रुन्टीगढी गाउँपालिकामा विपद् व्यवस्थापन, संरक्षण तथा आपतकालीन स्वास्थ्य सम्बन्धि एक दिने अभिमुखिकरण

रुन्टीगढी गाउँपालिकामा विपद् व्यवस्थापन, संरक्षण तथा आपतकालीन स्वास्थ्य सम्बन्धि एक दिने अभिमुखिकरण

असाेज १० गते (लिबाङ राेल्पा)

This image has an empty alt attribute; its file name is h2.jpg

रोल्पाको रुन्टीगढी गाउँपालिकामा विपद् व्यवस्थापन, संरक्षण तथा आपतकालीन स्वास्थ्य सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम शुक्रबार होलेरीमा सम्पन्न भएको छ । यस अभिमुखिकरणले विपद् व्यवस्थापनमा गाउँपालिकालाई थप सहयोग पुग्ने भएको छ ।
यस कार्यक्रमको प्रमुख अतिथि एवम् रुन्टीगढी गाउँपालिका अध्यक्ष बालराम बुढामगरले भन्नुभयो,‘यस गाउँपालिकामा विपद्को दृष्टिकोणले बाढिपहिरोभन्दा चट्याङ, डढेलो, सडक दुर्घटनाको उच्च जोखिममा छ । नेपाली सेना, नेपाल प्रहरी, नेपाल प्रहरी, नेपाल रेडक्रस सोसाइटी होलेरी उपशाखा, शिक्षक, विद्यार्थी सहित अन्य सरोकारवाला निकायहरुसँग गाउँपालिकाले समन्वय गरी विपद्को नियन्त्रण तथा पीडितको उद्वार गर्दै आएको छ ।’ विपद् व्यवस्थापनमा नेपाल रेडक्रस सोसाइटी रोल्पा शाखा र होलेरी उपशाखाले महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्दै आएको भन्दै गाउँपालिका अध्यक्ष बुढामगरले उक्त भूमिकाको प्रशंसा समेत गर्नुभयो । उहाँले यस गाउँपालिकामा विपद् नियन्त्रण, न्यूनिकरण र पीडितको उद्वार कार्यमा आगामी दिनमा पनि सहयोगका लागि उहाँले अनुरोध समेत गर्नुभयो । गाउँपालिकाले आगामी दिनमा विपद् व्यस्थापन सम्बन्धि कार्य विधि नै निर्माण गरि अगाडि बढ्ने कार्यक्रममा गाउँपालिका अध्यक्ष बुढामगरले बताउनुभयो ।
उहाँले नेपाल रेडक्रस सोसाइटी रोल्पा जिल्ला शाखाको अगुवाईमा आकस्मिक रक्त सञ्चार सेवालाई रक्त सञ्चार बैंक रुपमा सञ्चालनका लागि सञ्चालित अभियान आफैमा सहरानीय छ । यस बंक सञ्चालनका लागि गाउँपालिकाबाट सक्ने आर्थिक रकम कार्यपालिकको बैठक र गाउँ सभाबाट पारित उपलब्ध बनाउने कार्यक्रममा बताउनुभयो । गाउँपालिकाको निर्णय अनुसार सम्भव भए एकै आर्थिक वर्षमा उक्त रकम उपलब्ध हुन्छ भने सम्भव नभएमा दुई आर्थिक वर्षमा सहयोग रकम उपलब्ध गराउने प्रतिवद्वता समेत उहाँले व्यक्त गर्नुभयो ।

This image has an empty alt attribute; its file name is h6-1024x768.jpg

त्यस्तै, नेपाल रेडक्रस सोसाइटी रोल्पा जिल्ला शाखा सभापति डी.वी. घर्तीमगरले विश्वभरि महामारी रुपमा फैलिएको नोबेल कोरोना (कोभिड–१७) अवस्थामा विपद् व्यवस्थापन, संरक्षण तथा आपतकालीन स्वास्थ्य अवस्था जानकारी लिनका यो कार्यक्रम आयोजना गरेको बताउनुभयो । संघीय सरकारको नयाँ जारी निर्देशिकाले पनि विपद् व्यवस्थापन, संरक्षण तथा आपतकालीन स्वास्थ्य जिमेवारी गाउँपालिकालाई अधिकारको व्यवस्था गरेको हुँदा स्थानीयतहरुले सोही अनुसार सक्रिय भूमिका निर्वाह गर्नुपर्ने जोड दिनुभयो । उहाँले आगामी दिनमा विपद् व्यवस्थामा प्रभावकारीको निम्ति नेपाल रेडक्रस सोसाइटी होलेरी उपशाखाको भवन निर्माणका लागि गाउँपालिकालाई अनुरोध समेत गर्नुभयो । नेपाल रेडक्रस सोसाइटी रोल्पा शाखाको अगुवाई जिल्ला अस्पताल रेउघामा ब्लड बैंक सञ्चालनका लागि गाउँपालिकालाई आर्थिक सहयोगका लागि समेत जिल्ला सभापति घर्तीमगरले अपिल गर्नुभएको थियो ।

This image has an empty alt attribute; its file name is h2.jpg

यस कार्यक्रममा रुन्टीगढी व्यवस्थापन समिति संयोजक दिपक डाँगीले गाउँपालिकामा विपद् व्यवस्थापनको अवस्था, गाउँपालिकाको भूमिका सम्बन्धि प्रस्तुती गर्नुभएको थियो । महिला बालबालिका कार्यालय शाखा पम्रख शिला मल्लाले विपद्को समयमा महिला र बालिकाकाहिरुको संरक्षणमा तय गरेको योजना भूमिका सम्बन्धि कार्य पत्र प्रस्तुत गर्नुभएको थियो । साथै स्वास्थ्य शाखा प्रमुख गणेश बुढाले विपद्को समयमा आपतकालीन स्वास्थ्यको अवस्था आगामी तयारी सम्बन्धि कार्य पत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय चिरञ्जीवि घर्ती, सामाजिक विकास समिति संयोजक यामबहादुर दशौंदी राना, नेपाल रेडक्रस सोसाइटी रोल्पा जिल्ला शाखा उप सभापति टिका कुमारी बुढामगर, नेपाल रेडक्रस सोसाइटी होलेरी उपशाखा सभापति लक्षिराम थापा, प्राविधिक अधिकृत उरगेश परसैला लगायतको आतिथ्यता थियो । विपद् व्यवस्थापन समिति रुन्टीगढी गाउँपालिकाको आयोजना नेपाल रेडक्रस सोसाइटी रोल्पा जिल्ला शाखाको समन्वय र युएनयाफपिएको आर्थिक सहयोगमा कार्यक्रम सम्पन्न भएको थियो ।

You may also like