बजार अनुगमन नहुनुमा लिबाङका व्यवसायिहरुले के भन्दछन् ? जिल्ला सबै व्यवसायीहरुको पसलहरु अनुगमन गर्नुपर्दछ ।

गणपति स्टोर लिबाङ रोल्पा
प्रोपाइटर बैकुण्ठ श्रेष्ठ

विगत समयमा बजार अनुगमन जिल्लाका सरोकारवाला निकायहरु आउनु हुन्थ्यो । त्यस बेला आम व्यवसायी र उपभोक्ताहरुलाई सजक बनाएको थियो । तर यस वर्षमा बजार अनुगमन गर्न आउनुभएको छैन् । बजार अनुगमन चाहि नियमित गर्दा नै राम्रो हुन्छ । बजार अनुगमन नगर्दा वा गर्दा खास फरक भएको जस्तो मलाई लागेको छैन किन भने हामी व्यवसायिहरुको धर्म भनेको गुणस्तरीय सामानहरु विक्रि वितरण गर्नु हो । हामी व्यवसायिहरुले मिति सकिएका समानहरुलाई पुनः कम्पनीले सामान फिर्ता लग्ने भएकाले पनि हामी जति सक्यौं त्यति नै मिति सकिएका समानहरु छुट्यार राख्ने गरेका हुन्छौं । तर कहिले काँही पसलमा विभिन्न कारणहरुले सामानहरु चेक जाँच गर्न नभ्याएको समयमा सम्बन्धित निकायहरुले बजार अनुगमन गर्नु आउनु हुन्छ भने झन हामी व्यवसायिहरुलाई सजक बन्ने अवस्था सिर्जना हुन्छ । बजार अनुगमनको समयमा व्यवसायिहरुको पसलहरुमा मिति सकिएका सामानहरु जफत गरी नष्ट गरिएको समाचारहरु आउँदा पनि थप व्यवसायिहरुलाई सजक बनाउँछ । साथै प्रशासनको संयोजनमा जिल्लाका विभिन्न निकायहरुले बजार अनुगमनको समयमा सामानहरु जफत नष्ट गरेको समाचार सुन्दा उपभोक्ताहरु सामानहरु खरिद गर्दा सामानहरुको मूल्य र मिति हरेर खरिद गर्ने बानी विकास हुन्छ । त्यसै पनि बजार अनुगमनलाई पुनः प्रभावकारी बनाउन म सम्बन्धित निकायलाई निवेदन गर्दछु । जिल्लाका सरोकारवाला निकायहरुले समय–समयमा अनुगमन गर्न आउँदा मलाई के लाग्द थियो भने मेरो पसलबाट मिति सकिएको सामानहरु भेटियो भने मेरो व्यपारमा प्रभाव पर्ने भएकाले पनि मैले पसलमा राखेका सामानहरुको मिति पटक–पटक हेरिराखेको हुन्छ । त्यसता जसरी पसलबाट निकाले कम्पनीलाई फिर्ता गर्न अलगै कोठामा राख्छु । त्यसैले पनि अहिलेसम्म मेरो पसल अनुगमनको समयमा कुनै पनि सामानको मिति सिकिएको सामान भेटिएको छैन । म मेरो पसलमा मिति सकिएका सामान राखेर बिक्रि वितरण गर्नु हुन्न भन्ने कुरामा सजक छु । म लगायत व्यवसायिहरुले आफ्नो धर्म निर्वाह गर्दा गर्दै पनि सम्बन्धित निकायले बजार अनुगमन गर्नुपर्दछ । चाड पर्वको समयमा उपभोक्ताहरुलाई अपुग भएको अवस्था छैन भने बिक्रिमा कमी भएको छ ।

