रोल्पाको विकासमा करिव १ अर्व ५० करोडको नीति तथा कार्यक्रममा परको छ ः प्रधानमन्त्री ‘प्रचण्ड’

मानसिंह बिक
फागुन ६ रोल्पा
रोल्पा जिल्लाको व्यावसायिक कृषि, उद्योग, संस्कृति र पर्यटन क्षेत्रको विकासका लागि प्रथम रोल्पा रोल्पा महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्रीले रोल्पा जिल्लाको विकासका लागि विभिन्न क्षेत्रमा करिव १ अर्व ५० करोडको बजेट तथा कार्यक्रम घोषणा गर्नुभएको छ । उहाँले रोल्पा जिल्लाको युद्ध पर्यटन, शिक्षा, कृर्षि, स्वास्थ्य, सडक, उद्योग, सँस्कृति लगायत विभिन्न क्षेत्रमा सरकारबाट पारित भई सकेको बजेट र आगामी दिनमा सरकारबाट तत्काल गर्न सकिने विभिन्न क्षेत्रका विकास निर्माणका लागि महोत्सवबाटै घोषणा गर्नुभएको हो ।
प्रथम रोल्पा महोत्सवका उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्दै रोल्पा जिल्लाले परिवर्तनको लागि जनयुद्धकाल र शान्तिकालमा योगदान महात्वपूर्ण रहेको बताउँदै रोल्पाको विकासका लागि आफू र नेपाल सरकार जहिले पनि तयार रहेको बताउनुभयो ।
उहाँले जनयुद्धकालमा रोल्पा जिल्लाले खेलेको भूमिकालाई भावनात्मक रुपबाट शुरु गर्दै भन्नुभयो ः–“मैले दशवर्षको जनयुद्धमा सैन्य तथा राजनीतिक मोर्चाको नेतृत्वम रोल्पामै बसेर गरे, जनयुद्धमा तपाईको घरमा तपाईले पठाएको खाना खाए, हामीले जनयुद्ध सफल बनायौँ । जनयुद्ध सफल बनाउनको लागि रोल्पाको अहम भूमिका छ, त्यो मेरो जीवनको लागि निकै उर्जा भयो र जनयुद्ध सफल भयो यसमा रोल्पाबाट शुरु गरिएको क्रान्ति आज विश्वमा चर्चा बनेको छ ।”
अभैm क्रान्तिकारी जनयुद्धको उद्गम रोल्पालाई अझै भावुक र सामित्य सात्दै भन्नुभयोः—“ जनयुद्धकालमा मात्रै होइन, शान्तिकालमा पनि निकै अहम भूमिका रहेको छ, म पनि रोल्पाली जनताको मतबाटै संघीय लोकतान्त्रक गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्री बन्न सफल भएको हु, यो कुरा पनि मैले भुललेको छैन भुलेको हल्ला भ्रम छरिए आफू र रोल्पा बीचको नाता टुताउन खोजेको छन्, तर पनि रोल्पासंग बैचारिक र भावतानात्मक नता कायम छ जो आमूल परिवर्तनको लागि इतिहासमा दर्ज भई सकेको छ ।”
उहाँले रोल्पाले १० वर्षको जनयुद्धमा गरेको परिवर्तनमा निर्वाह गरेको भूमिकालाई न्यायोचित संम्वोधन गरेको बताउँदै रोल्पालाई सम्वोधन गरेको विषयमा “रोल्पा जिल्लाका नेतृत्वहरुप्रति म सम्मान गर्दछु, जो नेतृत्वको एकता र परिचालनबाट सफल भएको हो जनयुद्ध, नेपालमा हाल ५ वटा पद सम्मानीयन छन्, सम्माननीय राष्ट्रपति, सम्माननीय उपराष्ट्रपति, सम्माननीय प्रधानमन्त्री, सम्माननीय सभामुख र सम्मानीय प्रधान न्यायधीश छन् ति मध्ये रोल्पा जिल्लाका नेता, जनसेनाका कमाण्डर रोल्पाली किसानको छोरा नन्दबहादुर पुनमगर पासाङ सम्मानीय उपराष्ट्रपति बन्नुभएकोछ, रोल्पाली सामान्य किसानको छोरी ओनसरी घर्तीमगर सम्मानीय सभामुख बन्नुभएको छ । म पनि रोल्पाबाटै क्रान्ति गरँे, रोल्पालीहरुको मतबाटै पनि मतबाटै प्रधानमन्त्री बनेको छु, अहिलेका उप्रधानमन्त्री एवं अर्थमन्त्री कृष्णबहादुर महरा, पूर्व अर्थमन्त्री युवा नेता वर्षमान पुनमगर लगायतका नेताहरु त्यो परिवर्तनका लागि गरेकोको योगदानको सम्मान हो ।”
