“युवाहरुबाट देश समृद्ध बनाउन सकिन्छ”_कानून मन्त्री केसी

तेबाङ रोल्पा
कात्तिक ३ गते

आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले युवाहरु भनेको देशका कर्णधार भएको बताउँदै युवाहरुले नेपाललाई समृद्धको बनाउने यात्रातिर लग्नुपर्ने बताउनुभयो ।
यस्तो कुरा मन्त्री केसीले लिस्ने राज्यपोखरी युवा क्लव सुनिलस्मृति गाउँपालिका ७ तेबाङको बार्षिकोत्सवको उद्घाटन गर्दै बताउनुभएको हो । उहाँले युवाहरुलाईहरुलाई विदेश जानबाट रोकेर यही देशमा रोजगारको व्यवस्थ गर्नुपर्ने बताउँदै भन्नुभयोः–“हामीले देश समृद्ध गराउने हो भने युवा जनशक्तिलाई व्यवस्थापन गर्न सक्नु पर्दछ युवाहरुले देश निर्माण गर्दछन् । युवाहरुको सहभागिता विना देश निर्माण गर्न सकिदैन ।”
क्लवको वार्षिकोत्सवको अवसरमा खेलकुद क्षेत्र भनेको देशलाई चिनाउन र देशको लागि एउटा स्वाभिमानको क्षेत्र बनेको बताउँदै त्यका लागि निरन्तरता अनिवार्य आवश्यक रहेको कुरा बताउनुभयो । खेलक्षेत्रबाट आपूmलाई सवल बनाउन र देशलाई चिनाउनको लागि अनुरोध गर्नुभयो ।

यसैगरी रोल्पा निर्वाचन नं. क बाट निर्वाचित मन्त्री केसीले रोल्पा जिल्लाको विकास विगतभन्दा निकै फड्को मारेको बताउँदै यसलाई तिव्रता दिनुपर्ने बताउनुभयो । रोल्पा जिल्लाको सडक, यातायात, शिक्षा, स्वास्थ्य तथा सञ्चार एवं सामाजिक, भौतिक मानविकी क्षेत्रको विकास गर्नका लागि आफूहरु निकै लागेको बतानुभयो । प्रदेश सरकारले आफ्नो प्रदेशका सबै नागरिकको समृद्धिको मार्ग अगाडि बढाउनको सबै तयारीलाई अगाडि बढाएको बताउनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि राष्ट्रिय सभा सदस्य राजकुमार कुवरले युवाहरु समाजका सचेत वर्ग भएकोले युवाहरुले देशलाई परिवर्तनको बाटो लगाउनु पर्ने बताउनुभो । युवाहरुले समय र परिस्थिति अनुसार बढल्दै लग्ने बताउनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि सुनिलस्मृति गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीमगरले गाउँपालिको समृद्धका लागि सबैको जिम्मेवारी भएको बताउनुभयो । युवा क्लवहरुका सामाजिक परिवर्तनमा लागीपर्ने बताउनुभो ।


कार्यक्रममा सुनछहरी गाउँपालिका अध्यक्ष आसबहादुर पुनमगरले युवाहरुले समाज, देश, जनताको बारेमा चिन्तन गर्न आवश्यक रहेको बताउनुभयो । युवाहरुले सरकारको साझेदारी हुनुपर्ने बताउनुभयो ।


कार्यक्रममा सुनिलस्मृति गाउँपालिका उपाध्यक्ष वागमति क्षेत्रीनी, गाउँ कार्यपालिका सदस्य तुलसी सुनार, वडा अध्यक्ष मानसिंह पुनमगर, इलाका प्रहरी कार्यालय सुलिचौरका सुरेन्द्र धमला, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुनिलस्मृति गाउँपालिका अध्यक्ष मनिराम बुढाथोकी, जिल्ला समिति सदस्य रत्न महरा, कानून मन्त्रीका स्वकीय सचिव पवन कुवर, नेपाल पत्रकार महासंघ रोल्पाका प्रथम कार्यकालका अध्यक्ष मानसिंह विश्वकर्मा, रेडियो मालश्रीका मार्केटिङ म्यानेजर लोकेन्द्र चन्द लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रम क्वलका अध्यक्ष टोपबहादुर रोकामगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको गोपाल रोकामगरले सञ्चालन गर्नुभएको थियो भने स्वागत मेखबहादुर रोकामगरले स्वागत गर्नुभएको थियो । कार्यक्रममा भलिभल, हाजिरी जवाफ, दोहरीगीत लगायतको प्रतियोगिताको आयोजना गरिएको छ ।

You may also like