सहकारीको माध्यमबाट जनताको सेवा गर्न नगर प्रमुख केसीको आग्रह

रोल्पा समाचारदता
चैत्र ९ ह्वामा रोल्पा

                                                                                                     तेस्रो वाषिकी साधारणसभाको उद्घाटन गर्दै नगरप्रमुख केसी

जनसेवा बहुउद्धेश्यीय सहकारी संस्था मिहिला लिमिटेड र हराभरा महिला बहुउद्देश्यीय सहकारी सँंस्था ह्वामा रोल्पाको तेस्रो वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । रोल्पा नगरपपालिका वडा नं. ९ का वडापालिकाको भवनमा सम्पन्न साधारण सभाबाट नयाँ कामहरु अगाडि सारिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि रोल्पा नगरपालिका नगरप्रमुख पूर्णकेसीले सहकारीको माध्यमबाट जनताको सेवा गर्नका लागि आग्रह गर्दै जनताको सेवाको काममा हरेक कार्यमा सहकारीसँग नगरपालिकाले सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । उहाँले सहकारीले छोटै समय प्रगति गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो । उहाँले समृद्धि रोल्पाका लागि अनि समृद्धि देश र सुखी जनताको सपनालाई पूरा गर्नका लागि सहकारीले भूमिका निवाह गर्नुपर्ने बताउनुभयो ।
साथै उहाँले सहकारीको लहर झै मात्रै हुने र जनतालाई परिणाम दिन नसकेको बताउँदै त्यसबाट मुक्त हुनुपर्ने बताउनुभयो । पूर्णकेसीले रोल्पा नगरपालिकाभित्र पकेट क्षेत्र निर्माण गरी अगाडि बढाउनु पर्ने बताउँदै त्यस उत्पादनलाई बृद्धि गर्नेपर्ने बताउनुभयो । उहाँले ह्वामा अदुवा, जडिबुटी, फलफूलखेती र पशुपालनको सम्भावना भएकोलाई अगाडि बढाउनको लािग अनुरोध गर्नुभयो ।
रोल्पा नगरपालिकाले एउटा दुधको ट्याङ्कर खरिद गर्नका लागि सबैै कार्य अगाडि बढी रहेकोले कृषि र पशुपालनका लागि अगाडि बढ्नका लागि सबै सबैलाई अनुरोध गर्नुभयो । उहाँले कृषि, पशुपालन, पर्यटन, उद्यमको क्षेत्रमा नगरपालिकाले गर्ने कार्यमा सहकारीको माध्यमबाट आम जनतालाई गोलवन्द गर्नका लागि अनुरोध समेत गर्नुभयो । उहाँले कतिपय सहकारीहरु अनुदान र नाफा मुखीमात्रै काम गरिरहेकोले त्यसलाई आम जनताको सेवा हुने खालका कार्य सञ्चालन गर्न अनुरोध गर्नुभयो ।


कार्यक्रममा कार्यक्रमका विशिष्ट अतिथि जिल्ला सहकारी सँस्था लि. रोल्पाका कोषाध्यक्ष हिरा घलेले सहकारीहरुलाई राज्यले पनि प्राथमिकता दिनका लागि अनुरोध गर्नुभयो । उहाँले एक गाउँ एक उत्पादनको नीतिलाई सहकारीले कार्यन्वयन गर्नुपर्ने बताउनुभयो ।  उहाँले आम महिलालाई प्राथमिकता दिएर नेतृत्व विकास गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा रोल्पा नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष मिमबहादुर घर्तीमगरले ह्वामालाई समृद्ध बनाउनको लागि सबैको जिम्मेवारी भएको बताउँदै सबै ह्वामाबासीहरुले आफ्नो दायित्व निर्वाह गर्नुभयो । उहाँले ह्वामा रोल्पाको वडापालिकाले गरिरहेको जनहितका कामकार्यका बारेमासमेत जानकारी गराउनुभएको थियो । उहाँले बाल विवाह, जातीय छुवाछुतमुक्त, लैगिङ्क हिंसामुक्त वडा निर्माणका लागि सबैलाई लाग्न अनुरोध गर्नुभयो ।


