कोभिड–१९ र यसले शिक्षा क्षेत्रमा परेको असर

कोभिड–१९ र यसले शिक्षा क्षेत्रमा परेको असर


This image has an empty alt attribute; its file name is v1-1022x1024.jpg

भुप बहादुर के.सी‍‍
शिक्षक
सन् २०१९ को डिसेम्बरमा उत्तरी राष्ट्र चीनको हुहान राज्यमा देखा परेको कोरोना भाइरस अर्थात कोभिड–१९ ले तुरुन्तै विश्वभर महामारीको रुप लिन पुग्यो र २०७६ चैत्र महिनामा यसको सङ्क्रमण नेपालमा देखा प¥यो । फल स्वरुप नेपाली समाजमा निकै ठूलो सन्त्रास फैलियो । २०७६ साल चैत्र महिनाको ६ गतेदेखि हुन गइरहेको कक्षा १० को एस.ई.ई. परीक्षाको अघिल्लो दिन स्थिगत गर्ने सूचना प्रसारण गरियो । आफ्नो जीवनको गोरेटो तय गर्ने किशोवस्थाको जोशिलो परीक्षा दिन नपाउने समाचारले थुप्रै विद्यार्थीमा मनोविज्ञानिक असर ग¥यो । सम्पूर्ण तयारीको अन्तिम अवस्थामा परीक्षा रोकिदा शिक्षा सरोकारवाला सबैलाई अन्योल त बनायो । तर, अभिभावक, विद्यार्थी र शिक्षकलाई बढी चिन्तित बनायो । महामारी फैलिनुभन्दा अगाडि नै सर्तक हुनु नेपाल सरकारको उच्च सर्तकता नै थियो । तर, वनको बाघ कराउनु के थियो । हाम्रो खोरका बाख्राहरु डरैले पनि आधा मर्न आँटे । गृह मन्त्रालयले सूचना बजाउन थाल्यो । व्यवहार पनि उस्तै हुन थाल्यो । कलकारखाना, पसल, यातायात इत्यादि चैत्र ११ गतेदेखि लकडाउनले थप्प भए । हामी सबैलाई रोगदेखि डर थियो । हिडेरै गन्तव्य स्थानसम्म पुग्न बाध्यता थियो । घरदेखि बाहिर नै ननिस्क, पशुदेखि टाढा रहने, मासु नखाने जस्ता सूचना हाम्रा स्थानीय सञ्चारमाध्यमहरुले समाचार प्रसारण गर्न थाले । एक गाउँबाट अर्काे गाउँमा नजाने रोकटोक नै हुन थाल्यो । गाउँमा अत्यावश्यक काम, विकास, शिक्षा, स्वास्थ्य जस्ता नभई नहुने काममा मानवीय भिडभाड गर्न नहुने नियम लागु गरियो । स्वास्थ्य संस्था बाहेक सबै बन्द गरियो । लगातार कोरोना भाइरसदेखि बचौं र र बचाऔंका सूचना हुन थाल्यो । यस्तै गरी चैत्र महिना बित्यो । बालबालिकाहरु घरमा बस्न पाउँदा खुसी नै रहे । तर, एस.ई.ई. परीक्षार्थी, कक्षा ११, कक्षा १२, त्रिभवन विश्व विद्यालय र थुप्रै प्राविधिक विद्यालयका परीक्षा कहिले हुने अन्योल थपिदै गयो । कोरोनाको फैलावट चाडौ हुँदै गयो । अभिभावकहरुलाई छोराछोरीको भविश्यले पीडा थप्दै गयो । देश विदेशमा आर्थाेपार्जनका लागि गएका कामदार घर फर्किन थाले । सरकारले कोरोना भाइरसबाट बचाउनका लागि विद्यालय र त्रिभुवन विश्व विद्यालयलाई क्वारेटिन बनाउँदै गयो । गत सालको शैक्षिक सत्रको कक्षा १० सम्मको परीक्षाको नतिजा प्रकाशनमा पनि गाह्रो भयो । नयाँ पठनपाठनको बहस नै रोकियो । कोरोना–कोरोनाले मन खान थाल्यो । बालबालिकामा पनि मनोविज्ञानिक असर पर्न थल्यो । विद्यालय कहिले खुल्छ ? हामीले कहिले किताब पाउँछौं ? यस्तै–यस्तै प्रश्नले बालबालिकालाई सताएको थियो । समय बित्दै गयो । कोरोना भाइरस शहर हुँदै गाउँमै देखा पर्न थाल्यो । अब के हुन्छ ? कोरोनाले खाई हाल्छ कि ? भन्ने डर थपिदै गयो र बालबालिकाहरु विकृति पनि बढ्न थाल्यो । हुने खानेले बालबालिकालाई समय दिए । तर, विपन्न परिवारका बालबालिका गाउँमा बरालिन थाले । उता कमाई छैन, रोजीरोटी कोरोना