उहाँले रोल्पा जिल्लामाम आफ्नो नेतृत्वमै सरकार रहदाँ रोल्पा जिल्लाका विकासका लागि अधितम प्रयास गरेको बताउँदै २०६२ सालभन्दा अगाडिको रोल्पा र हालको रोल्पाबीचमा निकै परिवर्तन भएको बताउँदै रोल्पा यो जनयुद्धमा रोल्पालीले खेलेको भूमिको श्रेय भएको बताउनुभयो ।
सम्बोधनको क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल संविधानले समाजादको कुरातिर दोह¥याएको बताउँदै सपना अनुसार सबैले योजना निर्माण गरी नीति तथा कार्यक्रम पनि समाज उन्मुख हुनुपर्ने बताउनुभयो । उहाँले विकासको नयाँ मोडेलमा काम गरी नेपाल सम्बृद्धको यात्रामा अगाडी बढ्नुपर्ने बताउनुभयो ।
परिवर्तनको अग्रणी भूमिका निर्वाह गरेको रोल्पा, बलिदान त्याग तपस्या गरको रोल्पामा सबै राजनीतिक दलका नेता तथा कार्यकर्ता र आम जनता मिलेर सरकारले प्रदान गरेको बजेटलाई प्रयोग गरी रोल्पाको विकासमा लगाउनको लागि अनुरोध गर्नुभयो ।
प्रधामन्त्रीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रोल्पाको विकासका लागि सरकार तयार तयार रहेको भन्दै भन्नुभयो ः–“लिबाङ माडीचौर हुँदै दारवोट सकडको स्तर उन्नतीका लागि ३५ करोड, लिबाङ धाङ्सी जलजला लगायत ३५ करोड, लिबाङ घर्तीगाउँदेखि जिनाबाङसम्मको लागि १५ करोड बजेटको व्यवस्था गरिएको छ । यसैगरी घोराहीदेखि घर्तीगाउँ सम्मको कालोपत्रेको लागि तत्कालै पूर्णता दिइने छ । यसैगरी होलेरीदेखि थबाङसम्मको शहीदमार्गलाई स्तर उन्नती गर्ने कामका लागि आवश्य बजेट व्यवस्था गरिएको छ, सुलिचौर देखि गामसम्म लगायत अन्य जिल्लाका सडक सञ्जालमा समेत बजेट व्यवस्था गरिएको छ ” उहाँले बहुर्चित फुलिबन थबाङ सडक खण्डको अबरोधको रुपम रहेको सिरक्याङ भिर फोड्नका लागि नेपाली सेनाले काम शुरु गरि सकेको समेत जानकारी गराउनुभएको थियो ।
स्वास्थ्य क्षेत्रको सुधारका लागि प्रधानमन्त्री प्रचण्डले भन्नुभयो ः–“रोल्पा जिल्लाका स्वास्थ्य सेवाको सुधारका जिल्ला अस्पताल रेउघामा रहेको १५ सैयाको जिल्ला अस्पतालाई १०० सैयामा बृद्धी र पूर्वी क्षेत्रका नागरिक सेवालाई ध्यानमा राखेर प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरको स्तरउन्नती लगायतको कार्यक्रममा बजेट विनियोजित गरिएको छ ।”
यस्तै रोल्पामा शिक्षा क्षेत्रमा विकासका लागि जलजला बहुमुखी क्याम्पस रोल्पालाई आंगिंक बनाउने प्रत्रियामामा अगाडि बढाइएको बताउँदै उहाँले भन्नुभयोः–“हाम्रो पार्टीका जिम्मेवार नेता उप प्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महाराले निशुल्क रुपमा प्रदान गरेको जमिनमा प्राविधिक शिक्षाको अध्यापनका लागि कार्य थापना भई पढाईका लागि भौतिक पूर्वाधार बनि सकेको छ, त्यसको विकासका लागि सरकार प्रतिवद्ध नै रहेको छ ।”
