माटोको ढिस्कोले पुरिदा रोल्पामा एकको निधन दुई घाइते

कार्तिक ७ गते
लिबाङ रोल्पा ।


तिहारको समय नजिकिदै गर्दा घर पोत्नका लागि कमिरो माटो ल्याउन जाँदा आज रोल्पा नगरपालिका ३ नं. वडा कमिरे खुमेल रोल्पामा माटोको ढिस्कोले पुरिदा एक जनाको निधन र दुई जना घाइते हुनुभएको छ । घाइतेको थप उपचारको लागि जिल्ला बाहिर पाठएको छ ।
उक्त घट्नामा निधन हुनेमा सुनिलस्मृति गाउँपालिका वडा नम्बर ५ काभ्रा गजुल रोल्पाानिबासी १७ वर्षीय पवित्रा सेनको निधन भएको छ भने घट्नामा घाइते हुनेहरु सोही गाउँपालिका निबासी २२ वर्षीय कर्मा रोका घर्ती र १७ वर्षीय स्यानी घर्तीलाई थप उपचारका लागि जिल्ला बाहिर रिफर गरिएको छ ।

रोल्पा नगरपालिका वडा नम्बर ३ कमिरे खुमेल रोल्पामा कमिरो खन्ने क्रममा माथिबाट झरेको माटोको ढिस्कोले तीन जनालाई पुरेको थियो । सुनिल स्मृति गाउँपालिका कार्यालय रोल्पाको घट्नामा निधन हुने सेन प्रति हार्दिक श्रद्धाञ्जली तथा परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै घट्नाका घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना समेत गाउँपालिकाले व्यक्त गरेको छ ।

You may also like