भाइरसले खोस्यो । छोराछोरी गलत बाटोमा लाग्दा गरीवलाई टाउको खायो । बाल बिबाह, धुम्रपान मध्यपानमा विद्यालयका बालबालिका लागेको प्रत्यक्ष गाउँमा देखियो । विद्यालय खुल्ने सम्भावना थिएन । विद्यालय नखुले घरमा पढ्ने कुरा भएन । जो अभिभावक छोराछोरीको चासो गर्थे उनका बालबालिका निगरानीमा रहन्थे । तर, जसलाई निगरानी शिक्षक मात्र हुन्थ्यो । त्यस्ता बालबालिकालाई घरको बसाई नकरात्मक बाटोमा लाग्ने अवसर नै भयो । अहिले गाउँमा बुढाबुढी बाहेक अरु बस्ने प्रचलन छैन । या भएपछि जोत्ने जमिन पनि खुम्चिदै गएको छ । पाल्ने पशुको संख्या पनि घटेको छ । तर, कोरोना भाइरसले त घर छाडेकालाई घर पठाएको छ । काम छैन बसेर कति खाने । एक÷दुई महिना त बित्यो । तर विद्यालय खुल्ने र पठनपाठन हुने सम्भावना देखिएन । पूर्ण रुपमा देश लकडाउन लागु गरिएको थियो । अनुशासनको पालना थियो । रडियो एफ.एम.ले शिक्षा सम्बन्धि बहस र छलफल हुन नसकेको सूचना बजाउथे । सामाजिक दुरी कायम हुने ठाउँ भएकोले सुचारु हुने देखिएन । बालबालिका र शिक्षकले लकडाउनको समयवधि थप्ने सुने । त्यसपछि केही त होला भन्दै घरमा बस्नु सिवाए केही थिएन । लामो समय बाहिर बसेर कर्तव्य निर्वाह गर्ने मान्छेलाई घरमा काम गर्ने मेसो नहुँदो रहेछ । खुलि हाल्ला भन्ने लाग्थ्यो । नयाँ कामको सुरुवात गर्न पनि नसकिने भयो । पढ्ने बच्चाहरु अलिकति ठूला भएकालाई व्यवस्त बनाउन गाह्रो हुने रहेछ । किशोरवस्थाका केटाकेटीहरुलाई त विद्यालय नै जान र केही सिक्नुभन्दा अर्काे विकल्पमा नेपालमा केही छैन । दुई चार दिन गाउँ घरमा बस्छन् । त्यसपछि बरालिनुभन्दा अर्काे सीप सिकाइ छैन । कतिपय बालबालिकाका मोबाइलमा व्यवस्त भए । यसको असर डर लाग्दो छ । एस.ई.ई. परीक्षा गराउन नसक्ने सरकारले सूचना ग¥यो । परीक्षा नगरी नतिजा पाउनु विद्यार्थीको भविश्यका लागि दुर्भाग्य हुन जान्छ । मेहनत विनाको फलको महत्व मानिदैन
। तर, विकल्प पनि थिएन । नेपाल जस्तो ग्रामीण बस्तीले अर्काे प्रणालीको सम्भावना छैन । महामारी लम्बिदै जानु र हाम्रो अविकसित चेतनाले शिक्षामा नयाँ सोच नदिँदा यो बेला अर्काे शैक्षिक वर्षका बालबालिकाको भविश्यमा कालो बादल मडारिदै छ । शैक्षिक वर्षको आठौं महिना चल्दैछ । तर, विद्यालयमा पठनपाठनको वातावरण सहज हुन सकेको छैन । केही महिना अगाडि सञ्चालन गरिएका अनलाइन, भर्चुअल, रेडियो कक्षा हाम्रा दुर्गम बस्तीको पहुँचमा थिएनन् । यो त खाली इन्टरनेटको पहुँचका २५ प्रतिशत बालबालिकाहरुको लागि मात्र थियो । अन्तर्राष्ट्रिय रुपमा गरिएको वैकल्पिक शिक्षाको अभ्यासलाई गालीबाट बच्ने काम दिइएको थियो । प्रत्येक विद्यालयका शिक्षकलाई जो जहाँ छ त्यही टोलका बालबालिकालाई आफ्नैै विद्यार्थी जस्तै गरी नेतृत्व गरी रेडियो शिक्षामा उपस्थित गर्ने आदेश हुनुपथ्र्याे । यता अभिभावकलाई सम्पर्क हुनुपथ्र्याे । यि सबै भएन र भोली के होला ? महामारीको कुन रुप आउला ? भन्ने आकलन नै गर्न सकिएन । समय घर्किदै गयो । हाम्रा मन स्थिर भए मानौं कि तलब आउँछ । सरकारको आदेश औपचारिकता हो । विद्यालयको ढोका खोलौं बाँकी हुँदै गर्दा भन्ने आवस्था नै छ । देशका थुप्रै विद्यालयमा पठनपाठन गरौं