उहाँले रोल्पालाई बिद्युतीकरण बारेमा बोल्दै महोत्सवका प्रमुख अतिथि पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भन्नुभयो ः–“रोल्पाली जनताले विद्युतको लागि पैसा उठाएको सुनेको छु, अब यही सरकारको पुरक बजेटबाट उरोल्पाली जनता र रोल्पा उज्यालो कार्यक्रम अन्तर्गत हाल २९ करोड बजेट विनियोजित भइसकेको छ, रोल्पा जिल्लाको माडिखोलाबाट माडी जलजविद्युतको १२.५ मेगावाट माडी जलजविद्युतको लागि कार्य शुरु भइसकेको छ । अब दुई वर्षभित्रमा रोल्पा जिल्लाका सबै गाउँ उज्यालो हुनेछ जनताले पैसा उठाउनु पर्दैन यो पनि घोषणा गर्दछु ।”
उहाँले रोल्पाको बडाचौर एरपोर्ट निर्माणका लागि बजेट अभाव हुन नदिने समेत बताउनभयो । रोल्पा जिल्लाको निर्वाचन क्षेत्रमा २ वटा खेल मैदान निर्माण गरिने र माडीचौरमा रहेको खेल मैदालाई रंगशालामा विकास गरिनेसमेत बताउनुभयो ।
यस्तै रोल्पा पर्यटनको सम्भावना मध्ये पनि जनयुद्धका कारणले युद्ध पर्यटन नै बढी सम्भावना बोकेको बताउँदै भन्नुभयोः– “रोल्पाको सम्बृद्धका लागि युद्ध पर्यटन बलियो आधार हो, रोल्पाको युद्ध पर्यटन अन्य जिल्लासँग तुलना गर्न मिल्दैन र हुन पनि सक्दैन । त्यसैले रोल्पाको गैरीगाउँको टिलामा जनयुद्ध संग्रालय निर्माण गरिनेछ, जनयुद्धको केन्द्रीय आधार इलाका थबाङको फून्टिबाङमा शहीद स्तम्भ, जलजलामा प्राकृतिक तथा धार्मिक पर्यटनको विशेष प्याकेज बनाइएको छ । जंकोटमा मगर संस्कृति संग्रालय, राङ्सीमा युद्ध पर्यटनको नमूना योग्य काम गर्ने, रोल्पा जिल्लामा बनिरहेको शहीद स्मृति संग्रालयको लागि बजेट बजेट व्यवस्था भइसकेको छ, यसको कार्यन्वयमा सबै निकाय लाग्नका लागि अनिुरोध गर्दछु ।” उहाँले जनयुद्धमा सबैभन्दा बढि बलिदान गर्ने शहीद गाउ जेलबाङ र माओवादीको आस्थाको केन्द्र थबाङलाई विशेष कार्यक्रम गरि सम्वोधनको प्याकेज बनाइएको समेत बताउनुभयो ।
उहाँले रोल्पा जिल्लामा कृषि क्षेत्रको विकासका बारेमा बोल्दै भन्नुभयोः–“कृषि क्याम्पस रोल्पाको माडीचौरमा निर्माण हुन्छ, निर्वाचन क्षेत्रमा तरकारी सिट भण्डार, सुलिचौर र घर्तीगाउँमा वीउ विजन सिट भण्डार निर्माण भएको निर्माणका लागि कार्यक्रम अगाडि बढेको छ” उहाँले संवोधनकै क्रममा जनतासँग प्रन्धामन्त्रीको कृषि कार्यक्रमको बारेमा ४५ दिन मित्र त्यसको कार्यक्रम योजना ठोस गरी दिनका लागि अनुरोध गर्दछु ।” साथै प्रचण्डले रोल्पामा पशुपंक्षी मन्त्रालयको पनि जिम्मेवारी बहन गरिरहेकोसमेत बताउँदै रोल्पा जिल्लाका लागि पशु पालन तथा व्यवसायीबारेमा कार्यक्रम प्राथमिकताका साथ अगाडि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
प्रधानन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रोल्पा जिल्ला अल्लोको लागि राम्रो सम्भाना भएको जिल्ला भएको कुरामा भन्नुभयोः–“रोल्पा जिल्ला अल्लोको लागि राम्रो सम्भावना भएको जिल्ला हो, हामीले हाल टोपी पनि लगाएका छौ, त्यसकारणले रोल्पा जिल्लामै अल्लो प्रशोनका लागि निर्वाचन क्षेत्रमा दुइ स्थान र सदरमुकाममा प्रशोधन केन्द्रका लागि बजेट प्रदान गरि सकेको समेत जानकारी गराउँदछु, अल्लोबाट रोल्पालाई चिनाऔँ ।”
