हाब्रे संरक्षण गर्नु हामी सबैको कर्तव्य होः जिल्ला कार्यक्रम संयोजक बाल कृष्ण के.सी.

बाल कृष्ण के.सी. 

 हाब्रे संरक्षण जिल्ला कार्यक्रम संयाेक 
यस जिल्लाको सुनछहरी गाउँपालिका र थबाङ गाउँपालिकामा मान अधिकार सचेतन् केन्द्र (हुरेक) नेपाल रोल्पा र रेडपाण्डा नेटवर्कका आर्थिक सहयोगमा पश्चिम नेपालको सामुदायमा आधारित हाब्रे संरक्षण कार्यक्रम सञ्चालन भई रहेको छ । ति दुई स्थानीयतहमा हाब्रे संरक्षणका विभिन्न गतिवधिहरु सञ्चालन हुँदै छन् । जिल्ल्ला कार्यक्रम संयोजक बालकृष्ण के.सी.सँग हाब्रे संरक्षण कार्यक्रमको उद्वेश्य, हालसम्मको उपलब्धि, आगामी कार्य योजना, यसको संरक्षणबाट पर्यावरणीय र पर्यटनमा क्षेत्रमा प्रभाव, कानुनी व्यवस्था, चुनौती सहितका अन्य विषयवस्तुमा रोल्पा समाचार राष्ट्रिय साप्ताहिक पत्रिकाको कार्यकारी सम्पादक रेशम बि.क.ले गर्नुभएको कुराकानी प्रस्तुत गरिएको छ ।
१. पत्रिकाको तर्फबाट हार्दिक स्वागत छ ।
धन्यवाद !
२. यस जिल्लामा हाब्रे संरक्षण कार्यक्रम सञ्चालन गर्नुको उद्वेश्य के–के हुन् ?
१) दुर्लभ जनावर संरक्षण गर्ने
२)  (IUNMEndongered)

३) संरक्षित जीवः Npwc-1973

४) ठाउँको पहिचान बनाउन
५) पर्यटन प्रर्वद्वन
६) पाचन प्रणालीको संरचनामा मांसाहरी जस्ता भएपनि शाहकारी भएकोले अनुसन्धानको लागी महत्व
३. कार्यक्रम कुन–कुन निकायसँगको समन्वय सहकार्य, समन्वयमा कार्यन्वयन हुँदै छ ?
१) सहयोगः ICFC- Canada-