हामीलाई समय समयमा हाम्रो छाता सङगठन रोल्पा उद्योग वाणिज्य संघ रोल्पाले पनि व्यवसायिले निर्वाह गर्नु पर्ने धर्म भनेकै पसलमा मिति सकिएका सामानहरु राख्नु हुँदैन । त्यस्ता समानहरु पतकै बिक्रि वितरण समेत गर्नु हुँदैन भनेर समय समयमा प्रशिक्षित गरिरहेको हुन्छ । बजार अनुगमनको समयमा होटेल, किरणा पसलहरु मात्र अनुगमन गर्ने प्रचलनलाई परिवर्तन गरी जिल्लाभरीका सबै व्यपार व्यसायिहरुको पसलहरु अनुगमन गर्नुपर्ने आवश्यकता छ । आज बजारमा भन्दा बढि गाउँमा सामानहरु धेरै स्टक हुनेभएकाले गाउँतिर पनि अनुगमन अभियानलाई प्रभावकारी बनाउनु पर्दछ । खासमा बजार अनुगमन गर्नु मात्र उपयुक्त पनि नहोला जस्तो लाग्छ किन भने उपभोक्ताहरुलाई पनि कुनै पनि समान किन्दा सामानको मूल्य र मिति रहेर मात्र किन्नेका बानी विकास गर्न पनि आवश्यक छ । उपभोक्ता नै सजक भएमा त जन मिति सिएका सामानहरु कुनै हालतमा बिक्रि हुनै कुरा भएन । अब जिल्लाका सरोकारवाला निकायहरुले यो अभियान सञ्चालन गर्न पनि आवश्यक छ ।

करेटी कान्छा होटेल एण्ड गेष्टहाउस
प्रोप्राइटर हरिप्रसाद वली

विगतको समयम बजार अनुगमन अभियान यस पटक अनुगमन हुन नसक्नुमा मलाई दुःख लागेको छ । बजार अनुगमन लिबाङ बजारमा मात्र नभई जिल्लाभरिमा नै बजार अनुगमन गर्नु पर्दछ । बजार अनुगमन नभएमा ठाउँ ठाउँमा मिति सकिएका सामानहरु बिक्रि वितरणले उपभोक्ताहरुको स्वास्थ्यमा असर पुग्न पु¥याउँछ । त्यसो भएको हुनाले बजार अनुगमन अभियानलाई प्रभावकारी रुपमा बजार अनुगमन गर्नै पर्दछ । यो भन्दा पहिले मेरो होटेलको अनुगमन गर्न आउनुभएको थियो भने अहिले चाहि आउनुभएको छैन । त्यतिखेर चाँही केही पिय पदार्थहरु मिति सकिएको भेटाएर लाग्नुभएको थियो । हामीले हाम्रो टोटेलमा मिति सकिएका सामानहरु राखेर बच्ने निहियतले राखेको होइन कि त्यो सामानलाई पुनः कम्पनीलाई फिर्ता गर्ने गरी राखेको अवस्थामा भेटिएको मात्र हो । तर म अहिले यस्ता पिय पदार्थहरु राख्दा पनि मिति हेरेर मात्र किन्ने गरिहेको छु । साथै राखेका समानहरु पनि समय समयमा चेक जाँच गरिरहेको छु । हामीले यसरी आफ्नो होटेलमा मिति सकिएको सामानहरु चेक गरी मात्र उपभोक्तालाई बिक्रि गर्ने गरिरहेका छु । मैले चाँही कोक ल्याएको थिएँ त्यो कोकको मिति सकिएको रहेछ । तुरन्तै कोक किनेको ठाउँमा फिर्ता गर्न लगेको थिएँ । म अहिले सामान किन्दा सामानको मिति हेरेर मात्र किन्ने बिक्रि गर्ने गरेको छु । खासमा व्यवसायिभन्दा पनि उपभोक्ताले नै किन्न लागेको सामानको मूल्य, मिति हरेर किनेदिएको अवस्थामा राम्रो हुन्थ्यो । हामी धेरै व्यवसायीहरुलाई त कुन सामानको मूल्य कहाँ हुन्छ भन्ने कुरा त राम्ररी थाहा भएको अवस्था छैन भने उपभोक्ताहरुलाई सबै कुरा जानकरी हुने कुरा पनि भएन । तर पनि उपभोक्ताहरुलाई पनि विभिन्न कार्यक्रम मार्फत उपभोक्ताहरुलाई साक्षर बनाउन सकिएको खण्डमा हामीलाई सहज हुन्थ्यो । बजार अनुगमनको क्रममा दिएका सल्ला सुझावलाई समेत कार्यन्वयन गरेको छु । अब आम उपभोक्ताहरुलाई यो विषयमा सक्षत बनाउन सम्बन्धित निकायले जनचेतना कार्यक्रम सञ्चालन गर्नु प¥यो । साथै सक्षर उपभोक्ताहरुले आफुलाई आवश्यक पर्ने सामानको मूल्य र मिति रहेर किन्ने बानिको विकास गर्नपर्दछ । तब मात्र यो समस्याको समाधान हुन्छ । सम्बन्धित निकायहरुलाई बजार अनुमगनलाई तत्काल प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्दछ भन्ने मेरो सुझाव ।