नेपालमा सशस्त्र क्रान्तिपछि देशमा संघीयता, गणतन्त्र धर्म निरपेक्ष, राजतन्त्रको अन्त्य, समानुपातिक र वर्गिय, समावेशी, जातीय, लिङ्गीय विभेद न्यूनिकरण भएको बताउँदै यसलाई संस्थागत विकासका लागि आवश्यक अनिवार्य भएको छ ।
उहाँले सरकारको लागि २ वटा कार्यभार रहेको बताउँदै भन्नुभयो– “संविधान सबै राजनीतिक दलहरुको सहभागितामा जारी गरियो, अब त्यस संविधानको कार्यन्वयन पहिलो र परिवर्तनलाई संस्थागत विकास गर्नका लागि देशमा तीन तहको निर्वाचन सम्पन्न गर्नु पर्नेछ ।”
प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भन्नुभयोः–“जसरी राजनीतिक त्रान्ति पूरा भइसकेको छैन, सबै पुर्ण त भएको छैन, यसमा प्रतिगामी शक्तिहरु संविधानलाई अफसफल बताउन लागि रहेका छन्, ति शक्तिलाई असफल पार्नका लागि पनि संविधान कार्यन्वयनका लागि र परिवर्तनका एजेण्डालाई संस्थागत गर्नका लागि स्थानीय तह, प्रदेश र संघको निर्वाचन गर्नु पर्दछ अब सरकार त्यता तिर लागेको छ ।”
उहाँले भन्नुभयोः–“आगामी निर्वाचन सम्पन्नका लागि जनयुद्धमा जसरी भूमिका निर्वाह गर्दै परिवर्तनको प्रमुख श्रेय बनेको त आगामी निर्वाचनको पनि उद्घाटन रोल्पाबाट गर्नुहोस् जहाँ आगामी निर्वाचनको उद्घाटन रोल्पाबाट गर्नुहोस् । रोल्पाबाट फेरी संविधान कार्यन्वयनका लागि एक हुनुहोस विश्वभरी नयाँ शन्देश प्रवाह गर्नुहोस् ।
कार्यक्रमका विशिष्ट अतिथि एवं उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महाराले आफ्नो विगतलाई स्मरण गर्दै भन्नुभयोः–“आफूले विद्यालय पढ्दै गर्दा यो टुडिखेल मकैबारी हुन्छ थियो तर हाल यो विकास भएको छ । यो विकासको गति हेर्दा निकै विकास भएको छ तर पनि हाम्रो अपेक्षा र आवश्यकता धेरै छन् । यो विकासक्रममै छ हामी सपना साकार पार्नका लागि लागौँ । ”
रोल्पा जिल्लाको विकासका लागि महोत्सवलाई विकासक कार्यक्रममा जोडनुपर्ने बताउँदै यो महोत्सवलाई अबसरको रुपमा उपयोग गर्न आफूले सल्लाह दिएको बताउनुभयो । उहाँले रोल्पा जिल्लामा आएको विकास आएको विकास सहमति नै भएको बताउनुभयो ।
उहाँले विकासका बारेमा भन्नुभयोः–“हामी सबै सहमतिमा गर्नुपर्दछ, कहिलेकाही जिल्लाको विकासकाका लागि आफूलाई कहिलेकाही आफ्नो भन्ने लाग्छ, त्यो स्वभाविक हो, कहिले रोल्पा आउँछु, यो मेरो राजनीतिक क्षेत्र हो, कहिले म लिबाङमा आउँछु यो मेरो जन्म स्थान हो, तर पनि म फेरी समग्रतामा नेपालको बिकासका लागि एक हुनुपर्दछ ।” उहाँले नेपालको सम्बृद्धको लागि आफ्नो सपना भएको बताउँदै गाउँ र नगरबाट सम्बृद्धी सपना साकारका लागि आवश्यक भएको बताउनुभयो ।
