त्रिवेणी ७ गैरीगाउँमा सामुदायिक बनले ७७ परिवारलाई राहत

त्रिवेणी ७ गैरीगाउँमा सामुदायिक बनले ७७ परिवारलाई राहत
रेशम बुढामगर
बैशाख १ गैरीगाउँ


कोरोना भाइरस (कोभिड १९) संक्रमण रोक्नका लागि गरिएको लक डाउनको बेलामा रहेको विपन्न परिबारलाई त्रिवेणी ७ गैरीगाउँ गाङमा रहेको पीढीखोला सामुदायिक वनउपभोक्ता समूहले वडाकार्यालकयो समन्वयमा ७७ घर परिवारलाई आइतबार राहत वितरण गरेको छ ।
लामो समयसम्म लक डाउन हुँदा विपन्न परिवारलाई खाद्यन्नको अभाव रेहेकोेले आफ्नै सामुदायिक वन भित्रका मानिसहरुलाई नै राहत वितरण गरेको सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कुलप्रसाद बुढामगरले बताउनुभयो । वडा अध्यक्ष भानबहादुरले विपन्न तथा आर्थिक रुपमा विपन्न घरधुरीलाई नै राहत दिदा सकरात्मक भएको बताउनुभयो ।
७७ घर परितवारलाई वितरण गरिएको रहात वितरणमा १५ घर परिवारलाई चालम र अन्यलाई नुन र तेल तिवरण गरएको त्यहाँबाट रेशम बुढामगरले बताउनुभएको छ ।
यसैगरी वडा सदस्य खेम बावु राजा डिसीले १५ हजार बरावरको १ हजार वटा माक्स त्रिवेणी ७ मा आफूले वितरण गरेको समेत रेशम बुढाले जानकारी दिएका छन् । यसरी गाउँमा रहेका विपन्नहरुलाई राहत दिदाँ राम्रो त हुन्छ तर पनि यसलाई बास्तविक पीडितलाई राहत दिएमा अझै राम्रो हुन्छ ।

You may also like