दङ्गाली किरणा पसल
प्रोपाइटर सरिता घिमिरे
बजार अनुगमन गर्नु राम्रो नै हो । सदै बजार अनुगमन भएमा व्यवसायी र उपभोक्ताहरुलाई सजक बनाउँछ । बजार अनुगमनबाट उपभोक्ताहरुले मिति भएको सामानहरु प्रयोग गर्न पाउने भए । बजार अनुगमन गर्दा नगर्दा त्यस्तो फरक पनि भएको छैन । बजार अनुगमन भएका कहिले काँही व्यसायिहरुको पसलमा मिति सकिएको सामानहरु हुन सक्ने भएकाले मात्र बजार अनुगमन गर्दा राम्रो हुन्छ भन्ने हो । होइन भने सबै व्यवसायिहरुले मिति सकिएको सामानहरु बिक्रि गर्ने कुरा नै भएन । बजार अनुगमन नभएपनि मिति सकिएका सामानहरु पुनः कम्पनीलाई सामानहरु फिर्ता गर्ने गरी छुट्याएका हुन्छौं । तर अनुमगन भएको बेला मिति सकिएका सामानहरु जवफत गरी नष्ट गरिएको समाचारले उपभोक्ताहरुलाई नै सजक बनाउँछ । रोल्पा उद्योग बाणिज्य संघ रोल्पाले हामीलाई मिति सकिएको सामान ल्याउन र बिक्रि वितरण गर्नु हुँदैन हाम्रै उपभोक्ताहरुलाई असर गर्दछ भने सुझावहरु दिनुहुन्छ । हामी सो सुझावलाई आत्मसात गर्दै व्यवसायी गरी रहेका छौं । व्यवसायी भन्दा उपभोक्ता सचेत भएमा हामीलाई कुनै समस्या नै हुँदैन थियो तर सबै उपभोक्ताहरु सचेत हुनुहुँदैन । त्यसले सम्बन्धित निकायले उपभोक्ता सचेत कार्यक्रमहरु सञ्चालन गर्नु प¥यो । हामी व्यवसायहरुले आफ्नो धर्म निर्वाह गरिरहेका छौं । अन्तिममा सम्बन्धित निकायहरुलाई बजार अनुगमन प्रभावकारी बनाउन सुझाव समेत दिन्छु ।