कार्यक्रममा नेपाल पत्रकार महासंघ रोल्पाका पहिलो कार्यकालका अध्यक्ष मानसिंह विश्वकर्माले सहकारीहरु समाजका केही सचेत मानिसहरुले मात्रै फाइदा लिनेभन्दा पनि आम जनताको हितमा काम गर्नका लागि अनुरोध गर्नुभयो । सहकारीले आफ्नो शेयर सदस्यहरुलाई आपत परेको बेलामा सहयोग गरेर राहत दिने काम गर्नुपर्ने बताउँदै आपत र विपतको बेला सहकारीको माध्यमबाट हल गर्न सकेमामात्रै सहकारीप्रति सबैको विश्वास हुने बताउनुभयो । उहाँले सामाजिक विकासका समृद्धिको यात्रामा लाग्न समेत सहकारीको भूमिका अहम हुने बताउँदै सबैलाई गोलबन्द गर्ने र आर्थिक आयस्तर न्यूनभएकालाई पनि समेत्न आग्रह गर्नभयो ।
कार्यक्रममा रोल्पा नगरपालिका ९ ह्वामा नेकपाका प्रतिनिधि नरबहादुर बुढामगर, नेपाली कांग्रेस ह्वामाका पहलसिंह बुढामगर लगायतले शुभकामना मनतवय दिनुभएको थियो । बक्ताहरुले सहकारी सँस्थालाई अगाडि बढाउनका लागि सबैले जिम्मेवारी पूर्ण तरिकाले कार्य सम्पादन गरी सम्बृद्धि ह्वामा निर्माणका लागि अगाडि बढाउनको लागि समेत अनुरोध गर्नुभएको थियो ।
कार्यक्रममा सहकारीमा सबैभन्दा बढी वचत गर्ने वचतकर्ता, शेयर धनी, बाल बचत गर्नेहरुलाई समेत सम्मान गरिएको थियो । जेष्ठ नागरिक एवं जनसेवा बहुउद्देश्यीय सहकारीका अध्यक्ष जानसिंह घर्तीमगर, शेयर लगानी गर्ने विर्षमन बुढामगर, गीता बाठामगर, धुता बुढामगर, सबैभन्दा बढी बचत गर्ने आशुरा बुढामगर, सबैभन्दा बढी बाल बचतकर्ता लक्ष्मी बुढा र निरुता बुढामगरलाई सम्मान समेत गरिएको थियो । साथै ुसहकारीको भवन निर्माणका लागि जमिन खरिदगर्दा महत्पूर्ण योग्दान गरेको भन्दै फर्कबहादुर बुढामगर, वडा सदस्य निमकुमारी विश्वकर्मा, मतिङ्री सुनारलाइसमेत प्रशंसा पत्र र दोसल्ला सम्मान गरेको थियो ।
कार्यक्रममा रोल्पा नगरपालिका वडा नं. ९ का वडा सदस्य निमकुमारी विश्वकर्मा, शिवबहादुर केसी, मिना घर्तीमगर  लेखा तथा अनुगमन समितिका संयोजक खलसिंह बुढामगर, ह्वामाका राजतिञ केशरबहादुर घर्तीमगर, जलजला क्यामपसका पृथ्वी डाँगी लगायतका अतिथिहरुको आतिथ्यता रहेको थियो ।
जनसेवा बहुउद्धेश्यीय सँस्था २०७३ सालमा स्थापना गरिएको थियो । समाजसेवी जानसिंह घर्तीमगरको अध्यक्षतामा गठित सहकारी सँस्थाले ३ लाखबाट आफ्नो शुरुवातीको कारोवार अगाडि बढाएको थियो । २ वर्षमा ३४८ जना सदस्यीय रहेको बहुउद्देश्यीय सहकारी सँस्थाले ४३ लाख ३२ हजार ३०३ रुपैयाबाट कारोवार गरिरहेको छ । जनसेवा सहकारीको तर्फबाट वार्षिकीसाधारण सभामा संगठनिक प्रतिवेदन सचिव नरसिंह पुनमगरले वाचन गर्नुभएको थियो भने आर्थिक प्रगति प्रतिवेदन कोषाध्यक्ष कृष्णि घर्तीमगरले वाचन गर्नुभएको थियो । जनसेवा सहकारी सँस्थामा सृजना रोकामगर र फुलना बुढामगरले लेखा तथा व्यावस्थापकको काम गरिरहनुभएको छ । गाउँमा सहकारीको माध्यमबाट धेरैलाई राहत भएको जनसेवा बहुउद्धेशयीय सहकारी संस्थाका कर्मचारी फुलना बुढामगरले बताउनुभएको छ ।
यसैगरी हराभरा महिला सहकारी सँस्था लिमिटेडले यस वर्षमा ४ लाख ३४ हजार ४१५ रुपैयाको कारोवारबाट गरेको छ सहकारी सँस्थाका ओमकुमारी बुढामगरले बताउनुभयो ।
कार्यक्रम जनसेवा बहुउद्देश्यीय सहकारी सँस्था लि. रोल्पाका अधयक्ष जानसिंह घर्तीमगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन पूर्णविक्रम पुनमगरको र नरसिंह पुनमगरले सञ्चालन भएको थियो । स्वागत विरेन्द्र बुढामगरले स्वागत गर्नुभएको थियो । कार्यत्रममा सहकारीका कलाकारहरुले  स्वागत गीत गाउनुएको थियो ।
न पाइयोस ् ।

You may also like