उहाँले रोल्पा जिल्लाको विकासका लागि प्रधामन्त्री निकै लागि परेको बताउँदै भन्नुभयो ः–“अघि प्रधानमन्त्रीले सम्बोधनको क्रममा बोलेको कुरा नै सत्य हुन् । म त्यता तिर जानुभन्दा पनि उहाँले बोलेको कुरालाई कार्यन्वयन गर्नुपर्ने मेरो कतव्य हो म प्रतिवद्ध छु । ”
सबैको अग्रज मानिने अर्थमन्त्री महराले “मन खोलेर दिल फुकाएर कार्यक्रम लिन्छु, तपाईहरु मिलेर सम्बृद्ध रोल्पाको सपनाका लागि एक होै । हामीले विकासका लागि गाम वा दुविङ होस् हामीले विकास गरौँ रोल्पाको सपना सम्बृद्धको लागि हो । रोल्पा जिल्लाको सम्बृद्धको लागि कसैको विमती छैन । ”
उहाँले आफू सहमतिको पक्षमा रहेको बताउँदै आफूलाई सबैले अभिभावकको रुपमा मानेको बताउँदै यसमा धन्यवाद व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो ः–“ मलाई रोल्पाका रोल्पाका सबै पार्टीका विकासप्रेमी नेता तथा कार्यकर्ताले अभिावक मान्नुभयो, मलाई अभिभावक मान्दा मैले अभिभावकै भूमिका निर्वाह गर्नुपर्दछ । यहाँ उपस्थित नेताहरु आधाभन्दा बढी विद्यार्थी पनि हुनुहुन्छ, विगतको स्मरण गर्दै भन्नुभयोः–“मैले बालकल्याणमा १० वर्ष पढे १२ वर्ष पढाएको थिए । मलाई सबैले गुरुको जिम्मेवारी बहन गरदिनका लागि सबै पार्टीका नेताहरुले भन्नु भएको छ मेरो भूमिकालाई कत्ति पनि कम हुन दिदैन । त्यसैले रोल्पामा विमति भयो भने पनि म रोल्पाको विकासका लागि सबै पार्टीलाई सहमति गराउने मेरो जिम्मेवारी हो । रोल्पामा भएमा रोल्पामा होइन भने म केन्द्रमा सहमति खोज्दु र जिल्लामा पनि सहमति खोज्छु । हालसम्म सहमतिका लागि सबैले दिनुभएको भूमिकालाई मैले निर्वाह गरिरहेको छ ।”
उहाँले ५ नं. प्रदेशको विषमाय यसमा अलि फराकिलो बन्नका लागि अनुरोध गर्दै भन्नुभयोः–“यसमा धेरै चिन्ता नगर्नुहोस् बल्ल टेवलमा प्रवेश पाएको छ, यसमा बहस हुन बाँकी छ । मेरो धारणामा भनेको कुनै पनि हालमा सबै अधिकार गाउँ पालिकामा गएका छन् गाउँपालिका नै बलियो हुन्छ, हामीले रोल्पालाई अन्याय हुने निर्णय गर्ने छैनौ ।”
उहाँले बलियो जनताको राष्ट्रवादमा आफू उभिएको बताउँदै संघीय गणतन्त्रको कार्यन्वयन गर्दै जनवादी क्रान्ति, समाजवाद उन्मुन दिशामा अगाडि बढ्नु पर्ने बताउनुभयो । “केही समयसम्म सम्बृद्धको लागि एक हुन जरुरी छ । सहमतिको सँस्कारलाई विकास गरौँ । हामी सबै जिल्ला बनाआँै देश निर्माण गरौँ । ” उहाँले रोल्पा विगतको द्वन्द्वमा समग्र सबै विचार आस्था राख्नेहरुको बलिदान र विरताको कारणबाट सबैको प्राथमिकतामा परेको छ, फेरी पनि रोल्पा विश्वको अगाडि शान्ति तथा विकास निर्माणका लागि अब पनि रोल्पा जिल्लामा सम्बृद्धको लागि एक भएर रोल्पालाई शान्ति तथा सम्बृद्ध रोल्पा भनेर चिनाउनु पर्ने बताउनुभयो ।
उहाँले प्रधामन्त्री प्रचण्डले भन्न छुवाएमा माडी जलविद्युतमा १० करोड रुपैया छुत्याइएको र स्यूरीमामा लुङ्गीबाट उत्पादनका लागि सर्बे भइसको र माडी जलविद्युत निकालेर सो पानीलाई दाङमा सिचाई गर्नका लागि एकीकृत योजना निर्माण भइसकेको बताउनुभयो ।
