महा शिवरात्रीको अवसरमा मैत्रीपूर्ण फुटबल कप–२०७५ सञ्चालन हुँदै

रोल्पा समाचारदाता
लिबाङ–रोल्पा


महा शिवरात्री–२०७५को अवसरमा शनिबारदेखि मैत्रीपूर्ण फुटबाल कप आयोजना गरिएको छ । फुटबल कपमा आठ टिम सहभागी भएका छन् ।
पछिल्लो समयमा विभिन्न दिवसको अवसरमा मैत्रीपूर्ण कार्यक्रमहरू आयोजना गरी मनाउने प्रचलनको विकास भएको छ । सोही क्रममा हिन्दु धर्मवालम्बिहरुको महान चाड शिवरात्रीको अवसरमा मैत्रीपूर्ण फुटबल कप आयोजान गरिएको छ । उक्त फुटबल कप इन्जिनियरिङ फुटबल क्लव रोल्पाको अयोजनामा मैत्रीपूर्ण फुटबल प्रतियोगिता अयोजना गरिएको हो । मैत्रीपूर्ण फुटबल प्रतियोगितामा आयोजक (भ्ँऋ) टिम, गाउँपालिका ‘ए’ टिम, नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको टिम, गैर सरकारी संस्था महासंघ जिल्ला शाखा रोल्पाको टिम, रोल्पा नगरपालिकाको टिम, गाउँपापिलका ‘बि’ टिम, बैंक टिम, व्यापारीक समूहको टिम सहभागिता भएका छन् ।  शनिबार सञ्चालन भएको मैत्रीपूर्ण फुटबल कपको प्रतियोगितामा आयोजक (भ्ँऋ) र गाउँपालिका ‘ए’, रोल्पा नगरपालिक  र गाउँपालिका ‘बि’, नेपाल पत्रकार महासंघ जिल्ला शाखाको टिम र गैर सरकारी संस्था महासंघ  जिल्ला शाखा, बैंक टिम र व्यापारी समूह टिम, आयोजक (भ्ँऋ) नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको टिम, रोल्पा नगरपालिका टिम र बैंक टिम, गाउँपालिका ‘ए’ टिम र गैर सरकारी संस्था महासंघ जिल्ला शाखा रोल्पाको टिम, गाउँपालिका ‘बि’ टिम र व्यापारिक समूहको टिम बीच प्रतिस्र्पधा भएको थियो । आज सञ्चालन हुने लिक चरणका खेलहरू प्रतियोगितामा गाउँपालिका ‘बि’ र व्यापारी समूहको टिम, गाउँपालिका ‘बि’ टिम र बैंक टिम, रोल्पा नगरपालिका टिम र व्यापारी समूहको टिम, गाउँपालिका ‘ए’ र नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको टिम, आयोजक (भ्ँऋ)  गैर सरकारी संस्था महासंघ जिल्ला शाखा रोल्पाको टिम बीच प्रतिस्र्पधा हुँदैछ । सोमबार सेमिफाइनलको निम्ति ग्रुप ‘ए’ विजेता र ग्रुप ‘बि’ उप विजेता र ग्रुप ‘बि’ बिजेता र ग्रुप ‘ए’ उप विजेता बीच प्रतिस्र्पधा हुँदै छ । सोही दिन फाइनलको लागि पहिलो सेमिफाइनल विजेता र दोस्रो सेमिफाइनल विजेता बीच प्रतिस्र्पधा हुँदैछ । सोही दिन मैत्रिपूर्ण फुटबल कप समापनको तयारी आयोजकले गरेको छ  । प्रतिस्पर्धामा विजेता बन्ने प्रथम कप, द्वीतिय कप, तृतीय कप र एक जना उत्कृष्टि खेलाडीलाई मेडल र प्रमाण पत्रको व्यवस्था गरेको आयोजकले बताएको छ ।

 


खेलकुदलाई सबैसँग मत्रीपूर्ण वातारणको सृजना गर्नका लागि आयोजना गरी गरिएको खेलकुदको पहलर्ता गोविराज पुनमगरको भनाई छ ।

You may also like