं. वडाको क्वालिगाउँ गरि तीन स्थानमा सामुदायिक स्वास्थ्य केन्द्र स्थापना भएको गाउँपालिका प्रेस संयोजक आशिष भारद्वाजले बताउनुभयो ।

You may also like