कोरोना भाइरसको महामारी बालबालिकामा आउला भन्ने डर नगरौं । अब चैत्र महिनामा हुने निर्णयात्मक मूल्याङ्कनको आधारमा के कक्षा चढाउन कुनै गाह्रो छैन । तर, सिकाइ अँधुरो छ । अझै विद्यालय खुल्न बाँकी छन् । खुलेकामा पनि सहज ढङ्गले पठनपाठन गर्न नसकिने अवस्था छ । यहि शैक्षिक सत्र कायम हुने हो भने हाम्रो एक पुस्ता गुमाउँदै छौं । हैन भने शैक्षिक सत्र फेर्नु आवश्यक देखिदैन । महामारीको अवस्थामा पूरानै ढङ्गले जान त नसकिएला । तर, छोटो समयमा उच्च मनोवलले पठनपाठन गर्ने वातावरण राज्यले खोज्नु पर्छ । कतिपय विद्यालय पूरानै अवस्थामा फर्किदै छन् । कतिपय विद्यालयहरु कोरोना भाइरसको उच्च जोखिमका कारण खुल्न सकेका छैनन् । यो बेला एक रुपता कसरी लिने । यसका बारेमा छलफल गरिनु पर्छ । गत भदौमा गरिएको पाठ्यवस्तु प्रत्येक विद्यालयमा पुगेको छ । यसको अध्ययन गर्दा हामीले १ सय ५० दिन विद्यालयमा नियमित कक्षामा अध्ययन गर्नुपर्ने देखिन्छ । तर, समय छैन । मङ्सिर महिनादेखि नियमित कक्षा सञ्चालन गर्न सकियो भने जेठ मसान्तलाई शैक्षिक सत्रभन्दा कुनै सिकाइमा घाटा हुँदैन जस्तो लाग्छ । नत्र भने भविश्य विषयदेखि बाहेक प्राविधिक विषयका ५० प्रतिशत ज्ञान दिन नसकिने अवस्था छ । यसले अर्काे शैक्षिक वर्षको सिकाइ उपलब्धिलाई ठूलो हानी हुने देखिन्छ । महामारीले देश आक्रान्त छ । तर, हाम्रो दैनिक क्रियाकलाप एकदम खुल्ला छन् । बजार खुल्ला छ । विना मास्क ओहोरदोहोर छ । तर, विद्यालयमा पठनपाठन गर्ने वा नगर्ने सबै ठाउँमा कुनै छलफल र अनुमति छैन । स्थानीय सरकारले आफ्नै मौलिकतामा विद्यालय खुलाइएको छ र मूल्याङ्कनको आधारमा पनि उसै अनुसार बनाएको छ । यसले विद्यालय अनुसार फरक मूल्याङ्कनको आधार हुने देखिन्छ । यस्तो गर्दा बालबालिकाको सिकाइमा पर्न जाने असरमा जवाफदेहीको हुने भन्ने चिन्ता बढ्न थालेको छ । विश्व महामारी रोगका कारण एक दुई शैक्षिक सत्रलाई तलमाथि गरी विद्यार्थीको सिकाइमा फरक ल्याउन सकिन्छ भने हामी शिक्षकले महामारीको सङ्क्रमण मध्यनजर गर्दै सुरक्षित उपाय अबलम्बन गरी हाम्रो वार्षिक विदालाई कटौटी गरेरपनि बालबालिकाको सिकाइमा कमी आउन दिनु हुँदैन । जोखिमलाई नभनी अलि अगाडि खुलेर अध्यापन गरेको विद्यालयले वार्षिक परीक्षाको समय तालिका चैत्र महिनमा हुने गरी निकालेका छन् । तर, भरखर खुलेका र खुल्न नसकेकाले के गर्ने र फेरी महामारीले उच्च रुप ल्याई असहज वातावरण आएमा के गर्ने ? यसमा सम्बन्धितवालाले ध्यान दिई बालबालिकाका सिकाइलाई खेर नजाने वातावरणको सृजना गर्दा हामी सबैको शैक्षिक कल्याण देखिन्छ र चैत्र महिनाको ६ गते परीक्षा स्थगित हुँदा परेको असरलाई मध्यनजर गरी यस वर्षका बालबालिकालाई कोरोना भाइरस जस्तो विश्व महामारी बच्न अपनाउनु पर्ने सावधानी सिकाउँदै २०७६ चैत्र ११ गतेदेखि २०७७ भादौ ३१ गतेसम्म भएको बन्दाबन्दि जस्तो कठिन अवस्था आएपनि नयाँ विकल्प खोजी सिकाइलाई नियमितता दिई कर्तव्यमा लागौं र गत आठ महिनामा शिक्षकले काम नगरी राज्य तलव खाका छन् भन्ने प्रत्यक्ष अप्रत्यक्ष वा सामाजिक सञ्जालको गालीबाट बचौं र बचाऔं शैक्षिक प्रगतिमा हामी जुटौं । धन्यवाद ।

You may also like