१४ औं वार्षिक उत्सवका लागि विभिन्न समिति गठन

२५ पुस
लिबाङ–रोल्पा ।


रोल्पा समाचार राष्ट्रिय साप्ताहिको पत्रिकाको १४ औं वार्षिक उत्सव सम्पन्नका लागि आज बैठक सम्पन्न भएको छ । पत्रिकाको प्रकाशन÷सम्पादक मानसिंह विश्वकर्माको अध्यक्षतामा सम्पन्न बैठकले २०७६ साल माघ महिनाको २ गते बिहिबार नव निर्मित भवनको प्राङ्गनमा सम्पन्न गर्ने निर्णय पारित गरेको छ ।


कार्यक्रमको प्रमुख अतिथि संघीय सरकार उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन ‘अनन्त’, प्रतिनिधि सभा सदस्य एवं पूर्व सभामुख ओनसरी घर्ती, ५ नं. प्रदेश सरकार नेपाल आन्तरिक मालिला तथा कानुन मन्त्री कुलप्रसाद के.सी, प्रदेश सभा सदस्य दिपेन्द्र पुन, नेपाल पत्रकार महासंघ केन्द्रीय अध्यक्ष गोविन्द आचार्य, प्रेस काउन्सिल नेपालको कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठ, जिल्ला समन्वय समिति रोल्पा प्रमुख राजबहादुर बुढा, यस जिल्लाका दश ओटै स्थानीयतहका प्रमुख/अध्यक्ष, जनप्रतिनिधि, जिल्ला प्रशासन कार्यालय रोल्पा, सरकारी कार्यालयका प्रमुख, संघ सस्थाका प्रमुख/अध्यक्ष सहित अन्य सरोकारवाला निकायहरुलाई वार्षिक उत्वसमा आतिथ्यताका लागि निमन्त्रणा पत्रचार गर्ने निर्णय पारित बैठकले गरेको छ ।

प्रमुख अतिथि पुनद्वारा पत्रिकाको नव निर्मित भवन उद्घाटन, ‘पुरस्कार वितरण’ तथा सम्मान कार्यक्रम तय भएको छ । साथै बैठकले पत्रिकाको प्रकाशक/सम्पादक मानसिंह विश्वकर्माको संयोजकत्वमा प्रचार प्रसार समिति, खुबिना सुनावरी मगरको संयोजकत्वमा कार्यक्रम व्यवस्थापन समिति, अस्मिता बुढामगरको संयोजकत्वमा अतिथि सत्कार समिति, नन्दबहादुर बि.क.को संयोजकत्वमा मेष व्यवस्थापन समिति, युगान्त बुढा मगरको संयोजकत्वको मञ्च तथा सांस्कृति व्यवस्थापन समिति समेत गठन समेत गरेको छ । रोल्पा समाचार राष्ट्रिय साप्ताहिक पत्रिका, न्यू रोल्पा स्टेशनरी पसल, रोल्पा अपसेट प्रेसमा कार्यरत कर्मचारीहरुको सहभागिता सम्पन्न बैठकले वार्षिक उत्वस भव्य सम्पन्नका लागि विभिन्न सरोकारवाला निकायहरुसँग सहकार्य समन्वय गर्ने प्रकाशक÷सम्पादक विश्वकर्माले बताउनुभयो ।

You may also like