महराले करिव सम्झौता भएको ८ वर्ष वितिसकेको माडीखोलाको पुलको बारेमा चर्चा गर्दै भन्नुभयोः–“ माडि खोला पुल निर्माणका लागि लाज मर्दाे भएको छ, त्यसको लागि प्रक्रिया अगाडि बढाउनु पर्नेछ म रोल्पाबाट फर्किेन क्रममा सडक डिभिजन कार्यालय प्यूठानमा पसेर डिभिजन प्रमुखसँग भेटेर प्रक्रियालाई अगाडि बढाउनु पर्दछ म त्यो कुरा अनिवार्य रुपमा गर्दछु । ”
नेकपा (माओवादी केन्द्र) का कार्यालय सदस्य नेकपा माओवादीले गरिरहेको एकीकृत जनक्रान्ति भन्दै थबाङमा सञ्चालन सम्मेलनबारे उहाँले माओवादी विभाजितले प्रक्रियावादीहरुलाई फाइदा पुगेको बताउँदै हाल विद्रोहको कुराले यथास्थितिबादीलाई सहयोग गर्ने भन्दै यसतर्फ सचेत बन्नका लागि आग्रह गर्नुभयो ।
उहाँले संविधान संशोधन नगरेमा तराईका सिके रावतको विषयले प्राथमिकता पाउने खतरा पनि छ त्यसैले गर्दा संविधान संशोधन गरी सबैलाई एक बनाएर लग्नु पर्ने बताउनुभयो ।
उहाँले “गाउँपालिकामा विकास बजेट बृद्धि हुन्छ हामीले ७ सय १९ गाउँपालिकामा नै विकास बजेट पठाई दिन्छु, रोल्पामा पनि म पठाई दिन्छु, तपाईहरु विकास गर्नुहोस् निर्वाचनमा जित्नुहोस् । कस्ले जित्नु हुन्छ, जनताको लागि काम गरे चुनाव जित्नुहोस । सबैलाई खुल्ला छ ”
उहाँले सबै राजनीतिक दलका नेताहरुले खेलेको भूमिका सम्मान योग्य भएको बताउँदै आगामी दिनमा पनि रोल्पाको सम्बृद्धको लागि सबै एकहुन अनुरोध गर्नुभयो ।

वर्षमान पुनमगर (अनन्त)
पूर्व अर्थन्त्री वर्षमान पुनमगरले देशका युवाहरुलाई नेपालको विकासका लागि लागि युवा मैत्री कार्यक्रम लिनुपर्ने बताउनुभयो । देशको बिकासका लागि कृषि, शिक्षा, भौतिक पूर्वाधार, पर्यटनका लागि माओवादी हरदम तयार भएको बताउनुभयो । उहाँले देशको जल र जमिनलाई प्रयोग गरेर देशलाई सम्बृद्ध बनाउनु पर्ने धारणा बताउनुभयो ।
वर्षमान पुनमगरले भन्नुभयोः–“राजनीतिक परिवर्तनका लागि रोल्पाले अहम भूमिका निर्वाह गरेको रोल्पामा विकासका लागि आफू अर्थमन्त्रीको जिम्मेवारीमा रहेको बेलामा बजेट अत्याधिक रुपमा आएको रोल्पाको सडक, शिक्षा, स्वास्थ्य तथा भौतिक पूर्वाधार, कृषि, पशु पालनमा आएको केही परिवर्तन भएको छ । ” उहाँले भन्नुभयो “रोल्पा जिल्लाको भौतिक विकासका लागि सबै एक भएर लागेमा हाल पनि प्रचण्डको नेतृत्वमा सरकार हुँदा, रोल्पा जिल्लाका सबैको प्रिय अग्रज नेता कृष्णबहादुर महरा अर्थमन्त्री भएको यति बेलामा रोल्पामा बजेट अत्याधिक परेको छ, तपाईहरु सबैले दिल खोलेर रोल्पाको लागि काम गर्नुहोस् हामी जिल्लाको किासका लागि तयार नै छौँ । फ्रिज बनाउने काम तथा प्रवृत्तिको सबै मिलेर खवदारी गर्नुहोस । ”
अमर सिंह पुनमगर सभाषद
नेपाली कांग्रेसका सांसद अमरसिंह पुनमगरमले रोल्पा जिल्लाको विकासका लागि प्रधानमन्त्री, अर्थमन्त्रीले देखाएको विकासवादी धारणाको स्वागत योग्य भएको बताउँदै निस्वार्थ भावमा विकास भएमा जिल्लामा सहयोग गर्न तयार भएको बताउनुभयो । साथै उहाँले रोल्पाले जनताको पक्षमा विगतदेखि काम गर्दै आएको आगामी दिनमा पनि जनताको पक्षमा नै रहेको बताउनुभयो ।
