नेपाल पूर्व प्रहरी संगठन रोल्पाले गर्यो आक्रमण निन्दा

रोल्पा समाचारदाता
साउन ८गते, लिबाङ

 

नेपाल पूर्व प्रहरी संगठन जिल्ला कार्य समिति रोल्पाले एक प्रेस विज्ञप्ती जारी गर्दै अपराधिक व्यक्तिहरुलाई कारवाहीको माग गरेको छ ।
मंगलबार साझा करिव ८ बजेतिर सात्ताले खोलामा टेक्टर चालक र सहचालकमाथी ६ र ७ जनाको समूहले आक्रमण गरी घाइते बनाएका थिए । ति घटनाकामा संलग्न २ जनालाई जिल्ला प्रहरी कार्यालय रोल्पाले लिएको छ । विजय विक्रम शाह, सुजन बुढामगरलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।
सो घटनाको बारेमा नेपाल पूर्व प्रहरी संगठन जिल्ला कार्या समितिका अध्यक्ष तेजराज भण्डारीद्वारा बुधबार प्रेस विज्ञप्तीमा भनिभएको छः–“२०७६।०४।०७ गते राती अन्दाजी ८ःबजेको समयमा रोल्पा न.पा. वडा नं. २ सात्ताले स्थिति सडक निर्माणको क्रममा रेउघाबाट बालुवा लोड गरी लिबाङतर्फ आउँदै गरेको अवस्थामा रा. १ त २३६३ नं. को टेक्टरका चालक रमेश विश्वकर्मा र सह चालक हरीसिंह विश्वकर्मामाथी एक्कासी ६–७ जनाको समूहले टेक्टरबाट खसाली सांघातिक आक्रमण गरी कुटपिट गर्दै चालक र सहचालकलाई घाइते बनाएका छन् । निज घाईतेहरुको उपचार रोल्पा अस्पताल रेउघामा भइरहेको छ । नगरपालिकाको सडक निर्माणको कामका लागि टेक्टरमा बालुवा लिदैँ लिबाङतर्फ आउँदै गरेको अवस्थामा भएको उक्त आक्रमणप्रति घोर आपत्ति एवं खेद व्यक्त गर्दछ ।”
उक्त विज्ञप्तीमा अपराधिक मानसिकता बोकेका व्यक्तिहरुलाई कारवाही गर्नुपर्ने माग गर्दै भनिएको छः–“निज चालक र सहचालकको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै सो अपराधिक घटनामासंलग्न व्यक्तिलाई पक्राउगरी आवश्यक कारवाही गर्नका लागि माग गर्दछ । साथै आगामी दिनमा समेत सर्वधारणको शान्ति सुरक्षाको लागि ध्यान दिन र तत्काल त्यस्ता अपराधिक गतिविधि रोक्नका लागि समन्धित पक्षसँग नेपाल पूर्व प्रहरी संगठन रोल्पा माग गर्दछ । ”
रोल्पा जिल्लामा पनि यस्ता खालका घटनाहरु पटक पटक भइरहेका छन् । यस्ता घटनाहरु न्यूनिकरणहरु गर्नका लागि सबै लाग्नु पर्ने छ ।

You may also like