FONDATIONO SEGER
२) रेडपाण्ड नेटकर्वको आर्थिक सहयोग र मानव अधिकार सचेतन् केन्द्र (हुरेक) नेपाल रोल्पाको साझेदारीमा यो कार्यक्रम सञ्चालनमा छ ।
४. कार्यक्रमको हालसम्मको उपलब्धिहरु के–के हुन् ?
१) रेण्डपाण्डा संरक्षरण सम्बन्धि जनचेतनाको अभिवृद्व ।
२) रेण्डपाण्डाको बास्थापन थाहा भएको र थप संरक्षणका लागी प्रावधानहरु अगाडि बढेको ।
३) सामुदायिक वन उपभोक्ताबाट वन अभिभावक छनौट गरी संरक्षणमा थप टेवा पुगेको ।
५. सन् २०२० मा कति वजेट विनियोजन भएको थियो ?
सन् २०१९मा रु १५ लाख १३ हजार ८४० र सन् २०२०को लागि रु ३५ लाख विनियोजिटको सम्भावना छ ।
६. यस समवधिमा कस्ता–कस्ता कार्यक्रम तय भएका छन् ?
१) रेडपाण्डाको विस्तृत वेस लाइन सबै ।
२) वन अनुगमनको लागि सामुदायिक वन उपभोक्ताहरुसँग छलफल ।
३) वन अभिभावकहरुको लागि रेडपाण्डा शिकारी विरुद्व अनुगमन तालिम ।
४) स्थानीय वन उपभोक्ता तथा सहित अन्य सरोकारवाला निकायहरुसँग हाब्रे संरक्षण सम्बन्ध् िपरामर्श ।
५) विद्यालयहरुमा इको बाल क्लव समूह गठन ।
६) अन्तर्राष्ट्रिय हाब्रे संरक्षण तथा वातावरण दिवसको आयोजना ।
७) हाब्रे संरक्षण सम्बन्धि सूचना पाटि तयार ।
८) स्थानीयत वन उपभोक्ता र गोठालाहरुलाई रेडपाण्डा संरक्षण सम्बन्धि गोष्ठी ।
९) स्थानीयत जनप्रतिनिधिका लागि प्राकृति स्रोत साधन व्यवस्थापन सम्बन्धि तालिम ।
१०) पत्रकारहरुका लागि जैविक विधिता संरक्षक सम्बन्धि तालिम ।
११) पानीको स्रोतको पहिचान र संरक्षण ।
१२) वन फँडानी भएको ठाउँको अनुगमन र वृक्ष रोपन ।
१३) भुस्या कुकुरको लागि खोप ।
१४) जनचेतनाको लागि रेडपाण्डा संरक्षण सम्बन्धि रेडियोबाट सूचना प्रसार ।
७. ति क्षेत्रमा हाब्रेको अवस्था कस्तो छ ?
क) हाब्रेको बास स्थान प्रयाप्त भएको र स्थानको नियमित अनुगमन र संरक्षण सम्बन्धि थप फैलिएमा अझै यसको संरक्षणमा टेवा पुग्ने ।
ख) हाब्रेको बास स्थापन भएको ठाउँमा घरपालुवा जनावरको चरिचरण भएकोले प्रत्यक्ष रुपमा हाब्रेलाई देख्न नसकिएको हुँदा चरिचरण बन्द गरेपछि हाब्रेको प्रत्यक्ष अवलोकनमा टेवा पुग्ने ।
८. हाब्रे संरक्षणमा पर्यावरण सँगसँगै पर्यटनका लागि कस्तो सहयोग पुग्छ ?
क) आन्तरिक बाह्य पर्यटकको आगमनले गर्दा स्थानीय बासीको जीवन स्तर परिवर्तनमा सहयोग ।
ख) सोकको रुपमा पर्यटकहरु भित्रिने (फोटो फिचरको लागि)
ग) होमस्टे स्थापनामा सहयोग पुग्ने ।
९. यसलाई कुन–कुन नामले चिन्छ ?
यसलाई हाब्रे, नौटोटे, निधाले बाघ नामले चिन्छ ।
१०. हाब्रेको बास स्थानको दृष्टिकोणले यस जिल्लाको कुन–कुन ठाउँ सम्भावित छ ?
यसको बास स्थानको दृष्टिकोणले यस जिल्लाको थबाङ गाउँपालिका, सुन्छहरी, रोल्पा नगरपालिका सहितका अन्य अग्ला ठाउँहरु हुन् ।
११. यो कार्यक्रम जिल्लाको अन्य स्थानीयतहमा पनि सञ्चालनको लागि कस्तो पहल हुँदै छ ?
सर्वप्रथम त यस कार्यक्रमबाट हाब्रे पाउन सकिने सम्भावित ठाउँहरु छनौट गरी त्यहाँ बेसलाइन सर्वे भएको छ, जसले तय गर्दछ । त्यहाँ बास स्थान कस्तो छ, हाब्रेको लागि प्रयाप्त मात्रमा स्रोतहरु छ कि छैन त्यस पश्चात् अन्य कामको शुरुवात हुनेछन् ।