उहाँले रोल्पाली जनताको बिकासका लागि कुनै पनि राजनीतिक स्वार्थपूर्तिका लागि नभई पवित्र विकास निर्माणका कार्यहरु कार्यन्वयन गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयोः“ रोल्पा जिल्लाका रणनैतिक सडकको विकास, शिक्षा, स्वास्थ्य, लगायत जनतकाको विकासमा रोल्पाका प्रिय नेता अर्थमन्त्री कृष्णबहादुर महाराको नेतृत्वमा भइरहेकोले आफूले पनि सहयोग गर्दै आइरहेको र आगामी दिनमा पनि सहमति र सहकार्यको बाटोबाट अगाडि बढ्ने बताउनभयो । तर कसैले कार्यकर्ताको व्यवस्थापनका लागि बजेट लिएको भए त्यसको विरुद्धमा लाग्ने बताउनुभभयो ।
उहाँले रोल्पा जिल्लाको विकासका लागि सबै एक हुनु पर्ने र जिल्लामा सरकारले गरेको नीति तथा कार्यक्रमलाई कार्यन्वयन गर्नु पर्ने आफू जिल्लाको समग्र विकासका लागि तयार रहेको बताउनुभयो ।

महोत्सवको उद्घाटन समारोहमा जिल्ला अदालत न्यायिधीश कोमलप्रसाद ज्ञावाली, प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराई, स्थानीय बिकास अधिकारी सुशिल बैद्य, नेपाली कांग्रेस रोल्पाका उपसभापति किशोर आचार्य, नेकपा एमाले रोल्पाका अध्यक्ष हरीप्रसाद घर्तीमगर, नेकपा (माओवादी केन्द्रका अध्यक्ष सुरेन्द्र थापा घर्ती, रा.ज.मो.रोल्पाका अध्यक्ष मेघनाथ विष्ट, क्रन्तिकारी माओवादी पार्टीका जिल्ला सेक्रेटरी कुमार शाह, मंगोल अर्ग नाइर्जन रोल्पाका अध्यक्ष लालमनी घर्तीमगर, प्यूठान उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञामुराम न्यौपाने, चितवन उद्योग वाणिज्य संघका राजन गौतम, नेपाली कांग्रेसका पूर्व सभापति कृष्णबहादुर घर्तीमगर, अधिवक्ता माधव आचार्य, नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष महेश न्यौपाने, अधिवक्ता जितविक्रम मल्ल लगायतले शुभकामना मतव्य राख्नुभएको थियो ।
कार्यक्रममा सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख तथा प्रधिनिधी लगायतका पत्रकार, सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा महोत्सव मूल आयोजक समितिका संयोजक एवं उद्योग वाणिज्य संघ रोल्पाका अध्यक्ष बालकृष्ण सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महोत्सव मूल आयोजक समितिका सदस्य सचिव दिपेन्द्र डिसीले सञ्चालन गर्नुभएको थियो । महोत्सवका प्रमुख अतिथि प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’, विशिष्ट अतिथि, सहयोगी निकाय तथा विभिन्न कार्यक्रममा सहभागि तथा मिडिया सहयोगी लगायत सबैलाई उद्योग वाणिज्य संघ रोल्पाका उपाध्यक्ष विश्व कुमार चन्दले धन्यवाद व्यक्त गर्नुभएको थियो ।
महोत्सवमा लोक दोहरी प्रतिष्ठान रोल्पा शाखा, सुनछहरी कला केन्द्र, तुलसी आ.मा.वि., होलीभिजन आ.मा.वि., बाल कल्याण मा.वि. लगायतले सास्ँकृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । विभिन्न समूह, विद्यालय, समूह लगायतले झाँकीहरु समेत प्रस्तुत गरेका थिए ।

You may also like