नर्गिस खान स्टोर
प्रोपाइटर जुगेर खान

बजार अनुगमन गर्नु राम्रो कुरा हो तर यस वर्ष बजार अनुगमन भएको पाएन खै किन हो । विगतमा हाम्रो पसलमा अनुगमन गर्न आउनुभएको थियो । त्यतिखेर सिध्रा माछा उपयोग गर्न नसकिने अवस्था थिएन त्यो लगेर नष्ट गरियो । सिध्रा माछामा त मिति नई हुँदैन भने एक दुई पटक कोक फ्यान्टाहरु पनि भेटिएको थियो । त्यो पनि पुनः कम्पनीलाई फर्कादिएँ । बजार अनुगमन गर्दा र नगर्दा त्यस्तो फरक भएको छैन । किन बजार अनुगमन नगर्दा पुरै मिति सकिएका सामानहरु बिक्रि गर्ने अनुगमन हुँदा बिक्रि नगर्ने भन्ने कुरा भएन । हामीले हाम्रा उपभोक्ताहरुलाई मिति भएको सामान विक्रि गर्नु पहिलो धर्म हो । त्यसैले पनि हामी हाम्रो धर्म अनुसार सामान बिक्रि वितरण गररहेका छौं । तर कहिले काँही कम्पनीबाट नै सामानहरु मिति सकिएको पठाइदिएको खण्डमा कुनै सामानहरु लामो समयसम्म बिक्रि नभएर स्टक रहेको अवस्थामा मात्र नै मिति सकिएका सामानहरुलाई पुनः कम्पनीलाई फिर्ता गर्ने गरी राख्छौं । बजार अनुगमनले व्यवसायी र उपभोक्ताहरुलाई नै सजक बनाउँछ । त्यसैले पनि बजार अनुगमन हुन जरुरी छ । हामीले हाम्रो पसलमा राखिएका सामानहरुको मिति पटक पटक हेरि राख्छैं । मलाई पसल अनुगमनको समयमा अनुगमन कर्ताहरुले मूल्य सूचि, बिल, पान नम्बर राख्ने, मिति सकिएका सामानहरु तुरुन्तै फिर्ता गर्ने जस्ता सुझावहरु दिनुभएको थियो । मैले उहाँहरुको सुझाव पूर्ण रुपमा कार्यान्वय गरेको छु । यो बेलामा पनि बजार अनुगमन हुनु पर्ने थियो तर भएन । अब बजार अनुगमनलाई निरन्तरता दिनु प¥यो भन्ने सुझाव दिन्छु । केही उपभोक्ताहरुले सामान किन्दा सामानको मूल्य र मिति सोधेर मात्र किन्ने गरेको पाइन्छ तर धेरैले सोध्ने गरेको पाइदैन । त्यसैले पनि सकेसम्म त हामी भन्दा उपभोक्ताहरु सचेत भएमा हामीलाई व्यपार गर्न सहज हुन्थ्यो तर सबै उपभोक्ताहरु सचेत हुन्न किन भने सबै उपभोक्ताहरुले सामानको मूल्य, मिति हेर्न सक्नु हुँदैन । शिक्षित उपभोक्ताहरुले पनि कुनै सामान किन्दा मिति, मूल्य हेरर मात्र सामान खरिद गर्दा राम्रो भन्ने सुझाव दिन्छु । साथै हाम्रो पसलमा चाड पर्वको अवसरमा तिहारको समयवधिमा विगतको भन्दा कम मूल्यमा सामानहरु विक्रि वितरण गरिहेको छु । त्यसैले चाड पर्वमा उपभोक्ताहरुलाई आवश्यक पर्ने सामानहरु प्रयाप्त नै छ ।

विशाल किरणा पसल
प्रोप्राइटर गणेश घिमिरे ‘रोल्पा उद्योग वाणिज्य संघ रोल्पाको सदस्य’

बजार अनुगमन भएपनि नभएपनि व्यवसायिहरु आफ्नो दायित्व प्रति उत्तर दायित्व हुनु प¥यो । पसलमा मिति सकिएका सामानहरु रख्ने, कालो बजारी गर्नेतिर लाग्नु भएन ।

