नेपाली काँग्रेस पार्टी माडी गाउँपालिका रोल्पाबाट क्वारेन्टाइनका मानिसहरुलाई ताजा बोइलर कुखुराको मासू  सहित तरकारी उपलब्ध

नेपाली काँग्रेस पार्टी माडी गाउँपालिका रोल्पाबाट क्वारेन्टाइनका मानिसहरुलाई ताजा बोइलर कुखुराको मासू  सहित तरकारी उपलब्ध
२२ वैशाख, लिबाङ–रोल्पा


नेपाली काँग्रेस पार्टी माडी गाउँपालिका रोल्पाले क्वारेन्टाइनमा बसेका मानिसहरुलाई तरकारी स्वरुप ताजा बोइलर कुखुराको मासु सहित अन्य आवश्यक तरकारीहरु उपलब्ध बनाएको छ । यस सहयोगले क्वारेन्टाइनका मानिसहरुलाई खाद्यान्नमा सहयोग पुगेको छ ।
यस गाउँपालिकाको ३१ विभिन्न स्थानका क्वारेन्टाइनमा बसेको मानिसहरुलाई १ हजार २२१ जनालाई ३ कुइन्टल ५५ के.जी. ४५ ग्राम बराबर ताजा बोइलर कुखुराको मासु सहित यसमा प्रयोग हुने टमाटर, प्याज सहित आवश्यक तरकारीजन्य सामाग्री नेपाली काँग्रेस पार्टी माडी गाउँपालिका रोल्पा उपलब्ध बनाएको गाउँपालिका कमिटि रोल्पा सचिव एवं नेपाल तरुण दल रोल्पा बरीष्ठ उपाध्यक्ष पशुपति घर्तीमगरले बताउनुभयो । यस पार्टीले विशेष प्राथमिकता सहित गाउँपालिकाको ६ ओटा वडाहरुको विभिन्न ठाउँका क्वारेन्टाइनहरुमा बसेको मानिसहरुसँग भेटघाट गर्दै आएको उहाँले जानकारी दिनुभयो ।

यस पार्टीले नोबेल कोरोना भाइरस (कोभिड–१९)बाट विश्व जगत नै महामारी भुमरीमा परेका छन् । भाइरसको संकटको अवस्थामा राजनैतिक गतिविधि सञ्चालभन्दा पनि मानवीयतालाई विशेष ख्याल गर्दै ६ नं. वडा अध्यक्ष खर्कबहादुर पुनको समन्वयमा हिजो यस वडाको विभिन्न स्थानको क्वारेन्टाइनका मानिसहरुसँग भेटघाट गरेको थियो । यस वडाको मिसिडाँडाको क्वारेन्टाइनमा २६ जना, मा.वि. मिनहीको क्वारेन्टाइनमा ५८ जनामा १ जना प्रेसरको बिरामी र एक जना गर्भवती, स्वास्थय चौकी भवनको क्वारेन्टाइनमा २९ जनामा एक जना गर्भवती, शिशु सेवा प्रा.वी.को क्वारेन्टाइनमा ३४ जनामा एक जना मानसिक बिरामी र एक जना गर्भवती, शिशु सेवा बाल विकाश डाँडाथोकको क्वारेन्टाइनमा २१ जनामा गर्भवती गरी जम्मा १६८ मानिसहरु क्वारेन्टाइनमा बसेको उहाँले जानकारी दिनुभयो ।
साथै यस अनुगमनमा यस वडा अध्यक्ष खर्कबहादुर पुनमगर, नेपाली काँग्रेस पार्टी रोल्पा जिल्ला कार्य समिति सदस्य टेकबहादुर बि.क, क्षेत्रीय (ख) सभापति गोपाल घर्तीमगर, क्षेत्रीय (ख) सदस्य नबाराज डाँगी, नेपाल राष्ट्रिय मगर संघ ५ नं. प्रदेश सदस्य एवं नेपाली काँग्रेस पार्टी माडी गाउँपालिका कोषाध्यक्ष मदनसिं घर्तीमगर, नेपाल तरुण दल जिल्ला कार्य समिति रोल्पाको बरीस्ठ उपाध्यक्ष एवं नेपाली काँग्रेस पार्टी माडी गाउँपालिका रोल्पा सचिव पशुपति घर्तीमगर सहित अन्य सम्बन्धित निकायहरुको सहभागिता थियो । गाउँपालिकाको ६ ओटै वडाहरुको विभिन्न ठाउँका क्वारेन्टाइनहरुको अनुगमनको क्रममा सहकार्य समन्वयमा ६ नं. वडा कार्यालयले सक्रिय भूमिका निर्वाह गरेको अनुगमनमा सहभागि पशुपति घर्तीमगरले जानकारी दिनुभयो । उहाँले हालसम्म ति ३१ स्थानको क्वारेन्टाइनमा बसेको मानिसहरुको स्वास्थ्य अवस्था सामान्य भएको समेत बताउनुभयो ।

You may also like