राष्ट्रिय बाल दिवस २०७६ को अवसरमा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री

 लिबाङ–रोल्पा भाद्र ३० गते


राष्ट्रिय बाल दिवस २०७६ को अवसरमा रोल्पा नगरपालिकाले कक्षा ९ र १० मा अध्ययरत जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामग्री आइतबार प्रदान गरेको छ । शैक्षिक सामग्री प्रदानले विद्यार्थीलाई अध्ययनमा सहयोग पुग्ने भएको छ ।


रोल्पा नगरपालिका रोल्पाको प्रमुख पुर्ण के.सी.ले जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गर्दै भन्नुभयो–“नगरपालिकाबाट प्रदान गरिएको शैक्षिक सामग्रीले जेहेन्दार विद्यार्थीहरुको अध्ययनमा थप सहयोग पुग्ने विश्वास व्यक्त गर्दछु ।” आगमी दिनमा जेहेन्दार विद्यार्थीहरुको निम्ति अध्ययन सहजको लागि विशेष नीति निर्माण गरी प्रभावकारी कार्यन्वयन गर्ने उहाँले कार्यक्रममा उद्घोष गर्नुभयो । नगरपालिकाले जेहेन्दार विद्यार्थीहरुको विद्यालयतह र प्राविधिक अध्ययनका लागि छात्रावृत्तिको व्यवस्था गर्र्दै आएको बताउनुभयो । धेरै विद्यार्थीहरु आर्थिक अभावकै कारण अध्ययनबाट बञ्चित बन्नुपर्ने बाध्यत्मक अवस्थामा विद्यार्थीहरुको समस्या नगरपालिकाले मध्येनजर गर्दै छात्रावृत्ति कार्यक्रम लागू गरेको बताउनुभयो । नगरपालिकाबाट प्राप्त छात्रावृत्तिको सदुपयोग गर्नका विद्यार्थीहरुलाई नगर प्रमुख के.सी.ले अनुरोध गर्नुभयो । उहाँले नगरपालिका विद्यार्थीहरुलाई राम्रोसँग अध्ययन गर्नुहोस् थप अध्ययनका लागि नगरपालिकाले आवश्यक आर्थिक व्यवस्थापन गर्ने बताउनुभयो ।

रोल्पा नगपालिका रोल्पाको ९ ओटा माध्यमिक विद्यालयमा कक्षा ९ र १० मा अध्ययनरत ३२ जना जेहेन्दार विद्यार्थीहरुलाई झोला, कापी र पेन शैक्षिक सामग्री प्रदान गरिएको थियो । कार्यक्रममा नगर शिक्षा शाखा प्रमुख उप सचिव महेन्द्र पराजुली र १ नं वडा राजन कँवर, बाल उद्य माध्यमिक विद्यालय माडीचौर रोल्पाको शिक्षक दीपेन्द्रराज आचार्य लगायतका अतिथिहरुले शुभ कामना मनतव्य राख्नुभयो थियो । कार्यक्रममा जनप्रतिनिधि, शिक्षक, विद्यार्थी लगायत सरोकारवाला निकायहरुको सहभागिता थियो । रोल्पा नगरपालिका रोल्पाको प्रमुख पुर्ण के.सी.को अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन नगर महिला शाखा प्रमुख प्रमिला घर्तीमगरले गर्नुभएको थियो भने स्वागत उप प्रमुख मनकुमारी घर्तीले गर्नभएको थियो ।

You may also like