व्यपार एउटा समाजिक सेवामा आधारित पेशा हो । यसमा मुख्य गरी सेवालाई प्रथमिकतामा राखेर काम गर्नु पर्दछ । त्यस बीचमा व्यपारमा विभिन्न किसिमका सोच भएका व्यपारिहरु हुन्छन् । त्यसलाई अनुगमन विगतदेखि नै गर्दै आएको बजार अनुगमन गर्नु पर्ने त थियो । तर उहाँहरुको समस्या के हो ? किन बजार अनुगमन गरिएन ? यो वर्षमा मिति सकिएका समानहरु नभएर नै बजार अनुगमन नगरिएको हो पो कि ? त्यो त सम्बन्धित निकायलाई नै थाहा होला । हाम्रो लागि बजार अनुगमन निरन्तर रुपमा गरिएको खण्डमा उपयुक्त लाग्छ । विगतका वर्षमा मेरो पसल नियमित रुपमा अनुगमन गर्न आउनु हुन्थ्यो । हामी आफै पनि मिति सकिएका कुनै सामानहरु कम्पनिलाई फिर्ता गर्द थियौं भने कुनै सामानहरुलाई फ्याक्ने गर्दथियौं । अनुगमनको क्रममा यस पसलबाट मिति सकिएका सामानहरु लाग्नुभयो । उहाँहरुले मलाई यस्ता मिति सकिएका सामानहरु बिक्रि गर्नु हँदैन भने सुझावहरु दिएको थियो । त्यो त म आफैले पनि बुझ्ने कुरा हुन् । उहाँले भन्नु पर्दा पनि मैले आफ्नो पसलमा सामानहरुको मिति हेर्दा हेर्दै पनि छुटे रहेछ । तर हामी त्यस्तो मिति सकिएको सामान बिक्रि गर्ने पक्षमा छैनौं । रोल्पा उद्योग वाणिज्य संघ रोल्पाले यस्ता कुरामा सचेत बनाई नै रहन्छ । व्यपार भनेको समाजिक भावनातिर पनि उत्तर दायित्व हुनु पर्दछ । हामी व्यवसायिहरु सामाजिक सेवा पनि गर्नुपर्दछ । पैसालाई मात्र प्राथकिता नदिएर सामाजिक सेवालाई पनि हेर्नु पर्छ । पसलमा मिति सकिएका सामानहरु छन् भने नष्ट नगर्ने, उपभोक्ताहरुलाई बिक्रि नगर्ने, कम्पनीलाई पुनः फिर्ता हुने सामानहरु छन् भने प्याक गरेर सम्बन्धित निकायमा पठाइदिने जस्ता महत्वपूर्ण हामीहरुले जानकारी गराइखेका छौं । बजार अनुगमन गर्दा नगर्दा त त्यसै पनि फरक पर्ने भइहाल्यो नि । समय समयमा बजार अनुगमन निकायहरु पसलमा पुग्दा स्वयम व्यवसायी र उपभोक्ताहरुलाई सचेत बन्ने भनेको नै बजार अनुगमन हो । आफ्ना पसलमा राखिएका सामानहरुलाई नियमित रुपमा चेक जाँच गर्ने बानीको विकास हुन्छ । जसले गर्दा उपभोक्ताहरुलाई मिति सकिएको सामानहरु बिक्रि हुनबाट रोक्न महत्वपूर्ण सहयोग मिल्दछ । मेरो पसलबाट खुल्लाभन्दा पनि होलसेल सामानहरु बिक्रि हुनेभएकाले पनि त्यस्तो मिति सकिएका सामानहरु बिक्रि हँुदैन । मेरो पसलमा राखिएका सामानहरुको मिति हप्तामा एक पटक हेर्ने गर्दछु । सबभन्दा कम मिति राखिएको सामानहरुमा पिय पदार्थहरु कोक, फ्यान्टा, पु्रmटी, बिस्कुत, चाउचाउमा कम मिति राखिएको हुन्छ । पसलमा सबै सामानहरुको मूल्य सूचि राखेको छु । पसलमा सामानहरु उपभोक्ताहरुले किन्दा कतिपय उपभोक्ताहरुले मूल्य सूचि हेरेर किन्नु हुन्छ भने कतिपयले सामानको मूल्य सूचि हेर्नु हुँदैन । तर सामानको मूल्य सूचि हेर्ने र नहेर्ने उपभोक्तालाई फरक मूल्य नभई कायम गरिएको मूल्यमा नै सामान बिक्रि गरिन्छ । कतिपय चाँसो गर्ने उपभोक्ताहरुले सामान किन्दा मूल्य सूचि कहाँ छ, मिति काँह छ जस्ता महत्वपूर्ण कुरा सोधेर मात्र किन्नु हुन्छ भने धेरैले त केही नै हेरी किन्नु हुन्छ । तर सबै उपभोक्ताहरुलाई एउटै मूल्यमा सामान बिक्रि गरिन्छ । अझै व्यवसायी भन्दा पनि उपभोक्ताहरु नै सचेत भएको अवस्थामा व्यवसायिबाट त्यस्ता मिति सकिएका सामानहरु बिक्रि वितरण हुने कुरा आफै न्यूनिकरण भएर जान्छ । तर सबै उपभोक्ताहरु सचेत नभएकाले अब सम्बन्धित निकायहरुले जनचेतना कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने आवश्यक छ । मैले रोल्पा उद्योग वाणिज्य संघ रोल्पाको बैठकमा समेत यो विषयमा पहल गर्नुपर्दछ भनेर कुरा उठाइरहेको छु । अब केही समयमा नै यो जनचेतना अभियान सञ्चालन हुन्छ । अझ लिबाङ बजारको तुलनामा गाउँ घरतिरका पसलहरुमा कम सामानहरु बिक्रि हुनेभएको मिति सक्ने सम्भावना धेरै हुन्छ । त्यसैले पनि बजार अनुगमन अभियानलाई गाउँ गाउँसम्म पु¥याउन सक्रियता बन्नु पर्दछ ।

You may also like