लोकतान्त्रिक राष्ट्रिय मगर मोर्चा, नेपाल रोल्पाको एकता भेला एवं सपथ ग्रहण

समाचारदता
पुस ९ गते


लोकतान्त्रिक राष्ट्रिय मगर मोर्चा, नेपाल, रोल्पा जिल्ला समिति रोल्पाको एकता भेला तथा सपथ ग्रहण कार्यक्रम सोमबार सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं रोल्पा जिल्ला इन्चार्ज दिपेन्द्र कुमार पुनमगरले नेपालको सबै खाले विभेदको अन्त्य भएमा मात्रै मगर समुदायको पनि मुक्ती हुने बताउँदै त्यसलाई राजनीतिक रुपमा हल गर्दै सबैलाई मुक्ति दिनु पर्ने धारणा राख्नुभएको थियो । उहाँले पार्टी एकतालाई पूर्णता अब गाउँ टोलमा सम्पूर्ण पार्टी र जनवर्गिय संगठनहरुको एकताले मबजुत बनाउने बतानुभयो ।


उहाँले नेपालका दुई ठूला कम्युनिष्ट पार्टीको एकताले जनतालाई आशा र भरोषाको केन्द्र बनेकोले त्यसलाई पूरा गर्नुपर्ने बताउनुभयो । उहाँले सबै समुदायको सहभागितामामात्रै नेपालको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा जनताको अभिभारा पूरा गर्नुपर्ने बताउनुभयो । उहाँले रोल्पा जिल्लामा आफ्नो संगठनलाई एकीकृत र सुद्धित गर्नुपर्ने बताउनुभयो ।
लोकतान्त्रिक राष्ट्रिय मगर मोर्चा नेपालका केन्द्रीय कार्यालय सदस्य एवं प्रदेश नं. ५ का इन्चार्ज लिला रानामगरले मगर समुदायका लागि विगतको राज्य परिवर्तनका लागि ठूलो योगदान गरेको बताउँदै आगामी दिनमा पनि परिवर्तनका लागि सधै अगाडि बढ्नुपर्ने बताउनुभयो । रानाले आन्दोलनका उपलब्धीलाई समुदाय एक हुनुपर्ने बताउनुभयो ।


कार्यक्रममा लोकतान्त्रिक राष्ट्रिय मगर मोर्चा नेपालका केन्द्रीय कार्यालय सदस्य एवं प्रदेश सयोजक धनबहादुर पुनमगर, लोकतान्त्रिक राष्ट्रिय मगर मोर्चा नेपालका केन्द्रीय कार्यालय सदस्य एवं प्रदेश सह संयोजक भुवन रानामगर, लोकतान्त्रिक राष्ट्रिय मगर मोर्चा नेपालका केन्द्रीय केन्द्रीय सचिवालय सदस्य बालाराम बुढामगर, लोकतान्त्रिक राष्ट्रिय मगर मोर्चा नेपालका केन्द्रीय सदस्य एवं रोल्पा जिल्ला इन्चार्ज सावित्रा बुढामगर लगायतले शुभकामना मनतव्य राख्नुभएको थियो ।
कार्यक्रममा नेपाल कम्युनिष्ट (नेकपा) प्रदेश कमिटी सदस्य राजबहादुर बुढामगर, नेपाल कम्युनिष्ट पार्टी रोल्पाका जिल्ला अध्यक्ष सुरेन्द्र थापा घर्तीमगर, नेकपा रोल्पाका सचिव हरीप्रसाद घर्तीमगर, लोकतान्त्रिक राष्ट्रिय मगर मोर्चा नेपालका केन्द्रीय कार्यालय सदस्य एवं प्रदेश सयोजक धनबहादुर पुनमगर, लोकतान्त्रिक राष्ट्रिय मगर मोर्चा नेपालका केन्द्रीय सदस्य बालाराम बुढामगर, लोकतान्त्रिक राष्ट्रिय मगर मोर्चा नेपालका केन्द्रीय सावित्रा बुढामगर, लोकतान्त्रिक राष्ट्रिय मगर मोर्चा नेपालका केन्द्रीय हरीसरा घर्तीमगर, नेकपा प्रदेश कमिटी सदस्य एवं नेपाल दलित मुक्ति मोर्चा नेपालका केन्द्रीय सदस्य कर्मलाल परियार, लोकतान्त्रिक राष्ट्रिय मगर मोर्चा नेपालका केन्द्रीय सदस्य एवं रोल्पा जिल्ला सहइन्चार्ज शेरबहादुर बुढामगर, अखिल नेपाल किसान संघ केन्द्रीय सदस्य ऋषिराम रोकामगर, प्रेस संगठन नेपालका प्रदेश समितिका सह–संयोजक मानसिंह विश्वकर्मा, लोकतान्त्रिक राष्ट्रिय मगर मोर्चा नेपालका प्रदेश समिति सदस्य देउकला घर्तीमगर, नेकपा रोल्पा जिल्ला समिति सदस्य मनसिंङ डाँगी, लगायतको उपस्थित रहेको थियो ।
कार्यक्रममा लोकतान्त्रिक राष्ट्रिय मगर मोर्चा नेपाल जिल्ला कार्यदल रोल्पाको संगठन एकताका लागि गरिएको प्रगतिको बारेमा जिल्ला भेलामा जिल्ला संयोजक कर्णबहादुर बुढामगरले प्रस्तुत गर्नुभएको थियो । भेलामा केन्द्रीय कमिटिको सर्कुलर र प्रदेश कमिटिको सर्कुलर समेत बाचन गरिएको जिल्ला संयोजक कर्ण बुढामगरले बताउनुभयो । कार्यक्रममा जिल्ला समितिका पदाधीकारी तथा जिल्ला सदस्यहरुलाई प्रदेश समितिका इन्चार्ज लिला रानामगर सपथ ग्रहण गराउनु भएको थियो ।
कर्णबहादुर बुढामगर, सह–संयोजक लोकेन्द्र बुढामगर, गंगादेव गाउँपालिका विजय घर्तीमगर, मिलन घर्तीमगर, माडी गाउँपालिकाका भक्तबहादु बुढा, घनबहादुर घर्तीमगर, परिवर्तन गाउँपालिकाबाट रनवीर पुनगमर, थबाङ गाउँपालिका कमरा रोका, बेलबहादुर बुढामगर, त्रिवेणी गाउँपालिकाका कर्णबहादुर बाठामगर, प्रेम प्रकाश पुनमगर, हेमन्त बुढागर, रुन्टीगढी गाउँपालिका रविना बुढामगर, खिमा घर्तीमगर, छन्दप्रसाद थापा, सुनिल स्मृति गाउँपालिकाबाट इन्द्रबहादुर पुनमगर, ताजे पुनगर, लुंग्री गाउँपालिकाबाट मिना पुनममगर, धनलाल पुनमगर, सुनछहरी गाउँपालिका चन्द्र रोकामगर, अविलाल पुनमगर, रोल्पा नगरपालिकामा भगवति घर्तीमगर, कुमबहादुर पुनमगर, निर्मला रोकामगर लगायतको जिल्ला समिति सदस्य निर्माण गरिएको थियो ।
भेलाले सम्पूर्ण गाउँपालिकाको सयोजक एवं सहयोजक समेत पनि टुङ्याएको छ । अब गाउँपालिकामा पनि संगठन विस्तार गर्ने निर्णय गरेको छ ।

You may also like