अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा फरक क्षमताका विद्यार्थीलाई सामग्री वितरण

 

लिबाङ रोल्पा

   “दीगो विकासको लक्ष्य– अपाङ्गतामैत्री भविष्य” भन्ने मूल नारा सहित २८ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा मंगलबार दुई ओटा विद्यालयमा अध्यायरत फरक क्षमता विद्यार्थीहरुलाई सामग्री वितरण गरिएको छ । सामग्री वितरणले फरक क्षमता भएका विद्यार्थीहरुको अध्यायनमा थप सहयोग पुग्ने भएको छ ।

उक्त कार्यक्रमको प्रमुख एवं जिल्ला समन्वय समिति रोल्पाको कार्यबाहक प्रमुख कर्मलाल परियारले फरक क्षमताका विद्यार्थीहरुलाई सामग्री वितरणले अध्यायनमा प्रोत्साहन गर्ने बताउनुभयो ।

सेभ द् चिल्ड्रनको आर्थिक सहयोग र मानव अधिकार सचेतन केन्द्र नेपाल रोल्पाको साझेदारीमा रोल्पा नगरपालिकाको आयोजनामा बाल कल्याण नमूना माध्यमिक विद्यालय रोल्पा नगरपालिका लिबाङ रोल्पा र तारा माध्यमिक विद्यालय रोल्पा नगरपालिका बामरुक रोल्पामा अध्यक्षरत फरक क्षमताका विद्यालाई शैक्षिक सामग्री र न्यानो लत्ता कपडाहरु समेत कार्यक्रमको प्रमुख अतिथि लगायतका अतिथिहरुले प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा बाल कल्याण नमूना माध्यमिक विद्यालय रोल्पा नगरपालिका लिबाङ रोल्पाको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष महेश न्यौपाने, तारा माध्यमिक विद्यालय रोल्पा नगरपालिका बामरुक रोल्पाको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष लालबहादुर कँवर, बाल कल्याण नमूना माध्यमिक विद्यालय रोल्पा नगरपालिका रोल्पाको प्राधानाध्यापक मधुसुदन पोख्रेल, मानव अधिकार सचेतन केन्द्र (हुरेक) नेपाल रोल्पाको अध्यक्ष घनश्याम आचार्य, नेत्रहीन जिल्ला संघ रोल्पाको अध्यक्ष चित्र डाँगी, सेभ द् चिल्ड्रनको दिलकमल क्षेत्री लगायतका अतिथिहरुले मनतव्य राख्नुभएको थियो ।

फरक क्षमताका विद्यार्थीहरुको अध्यायनका लागि सहज वातारण सिर्जनाका लागि सेभ द् चिल्ड्रनले सक्दो सहयोग गर्दै आएको छ आगामी दिनमा पनि विद्यार्थीको आवश्यकताको आधारमा सहयोग गर्नुपर्ने जोड दिनुभएको थियो ।

तारा माध्यमिक विद्यालय रोल्पा नगरपालिका बामरुक रोल्पाको फरक क्षमता भएका पाँच जना विद्यार्थीहरुलाई ४२ हजार ९ सय बराबरको शैक्षिक सामग्री र न्यानो लत्ता कपडा प्रदान गरिएको थियो भने बाल कल्याण नमूना माध्यमिक विद्यालय रोल्पा नगरपालिका लिबाङ रोल्पामा अध्यायरत फरक क्षमताका विद्यार्थीहरुलाई ५४ हजार २८५ बराबरको शैक्षिक सामग्री र न्यानो लत्ता कपडा प्रदान गरिएको थियो । रोल्पा नगरपालिका रोल्पाको नगर प्रमुख पूर्ण के.सी.को अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन प्रेस संयोजक देवीकुमारी गुरुङले गर्नुभएको थियो भने स्वागत तारा माध्यमिक विद्यालय रोल्पा नगरपालिका बामरुक रोल्पाको प्रधानाध्यापक ओविला महराले गर्नुभएको थियो ।

You may also like