१२. हालसम्म यसको संरक्षणका लागि स्थानीयबासीहरुको भूमिका कस्तो रह्यो ?
हाब्रेको विस्तृत जानकारी प्राप्त गरि सकेपछि, पछिल्लो समयमा कार्यक्रम क्षेत्रका स्थानीय बासिहरुमा चाहि हाम्रै हो । हामीले नै संरक्षण गर्नु पर्दछ भन्ने भावनाको विकास हुँदै गरेको पाइन्छ ।
१३. कुन–कुन कारणले हाब्रे लोपउन्मुख अवस्थामा पुग्यो ?
क) आगलागि÷वन डढेलो ।
ख) विभिन्न कारणले बास स्थान विनाश ।
ग) पूर्वाधार निर्माण ।
घ) अत्याधिक मात्रमा निगालोको प्रयोग ।
ङ) निगालो फुल्नु ।
च) अन्य जंगलि जनावर मर्नका लागि राखिएको पाशोमा पर्नु ।
छ) चोरी निकाश ।
ज) संरक्षक सम्बन्धि जनचेतनाको अभाव ।
१४. नेपालमा हाब्रेको सिकार तथा ओसार प्रसारको अवस्था कस्तो छ ?
नेपालको सन्र्दभमा पश्चिम नेपालका हिमाली भू–भागमा जनचेतनाको कमीले यसको शिकार । भएको पाइन्छ । सन् २००८ देखि २०१८ सम्म काण्ठमाण्डौंमा ७० ओटा छाला वरामद भएका छन् । २० उमेरदेखि २९ वर्षसम्मका समूहका मान्छेहरु यो पेशमा संलग्न हरेका छन् ।
१५. कुन–कुन कार्यका लागि यसको सिकार तथा ओसार प्रसारको पाइन्छ ?
क) मासुको प्रयोग ।
ख) गलत बुझाईले (बहु मूल्य जनावर) सम्झेर प्रयाजसो शिकार गरेको पाइन्छ ।
१६. हाब्रे संरक्षण कार्यक्रम प्रभावकारी बनाउनको निम्ति कस्तो पहल हुँदै छ ?
क) स्थानीय उपभोक्ताहरुसँग छलफल रेडपाण्डा संरक्षण सम्बन्धि ।
ख) थप प्रभावकारी बनाउने हामीले निम्न ४ ओटा तहमा आवद्व रहेर काम गरी रहेका छौं ।
१) शिक्षा तथा जनचेतना
ख) अनुमगन तथा अनुसन्धान
ग) व्यवस्थापनको व्यवस्था
घ) दीगो जीविकोपार्जन
जसले गर्दा वनको निर्भरतामा कमी आउने छ ।
१८. हालसम्मका चुनौतिहरु के–के हुन् ?
क) संरक्षण सम्बन्धि संस्थाको लगानी र उद्वेश्य निश्चित समयका े लागि हुने भएकोले हाब्रेको संरक्षमा स्थानीय बासी आफै अग्रसर भई संरक्षण जुटेमा पक्कै पनि प्रभावकारी बन्ने छ ।
१९. यसको संरक्षणका लागि सरकारले प्रयासहरु के–के छन् ?
क)IUNCN को सूचिमा राखेको
ख) CITES अनुसुचि १ मा राखेको
ग) कुनै पनि व्यक्तिले यसलाई नियन्त्रणमा राखेमा वा शिकार गरी ओसार प्रसार गरेको पाइएमा रु १ लाखदेखि १० लाखसम्म जरिवाना वा १ वर्षदेखि १५ वर्षसम्मको कैद वा दुवै सजायको व्यवस्था छ ।
२०. अन्तिममा केही कुरा छुटेका छन्, कि ?
सर्वप्रथम रेडापाण्डा नेटवर्कबाट हाब्रे संरक्षणका लागि यस जिल्लाको सुन्छहरी र थबाङ गाउँपालिकामा सञ्चालित गरिएका विभिन्न गतिवधिहरु पत्रिका पाठकसम्म पु¥याउने अवसर दिएको पत्रिका परिवारलाई आभार व्यक्त गर्दछु । साथै आगामी दिनमा पनि यस्तो आवसरको अपेक्षा गर्दछु । यसको संरक्षणमा सम्बन्धि सम्पूर्ण सरोकारवाला निकायहरुले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोगी भूूमिका निर्वाह गर्दै आउनु भएको छ । सोही अनुसार आगामी दिनमा पनि यस्तै सहयोगी भूमिकाका लागि म अनुरोध गर्दछु ।

You may also like